स्वास्थ्यसमाचार/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार साँझ उनले मन्त्रिपरिषद्मा केही नयाँ मन्त्रीहरु थपेका हुन्। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रालय परिवर्तन गरिएको छ। उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पुगेका छन् । कोरोना महामारी सुरु भएसँगै त्यससँग जुध्न सही रणनीति बनाउन नसकेको भन्दै आलोचना खेपेका उनी स्वास्थ्य सामग्री खरिद प्रक्रिया भएको भनिएको अनियमिततामा मुछिएका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए।
समाचार
घरदैलोमा स्वास्थ्य सेवा दिन आधारभूत स्वास्थ्य सेवा केन्द्र अध्यक्ष चौधरी
स्वास्थ्यसमाचार/ रुपन्देहीको दक्षिणी भागमा रहेको मायादेवी गाउँपालिकाको वडा नं ८ मतकोलवा टोलमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष धु्रर्ब नारायण चौधरीले उदघाटन गरेका छन् । उद्घाटन गर्दै उनले भने–राज्यले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको र सोही अनुसार घरदैलोमा स्वास्थ्य सेवा दिनका निम्ति समेत आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता देवीप्रसाद चौधरी,उपाध्यक्ष तारादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी,उचमी टोलविकास समितिका भगवती चौधरी,महिला स्वास्थ्य स्वयम्सेविका गोमा कार्कीले स्थानीयहरुको स्वास्थ्यस्तर सुधारका निम्ति स्थापना गरिएको उक्त स्वास्थ्य केन्द्रले सक्दो धेरै स्वास्थ्य सेवा दिनुपर्नेमा…
कोरोनाका बिरामीको हेरचाह गर्दा हजारौँ नर्स सङ्क्रमित
सरोज ढुंगेल कोरोना भाइरस सङ्क्रमणको महामारीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमध्ये नर्स पहिलो स्थानमा रहे । नर्सले कोरोना सङ्क्रमित बिरामीको उपचार, हेरचाह, औषधि दिने लगायतका सङ्क्रमितको गुनासो सुनेर काम गर्नुपर्ने जिम्मेवारीका कारण यो अवस्था देखिएको हो । चिकित्सकभन्दा नर्स सबैभन्दा बढी खटिने स्वास्थ्यकर्मी भित्र पर्दछन् । आईसीयूमा उपचाररत सङ्क्रमित होस् वा भेन्टिलेटरमा पुर्याइएका बिरामी होस् उनीहरूलाई नर्सले नै हेरविचार गर्नुपर्ने हुन्छ । बिरामीको हेरचाह गर्दा यतिखेर धेरै नर्स सङ्क्रमित हुन पुगेको पाइएको छ । वीर अस्पतालमा सयभन्दा बढी नर्स सङ्क्रमित भएका थिए । पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गङ्गालाल, हृदयरोग केन्द्र, शिक्षण अस्पताललगायत अन्य सरकारी तथा…
कोभिड-१९ विरूद्धको भ्याक्सिनका लागि बजेट अभाव हुँदैन :अर्थमन्त्री पौडेल
स्वास्थ्यसमाचार/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए । ‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं, अर्थमन्त्री पौडेलले भने भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’ उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए । उनले मापदण्ड…
लुम्बिनी प्रादेशिक अस्पतालमा आखाँको ओपीडि सेवा सुरु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा आखाँको ओपीडि सेवा सुरु भएको छ । ओपीडि सेवाको लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राई र समिति सदस्य रिज्यु श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे । एउटै अस्पतालबाट सबै सेवा प्रवाह गर्ने गर्दा सबै क्षेत्रका सबै बिरामीलाई राहत होस भन्ने उदेस्यले यो सेवा सुरु गरिएको हो । अस्पतालमा आखा उपचारकेन्द्रको उदघाटन संगै एक वृद्धको आँखाको उपचार गरिएको आखा रोग बिशेषज्ञ डा बिश्व राज तिमल्सीनाले बताए । उदघाटन कार्यक्रम बोल्दै अस्पतालका बिकास समितिका अध्यक्ष सुर्य वहादुर भट्राईले अस्पतालका सेवा बिस्तार गर्दे गएको बताए लुम्बिनी प्रादेशिक…
तिलोत्तमा वडा नं. ५ मा पनि खुल्यो सरकारी स्वास्थ्य संस्था
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं. ५ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । सोमबारबाट वडा नं. ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै तिलोत्तमा नगरपालिकामा सरकारी स्वास्थ्य संस्थाको संख्या १६ पुगेको छ । वडा नं. ५ को मणिग्राम (गिर्वाण माविको अगाडि) स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । ।हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण…
लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक मेरुदण्डको जटिल शुल्यकृया
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेरुदण्ड (स्पाईनल) हड्डी भाचिएको जटिल शल्यकृया सफल भएको छ । अस्पतालमा कार्यरत हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा. लक्ष्मण शर्मा र न्यूरो सर्जन डा. राजीव भण्डारीको टिमले मेरुदण्डको हड्डी भाचिएको (फ्याक्चर डि १२ एल वान वीथ कम्प्लिट प्याराप्लेजिया) को सफल शल्यकृया गरेको हो । यहि मंसिर २४ गते भीरबाट लडेर घाईते भएकी अर्घाखाँचीको सितगंगा गाउँपालिका सिद्धाराकी ४९ वर्षीय महिला उपचारको लागि २५ गते साँझ मात्रै लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । ‘बिरामीलाई अस्पतालमा ल्याउँदा अवस्था जटिल नै थियो ।’ हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा.…
रगत नपाए बुटवल जानू : रुपन्देहीमा २ सय युनिट रगत संकलन
गोकर्ण प्रकास ज्ञवाली, मंसिर २७, रुपन्देही । प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८औं वर्षको वार्षिकोत्सव रक्तदान गरेर मनाऔं भन्ने मूल नाराको साथ बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगत नपाए बुटवल जानू अभियानलाई आत्मसाथ गर्दै गठन भएको रुपन्देहीको नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिवार रक्तसञ्चार केन्द्र(ब्लड बैंक) बुटवलमा आफ्नो ९३औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लिम्घा रुपन्देही सम्पर्क समाजको सहआयोजना र बुटवल ४ का टंकप्रसाद ज्ञवाली एवं पावर्ता ज्ञवालीको सौजन्यमा संचालन गरिएको उक्त कार्यक्रममा ९९ युनिट ब्लड संकलन भएको रक्तदाता समाजका सदस्य एवं कार्यक्रमका संयोजक हरिप्रसाद ज्ञवालीले बताए ।…
स्वास्थ्य क्षेत्रका २३ संगठनका १८ बुँदे माग भोलीसम्म पुरा गर्ला सरकार
स्वास्थ्यसमाचार/ स्वास्थ्य क्षेत्रका विभिन्न २३ संगठनले संयुक्त आन्दोलनको तयारी सुरु गरेको छ । आफ्ना मागहरु प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै सुनुवाई नगरेको भन्दै संघले आन्दोलनको तयारी थालेको हेल्थ असिस्टेन्ट संघ नेपाल हान का अध्यक्ष दाता राम अधिकारीले बताए । उनले स्वास्थ्य कार्यालय काठमाडौंमा भएको उपत्यका स्तरीय अगुवा स्वास्थ्यकर्मीहरुको भेलाले माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने निर्णय गरिएको बताए । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सरकारले बेवास्ता गरेको भन्दै उनले कोरोना नियन्त्रण लगायत स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्य मन्त्रालय चुकेकोमा आपत्ति जनाए । अधिकारीले विभिन्न २३ वटा स्वास्थ्य संगठन मिलेर संयुक्त रुपमा…
लेखा समितिले स्वास्थ्यसमाग्रीमा अनियमितिको छलफल गर्न स्वास्थ्य मन्त्री वोलाउने
स्वास्थ्यसमाचार/प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्यमन्त्री ढकालसँग छलफल गर्ने भएको हो । त्यसका लागि आउँदो बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले बताए । समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरिकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो ।…