स्वास्थ्यमा सुधार आएपछि नगर प्रमुख पाण्डेयअस्पतालबाट डिस्चार्ज

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

निमोनियाका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका पाण्डेय आईतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएपछि पाण्डेयले उपचारमा संलग्न चिकित्सक डा नन्दु पाठकलगायतका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षागार्ड, सरसफाईकर्मीलाई धन्यवाद दिएका छन्।

पाण्डेयले सरकारी अस्पतालको सेवासुविधामा अझै सुधार गर्दै आमनागरिकको स्वास्थ्य सुरक्षाप्रति गम्भीर हुनुपर्ने बताए। उनले बुटवलले नगरस्तरको स्वास्थ्य सेवामा सुधार ल्याउन २ वटा अस्पताल निर्माणको क्रममा रहेको र थप अस्पताल स्थापनाका लागि प्रयास भईरहेको बताए। बुटवलमा थप अस्पताल स्थापना हुदा विशिष्टिकृत सेवा सञ्चालनमा जोड दिने बताए।

सम्बन्धित शिर्षक :