साझा स्वास्थ्य सेवा सहकारीको १५ औँ बार्षिक साधारणसभा सम्पन्न

हिमबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित

स्वास्थ्यसमाचार/  दश वर्ष सम्म हुन नसकेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको १५ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभाले चार वर्षका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा नयाँ पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको छ ।

साझाका महाप्रवन्धक चुडामणि भण्डारीका अनुसार शुक्रबार भएको निर्वाचनबाट साझा स्वास्थ्य सेवा सहकारीको अध्यक्षमा हिमबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ ।

सञ्चालक समिति सदस्यहरुमा शिवप्रसाद भट्टराई, शम्भुप्रसाद घिमिरे, श्रीपा श्रेष्ठ निर्वाचित हुनुभएकोछ । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा ताराप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । सो समितिको सदस्यहरुमा रवि गोर्खाली र खिमाराम लम्साल निर्वाचित हुनुभएको छ ।

सहुलियत दरमा जनतालाई औषधि तथा स्वास्थ्य सामग्री उपलव्ध गराउने भन्दै विसं २०२१ सालमा स्थापित साझा स्वास्थ्य सेवा सहकारीमा सरकारको ५८ प्रतिशत सेयर छ ।

त्यसैले पनि अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, सहकारी विकास बोर्डबाट एक एक जना प्रतिनिधि पदेन सदस्य हुने व्यवस्था छ ।यस्तै भूमि व्यवस्थाबाट एक जना प्रतिनिधि नियुक्ति हुने व्यवस्था छ ।

महाप्रवन्धक चुडामणि भण्डारीका अनुसार साझाको अहिले ८ वटा शाखा र २७ वटा बिक्री केन्द्र रहेको छ । तर व्यवस्थापन भएको लापरवाहीका कारण यो संस्था आर्थिक घाटामा रहेको छ । ‘अहिले पनि १५ करोड जति घाटामा छ,’ महाप्रवन्धक भण्डारीले भन्नुभयो ।

लामो समय साधारण सभा बस्न नसक्दा हिसाव किताव समेत डामाडोल भएको थियो । सदस्यसंख्या १०५८ बाट घटेर ४२१ मा झरेको छ । शुक्रबारको साधारण सभामा ३००जना उपस्थित भएका थिए ।

‘साधारणसभा लामो समय देखि हुन नसकेकोले बार्षिक लेखापरीक्षण, नियमावली तथा विनियमावली समेत स्वीकृत हुन सकेको थिएन । तर हिजोको साधारणसभाले सबै अपडेट गरेको छ,’ भण्डारीले भन्नुभयो ।

सम्बन्धित शिर्षक :