तिलोत्तमा वडा नं. ५ मा पनि खुल्यो सरकारी स्वास्थ्य संस्था

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं. ५ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । सोमबारबाट वडा नं. ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै तिलोत्तमा नगरपालिकामा सरकारी स्वास्थ्य संस्थाको संख्या १६ पुगेको छ । वडा नं. ५ को मणिग्राम (गिर्वाण माविको अगाडि) स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । ।हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण…

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक मेरुदण्डको जटिल शुल्यकृया

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेरुदण्ड (स्पाईनल) हड्डी भाचिएको जटिल शल्यकृया सफल भएको छ । अस्पतालमा कार्यरत हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा. लक्ष्मण शर्मा र न्यूरो सर्जन डा. राजीव भण्डारीको टिमले मेरुदण्डको हड्डी भाचिएको (फ्याक्चर डि १२ एल वान वीथ कम्प्लिट प्याराप्लेजिया) को सफल शल्यकृया गरेको हो । यहि मंसिर २४ गते भीरबाट लडेर घाईते भएकी अर्घाखाँचीको सितगंगा गाउँपालिका सिद्धाराकी ४९ वर्षीय महिला उपचारको लागि २५ गते साँझ मात्रै लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । ‘बिरामीलाई अस्पतालमा ल्याउँदा अवस्था जटिल नै थियो ।’ हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा.…

रगत नपाए बुटवल जानू : रुपन्देहीमा २ सय युनिट रगत संकलन

गोकर्ण प्रकास ज्ञवाली, मंसिर २७, रुपन्देही । प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८औं वर्षको वार्षिकोत्सव रक्तदान गरेर मनाऔं भन्ने मूल नाराको साथ बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगत नपाए बुटवल जानू अभियानलाई आत्मसाथ गर्दै गठन भएको रुपन्देहीको नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिवार रक्तसञ्चार केन्द्र(ब्लड बैंक) बुटवलमा आफ्नो ९३औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लिम्घा रुपन्देही सम्पर्क समाजको सहआयोजना र बुटवल ४ का टंकप्रसाद ज्ञवाली एवं पावर्ता ज्ञवालीको सौजन्यमा संचालन गरिएको उक्त कार्यक्रममा ९९ युनिट ब्लड संकलन भएको रक्तदाता समाजका सदस्य एवं कार्यक्रमका संयोजक हरिप्रसाद ज्ञवालीले बताए ।…

स्वास्थ्य क्षेत्रका २३ संगठनका १८ बुँदे माग भोलीसम्म पुरा गर्ला सरकार

स्वास्थ्यसमाचार/ स्वास्थ्य क्षेत्रका विभिन्न २३ संगठनले संयुक्त आन्दोलनको तयारी सुरु गरेको छ । आफ्ना मागहरु प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै सुनुवाई नगरेको भन्दै संघले आन्दोलनको तयारी थालेको हेल्थ असिस्टेन्ट संघ नेपाल हान का अध्यक्ष दाता राम अधिकारीले बताए । उनले स्वास्थ्य कार्यालय काठमाडौंमा भएको उपत्यका स्तरीय अगुवा स्वास्थ्यकर्मीहरुको भेलाले माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने निर्णय गरिएको बताए । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सरकारले बेवास्ता गरेको भन्दै उनले कोरोना नियन्त्रण लगायत स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्य मन्त्रालय चुकेकोमा आपत्ति जनाए । अधिकारीले विभिन्न २३ वटा स्वास्थ्य संगठन मिलेर संयुक्त रुपमा…

लेखा समितिले स्वास्थ्यसमाग्रीमा अनियमितिको छलफल गर्न स्वास्थ्य मन्त्री वोलाउने

स्वास्थ्यसमाचार/प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्यमन्त्री ढकालसँग छलफल गर्ने भएको हो । त्यसका लागि आउँदो बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले बताए । समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरिकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो ।…

कोरोना संक्रमितका पिडालाई समेटेर तयार पारिएको ‘मान्छे नै हुं म’गीत सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले कोरोना संक्रमित गीतको सृजना गरि सार्वजानीक गरे । रात दिन बिरामीको सेवामा समर्पित डा. खनाल आफैमा कोरोना संक्रमित भएर बिस्तरामा लखतरान परेको वेला बिरामीका पिडाको अनुभूती र भोलीको भविश्यका बारेमा आउने सोंचलाई समेटेर डा.खनालले गीतको सृजना गरेका छन । संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको एक कार्यक्रमका बीच विहिवार बुटवलमा सार्वजानिक गरिएको छ । समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा खनाल अब गीतकार पनि

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा राजेन्द्र खनालले एउटा मान्छे नै हु म भन्ने समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियो मार्फत आफनो गित बजारमा ल्याउने भएका छन। वालकृष्ण पान्डेको म्युजीक डा राजेन्द्र खनालको गीतकार सुदिप सागरको एरेन्ज सनोज पौडेलको फोटोग्राफि र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजीक भिडियो अब केहि दिनमा बजारमा आउने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल अब चिकित्सकमात्र नभएर गाएक समेत बनेका छन । लामो समय देखी चिकित्सक पेसामा संग्लन डा खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा दोश्रो पटक मेसुको जिम्मेबारी समालेका…

खटाइएको ठाउमा पाँच दिन भित्र नजाने चिकित्सकलाई कारबाही गर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा खटाइएका छात्रवृत्तिका चिकित्सकलाई पाँच दिन भित्र हाजिर हुन निर्देशन दिएको छ।स्वास्थ्य मन्त्रालयले खटाइएको स्थानमा पाँच दिन भित्र हाजिर नभए सरकारको तर्फबाट लगानी असुल उपर गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले चिकित्साशास्त्र छात्रवृति छनौट तथा छात्रवृति प्राप्त विशेषज्ञ चिकित्क परिचालन कार्यविधि, २०७२को दफा ६(१) को प्रावधान अनुसार मन्त्रालयमा कबुलियतनामा गरी पढेका चिकित्सकलाई खटाइएको अस्पतालमा पाँच दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स), त्रिवि शिक्षण अध्ययन संस्थान(आइओएम) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडि/एमएस/एमडिएस मा अध्ययन गरि कबुलियतनामा…

अर्घाखाँची सिमेन्टले सियारीमा डेढ करोडमा अस्पताल भबन बनाइदिने

स्वास्थ्यसमाचार/रुपन्देहीको सियारी गाउँपालिकामा वडा नं २मा अर्घाखाँची सिमेन्टले डेढ करोडको लागतमा स्वास्थ्य केन्द्रको भवन बनाइदिने भएको छ ।गाउँपालिका वडा नं २मैनिहवामा निर्माण हुने स्वास्थ्य केन्द्रको कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन् । अर्घाखाँची सिमेन्टको लगानीबाट निर्माण हुने स्वास्थ्य केन्द्र भवन सरकारी मुल्यांकन १ करोड ४० लाख रहेको प्रालिले जनाएको छ ।अर्घाखाँची सिमेन्टका प्रबन्ध सञ्चालक राजेश अग्रवालकाअनुसार स्वास्थ्यकेन्द्रको निर्माण कार्य यहि आर्थिक बर्ष भित्रै हुनेछ । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउने बर्षमा किसानका लागि मल खादको समस्या नहुने बताए ।सहकारीहरुले मलको दुरुपयोग हुदा मल अभाव हुने गरेको…