बर्दियाको बढैयातालमा रुवेला भाइरस देखियो, गर्भवती उच्च जोखिममा

स्वास्थ्यसमाचार/ बाँकेको सँग जोडिएको छिमेकी जिल्ला बर्दियामा रुवेला भाइरसको संक्रमण देखिएको छ । बढैयाताल गाउँपालिका वडा नड्ड १ र २ मा रुवेला भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी बताए।

वडा न १ कि १३ वर्षीया किशोरी र वडा २ का १ वर्षीय बालकमा रुवेला पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख गोकर्ण गिरीले बताए।

बिरामीको लक्षण चिन्ह शंकास्पद देखिएपछि ७ वटा स्याम्पल परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो । त्यसमा २ जनामा दादुरा र २ जनामा रुवेला पुष्टि भएको हो ।

जिल्लाको बढैयाताल गाउँपालिका वडा ड्ड १ का ५ वर्षीय बालक र वडा न ड्ड ७ कि ३५ वर्षीया महिलामा दादुरा पुष्टि भएको हो । यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत बारबर्दिया नगरपालिकास्थित औंरीका बालकमा पनि दादुरा देखिएको छ ।

श्वासप्रश्वासका माध्यमबाट तीब्र गतिमा फैलिने रुवेला पुष्टि भएसंगै गर्भवती महिला सबैभन्दा बढी जोखिममा परेका छन् ।यो रोगले पेट भित्रको बच्चालाई गम्भीर असर गर्न सक्ने र बच्चा अपांगता हुने जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन ।

सम्बन्धित शिर्षक :