जङ्गली च्याउ खाँदा गुल्मी रेसुङ्गामा एकै परिवारका आठजना बिरामी

स्वास्थ्यसमाचार अनलाईन | जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका -८ बस्ने एकै परिवारका आठ जना बिरामी परेका छ्न । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले दिनुभएको जानकारी अनुसार रेसुङ्गा सामुदायिक बनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने च्याउ खादा सो वडाका एकै परिवारका ८ जना विरामी भएका थिए । प्रहरी निरीक्षक केसीका अनुसार टोपबहादुर थापाका जेठो ज्वाइँ ओसन काउछाले टिपेर ल्याएको उक्त जंगली च्याउ पकाएर खादा बिरामी पर्नेहरूमा ६५ वर्षीय टोमबहादुर थापा, निजकी श्रीमती ६२ वर्षीय दिलकुमारी श्रीस, छोराहरु ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास…

प्रयोगशाला स्थापना,दर्ता तथा नवीकरण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीको आग्रह

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशभित्र सञ्चालित अस्पताल वा पोलिक्लिनिकमा अधारित प्रयोगशाला वा एकल प्रयोगशालालाई प्रचलित कानुन बमोजिम दर्ता र नविकरण गर्न लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले अनुरोध गरेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आज एक सुचना जारी गदै नवीकरण नगरी सञ्चालनमा रहेका संस्थाहरु यथाशिघ्र दर्ता तथा नवीकरणको प्रक्रियामा आउँन अनुरोध गरेको हो । ‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सी समुहको प्रयोगशालाहरूको दर्ता तथा नवीकरण सम्बन्धी कार्य भैरहेको छ। प्रयोगशालाको दर्ता र नवीकरण नगराई संचालनमा रहेका प्रयोगशाला तथा अनाधिकृत रुपमा अस्पताल, फार्मेसी, क्लिनिक, डायग्नोष्टिक सेन्टर जस्ता स्थानहरुबाट नमुना संकलन गरि अन्यत्र…

कालीगण्डकी गाउँपालिकामा खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा

स्वास्थ्यसमाचार/स्थानीय नागरिकलाई शुद्ध पानी पुर्‍याउने उद्देश्यले गुल्मीको कालीगण्डकी गाउँपालिकाले खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस गाउँपालिकाको खानेपानी गुणस्तर अनुगमन निर्देशिका, २०८० अनुसार पालिकाभित्र सञ्चालित सम्पूर्ण खानेपानी योजना तथा खानेपानीको लागि प्रयोग भइरहेका संरक्षित मुहानहरुको पानी परीक्षण गरिने भएको हो । सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।निर्देशिका अनुसार संरक्षित मुहानहरुको पानी प्रत्येक तीन/तीन महिनामा वर्षातभन्दा अगाडि, वर्षातको समयमा र वर्षात पछाडि परीक्षण गर्नुपर्नेछ । यहाँ पालिकाभित्रको खानेपानीलाई व्यवस्थित, सुरक्षित र…

स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम ल्याएका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले केही नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा स्वास्थ्य बीमाको दायरालाई बढाउने प्रस्ताव गरेका छन् । स्वास्थ्य बीमामा सबै नागरिक समावेश गर्न नसकेको र उपचार लिन जाँदा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा परिमार्जन गरेर लैजानुपर्ने बताए । पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पनि ५ लाख बनाउने प्रस्ताव गरेका छन् । सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रियालाई सहज बनाउन, आबद्धतालाई द्रूत गतिमा बढाउन…

स्वास्थ्यमन्त्री कार्ययोजनाः तीन तहको समन्वय बैठक नियमित गर्नेदेखि स्वास्थ्य सेवा ऐन ल्याउनेसम्म

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूलाई मन्त्रालय यथास्थितीमा चलाउने इच्छा नभएको बताएका छन् । आइतबार २३ पृष्ठ लामो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्दै उनले मन्त्रालय बाहिरबाट आफूले हेर्दाजस्तो नरहेको अनुभव सुनाए । मन्त्रालयका अधिकारीहरुलाई वरीपरी राखेर पपुलिष्ट कार्ययोजना सार्वजनिक गरेको स्वास्थ्यमन्त्रीले बजेटकै सेरोफेरोमा रहेर काम गर्ने धारणा व्यक्त गरे । ‘बजेट नभएका कार्यक्रम पनि छन् । तिनको स्रोत खोजिनेछ,’ उनले भने । संघ, प्रदेश तथा स्थानीय तहको समन्वय बैठक नियमित गरेर समस्या र आगामी कार्ययोजना पहिचान गर्ने उनले जानकारी दिए । ‘तीन तहबीच स्पष्ट बुझाइ कायम गरी दोहोरोपन हटाइनेछ,’ उनले…

बर्दियामा सर्पको टोकाइबाट दुई बालबालिकाको मृत्यु, एक घाइते

स्वास्थ्यसमाचार/बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो । मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएकी छन् । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्‍याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।…

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवाबाट ८हजारले लिए सेवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवाबाट आर्थिक बर्ष २०८० /० ८१मा ७हजार ६सय बढी बिरामीले सेवा लिएका छन। सामाजिक सेवाईकाई को तथ्याङक अन्सार २०८० / ०८१मा ७ हजार ६९७ जनाले सेवा लिएका छन अति गरिब ८ सय २ जना महिला, १ हजार ७४ जना पुरुष, अपाङ्गता भएका ४७ जना महिला, ७९ जना पुरुष असहाय ६६जना महिला १ सय २३ जना पुरुष, कुपोषित बालबालिका २६ जना बालिका ३९ जना बालक, लैगिंक हिंसामा १ जना महिला, थुनुवा ३ जना महिला ३१ जना पुरुष महिला स्वास्थ्य स्वयंसेविका ७ जनाले सेवा लिएका हुन । सामाजिक…

कहाँ अड्कियो स्वास्थ्यका दरबन्दी बाहिरका कर्मचारीको समस्या ?

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले दरबन्दी कायम भएका १६ जना मात्रै स्वाथ्य क्षेत्रका कर्मचारी राख्ने अन्यको जहाँ दरबन्दी हो त्यही जानुपर्ने भन्दै छलफल अगाडी बढाएपछि बुटवल उपमहानगरपालिका कर्मचारीहरुले अन्यपालिका सामान्य प्रशासन को पत्र अनुसार कामकाजमा लगाउनु र तलब भत्ता नियमानुसार गर्नु भनेर पत्र आउँदा बुटवल उपमहानगरपालिकाले सामान्य प्रशासन संग पहल नगरेको गुनासो गरेका छन् । जनस्वास्थ्य निरिक्षक सिद्धार्थ आचार्यले यो दरबन्दी भन्दा बाहिरका स्वास्थ्यका कर्मचारीको समस्या बुटवलमा मात्रै नभएर देशै भरी कायम रहेको भन्दै केही समय पहिला तिलोत्तमा नगरपालिकामा पनि यहि समस्या सृजना भएकोमा सामान्य प्रशासन मन्त्रालयको मिति २०८०/०९/८ गतेको पत्र अनुसार ‘हाजिर…

बुटवल हस्पिटलमा रक्तदान ७५ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/ यस क्षेत्रमा रगतको अभाव भैरहेको समयमा बुटवल हस्पिटल प्रा लि ले बिहिबार रक्तदान कार्यक्रम गरेको छ । रगतदान जिवन दानको नारा सहित आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको हो । रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स लगायतका कर्मचारीहरुले रक्तदान गरेका थिए । बुटवल हस्पिटल प्रा लिले भर्खरै नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, मेडिकिल निर्देशक डा कृष्ण खनाल, वरिष्ठ डा नन्दु पाठकले विरामीका लागि अत्यन्तै आवश्यक पर्ने…

डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । बुधबार मन्त्रालयले डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बसेको विभाग, संंघीय अस्पताल, महाशाखा, केन्द्र, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजका प्रमुखहरुसँगको बैठकले सो निर्णय गरेको हो । बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, डेंगी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै, कार्यालय र अस्पताल परिसरमा हरेक शुक्रबार सरसफाइका साथै लामखुट्टे खोज…