स्वास्थ्य समाचार/ यस क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुभारम्भ गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य सचिब डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचार समेत प्राप्त हुने वताउनु भयो।ए ग्रेडको आईसियुसहित एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा…
समाचार
स्वास्थ्यमा १२ औं तहको विज्ञापन खुल्यो, १५ दिनभित्र फाराम भरिसक्नुपर्ने
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको १२ औं तहमा बढुवाका लागि आवेदन माग गरेको छ ।आज सूचना प्रकाशित गर्दै मन्त्रालयले मन्त्रालयको वेवसाईटबाट फाराम डाउनलोड गरी फाराम भर्न सक्ने जनाएको छ । मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ ९२० अनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्न लागेको हो ।२ तहका लागि एक दर्जन बढी कर्मचारी योग्य भएका छन् ।दुर्गम र सेवाका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने चार जनाको नाम स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने छ । ती नाममध्येबाट दुईजना १२ तहमा बढुवा हुनेछन् ।
पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन
स्वास्थ्यसमाचार/ सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भीलगाउने तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिका अनुसार एक वर्ष भित्रका बालबालिकाहरूलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिइने छ । साथै एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेर भित्रका सम्पूर्ण बालबालिकाहरूलाई १६ हप्ता ९४ महिना फरकमा दुई मात्रा दिइने जनाएको छ । यसअघि एक वर्ष भित्रका बालबालिकाहरूलाई दिइने एफ.आई.पी.भीखोप एक वर्ष भित्रका बालबालिकाहरूका लागि…
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल कपिलबस्तुको प्रथम भेला सम्पन्न
स्वास्थ्यसमाचार / राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल कपिलबस्तु प्रथम भेला सम्पन्न भएको छ । जिल्ला संयोजक दिपक पन्थी को अध्यक्षता कपिलबस्तु जिल्ला आयुर्बेद प्रमुख डा नलिननाथ तिवारी प्रमुख अतिथी , विशिष्ट अतिथि केन्द्रिय उपाध्यक्ष शालिक राम भुसाल र विशिष्ट अतिथी लुम्बिनी आयुर्बेद चिकित्सालय का बरिस्ठ कबिराज श्री नरहरी अर्यालको आतिथ्यमा भेला सम्पन्न भएको थियो। उक्त भेलामा बोल्दै प्रमुख अतिथि डा तिबारीले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल सबैको साझा सस्था भएकोले सबैजना आबद्ध हुनु पर्ने र ले आयुर्बेद क्षेत्रको बिकाशमा अतुलनिय योगदान पुर्याउने बिश्वास ब्यक्त गर्नु भयो ।सबै संगठन हरुले सुरुवाती समय मा…
हाम्रो शरीरमा (मधुमेह )चिनीरोग छिरे पछि गर्न सक्ने ‘पाँच घातहरु’
(मधुमेह )चिनीरोगबारे धेरैले सुनेका छन् । तर थोरैले मात्र बुझेका छन् । यो रोगका महत्वपूर्ण र खतरनाक पक्षहरुबारे चर्चा गर्न विश्व मधुमेह दिवसका अवसरमा सान्दर्भिक ठान्दछु । विश्व मधुमेह दिवस सन् १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर १४ का दिन मनाइन्छ । नोभेम्बर १४ मा इन्सुलिनका आविष्कारक फ्रेडरिक बेन्टिङ्ग जन्मिएका थिए । मानव शरीरभित्र चिनी पचाएर उर्जामा बदल्ने काम इन्सुलिनले गर्दछ । यो महत्वपूर्ण रसायन–इन्सुलिनको आविष्कार सन् १९२१ मा भएको थियो । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग मधुमेहको नामबाट परिचित हुनपुग्यो । आधुनिक सभ्यता,…
सर्वोच्चको आदेश : डा तोसिमा कार्कीको उम्मेदवारी कायम हुने
स्वास्थ्यसमाचार/ ललितपुर(३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको थियो । कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न…
स्वास्थ्यमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । मन्त्रालयले आफू मातहतका संघीय अस्पतालको संगठन संरचनाको प्रस्तावमा अस्पताल प्रमुख १२ औं तहको प्रमुख हुने व्यवस्था प्रस्ताव गरेको छ । ५०० शैय्याको अस्पताल संरचना प्रस्ताव बनाउन सक्रिय स्वास्थ्यका एक उच्च अधिकारीकाअनुसार प्रत्येक प्रदेशमा कम्तिमा १ वटा संघीय अस्पताल बनाउने गरी उक्त प्रस्ताव गरिएको हो । जसमा हाल सञ्चालनमा रहेकै संघीय अस्पतालहरुलाई क्षमता वृद्धि गरिने गरी प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ । मन्त्रालयकाअनुसार वीर अस्पतालबाहेक प्रत्येक प्रदेशमा १/१ वटा संघीय अस्पताल हुनेछन् । ती अस्पतालको…
भैरहवामा शल्यचिकित्सकको तेह्रौं राष्ट्रिय सम्मेलन सुरु
स्वास्थ्यसमाचार /नेपाल शल्य चिकित्सक समाजको १३ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि भैरहवामा सुरु भएको छ । कार्तिक २६ गते सम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बांग्लादेशका शल्य चिकित्सक गरि ३ सय बढीले सहभागीता जनाउने आयोजकले बताएका छन् । बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी दिईएको छ । नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डाक्टर सुनिल कुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सिपलाई ठोस रुपमा बिश्लेषण गरि सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताए ।…
तिलोत्तमा मेडिकल कलेज बनाउन सरकारले वेवास्ता गर्यो : विश्वकर्मा
स्वास्थ्यसमाचार /एमालेका सचिव छविललाल विश्वकर्माले तिलोत्तमा १ र ८ को २ सय बिघामा निर्माण गर्ने भनी अघि बढेको सरकारी मेडिकल कलेज निर्माणमा अहिलेको सरकारले बेवास्ता गरेको वताए । ओली नेतृत्वको सरकारको पालामा २०७५ चैत ८ गते मेडिकल कलेज बनाउन नयांमिलमा कार्यालय नै स्थापना भएर कम अघि बढेपनि एमाले सरकार ढालिएपछि काम अवरुद्ध भएको विश्वकर्मा वताएका हुन । एमाले नेतृत्वको सरकारले सात वटै प्रदेशमा एक एक वटा प्रादेशिक स्तरका मेडिकल कलेज बनाउने निर्णय अनुसार पहिलो चरणमा लुम्बिनी र प्रदेश २ मा बनाउने गरी सरकारले वजेट पनि छुट्टाएको थियो । एमाले सरकारमा…
सधै राजनिति दलको चुनाबी नारा बन्यो अर्घाखाँचीको स्वास्थ्य क्षेत्र
वीरेन्द्र केसी अर्घाखाँची / पहिलो संविधानसभा चुनावमा टोपबहादुर रायमाझीले मतदातासँग सन्धिखर्क अस्पताललाई ५० शय्याको बनाउने वाचा गरेका थिए । त्यसयता तीनपटक लगातार चुनाव जितेर पटक–पटक मन्त्री भए । मंसिर ४ मा हुने चुनावमा उनी चौथोपटक प्रतिनिधिसभा सदस्यमा भिड्दैछन् । एक वर्षअघि लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पताल बनाउने भन्ने प्रस्ताव गरेको छ । अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै छन् । प्रतिनिधिसभा सदस्यमा एमाले केन्द्रीय सचिव रायमाझी, प्रदेशसभा (१) बाट केन्द्रीय सदस्य चेतनारायण आचार्य र (२) मा लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे उम्मेदवार छन् । २०७४ को चुनाव जितेका…