स्वास्थ्यसमाचार/ नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोख्रेललाई कोरोना संक्रमण भएको उनको निजी सचिवालयले जानकारी दिएको छ । साथै पोख्रेलले पनि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् , ूकोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।पोखरेल बुधबार एमाले बारा जिल्ला कमिटीद्वारा आयोजित दसौं जिल्ला अधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्नका लागि बारको कलैया पुगेका थिए ।
समाचार
आवश्यक्ता हेरेर खास ठाउँमा लकडाउन हुनसक्छ :मन्त्री खतिवडा
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ ।बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनु भएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताउनु भयो । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताउनु भयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘शुरुका बेलामा…
एक सय दिनमा यस्तो छ मेसु डा ढकालको अस्पतालमा सुधार रफ्तार
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले आफु नियुक्ती भएको १०० दिनका कार्यहरु सार्वजनिक गरेका छन् । गत असोज १८ गते लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट भएर कार्याभार ग्रहण गरेका उनले विहिबार दिन पुरा भएको हो । अस्पताल परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी डा. ढकाललले आफुले गरीका १९ वटा महत्वपूर्ण कामको विवरण सार्वजनिक गरेका हुन ।विस्तारित अस्पताल सेवा संचालनसुरुवात गरेको डा. ढकालले बताएका छन् । यो सेवा सुचारु भए पश्चात लामो समय देखि चिकित्सकीय परामर्श र शल्यक्रिया को लागी कुर्नु पर्ने समस्या लाई क्रमिक रुपले सहज बन्दै गएको…
संक्रमण रोकथाम गर्ने समयमा लुम्बिनीका १४ अस्पताल नेतृत्वविहीन
स्वास्थ्यसमाचार/ लुम्बिनीका सबैजसो अस्पताल कोरोना संक्रमणका बिरामीले भरिभराउ भइसकेका छन् ।यस्तो अवस्थामा थप आउने बिरामीलाई कसरी उपचार गर्ने, स्वास्थ्यकर्मीलाई कसरी खटनपटन गर्नेलगायतका व्यवस्थापनको महत्वपुर्ण काम सम्पादन गर्नुपर्ने समयमा सरकारले ती अस्पताललाई नेतृव्तबिहीन बनाएको छ । तेस्रो भेरियन्टको जोखिम बढेकै बेला लुम्बिनी प्रदेश सरकारले १४ वटा सरकारी अस्पताललाई नेतृत्वविहीन बनाएको हो ।सरकार गठन भएको ६ महिनासम्म वास्ता नगरिएको क्षेत्रमा रोकथामको तयारी गर्ने समयमा आफ्ना नेता कार्यकर्ता भर्ति गर्नका लागि सबै सरकारी अस्पताललाई नेतृत्वविहीन बनाइएको आरोप सरकारलाई लाग्न थालेको छ । सरकारले यसअघिको सरकारले नियुक्त गरेका १४ सरकारी अस्पतालका अध्यक्ष तथा सदस्यहरुलाई…
थप तीन हजार ७५ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु
स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको छ । सोही अवधिका थप २७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयलेजनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।
कोरोना खोपको गति तिब्र: रुपन्देहीमा पूर्ण खोप पाउने ८५ प्रतिशत
स्वास्थ्यसमाचार / कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको रुपन्देहीमा खोपको गति तिब्रताका साथ खोप अभियान संञ्चालन गरिएको भएको छ। जिल्लामा १८ बर्ष माथिका कुल जनसंख्या७लाख १४ हजार मध्ये ६लाख ३२ हजारले पहिलो मात्रा र ४ लाख ९१ हजारले दोश्रोमात्र खोप लगाएका छन। हालसम्म रुपन्देहीमा ८५ प्रतिशतले कोरोनाको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ। स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पुस मसान्त सम्म रुपन्देही जिल्लामा ८६ प्रतिशतले पुर्णमात्रमा खोप लगाउने वताउनु भयो । उहाले अहिले पनि रुपन्देहीका ६ पालिकामा खोप संञ्चालन भैरहेको र बाकी…
तिलोत्तमामा एक लाख जनाले लगाए कोरोना विरुद्धको खोप
स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ हजार ४ सय ६३ जनाले खोपको पूरा मात्र लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तिलोत्तमामा १८ वर्षमाथिको लक्षित जनसंख्या ८० हजार रहेको अनुमान गरिएकोमा पूरा डोज खोप लगाएको जनसंख्या ८७ हजारभन्दा बढी पुगेको छ ।बसाईसराई गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षितभन्दा बढीले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताउनुभयो । नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणअनुसार नगरको जनसंख्या १…
थप व्यवस्थित बन्दै जिल्लाको पुरानो भीम अस्पताल भैरहवा
स्वास्थ्यसमाचार/ कुनै बेला सरकारी अस्पताल भनेपछि धेरैले नाक खुम्च्याउने गर्दथे । सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा पाइँदैन भन्ने सोच बिरामी र उनीहरुको आफन्तमा थियो । उनीहरु कि त निजी स्वास्थ्य संस्थामा जान्थे, कि भैरहवा बाहिर बुटवल, चितवन, काठमाण्डौं लगायतका ठूला शहरमा जान्थे । त्यसमा पनि भैरहवाको भीम अस्पताल भनेपछि त सकेसम्म भित्रै छिर्न खाज्दैनथे । भैरहवाको केन्द्र भागमा भएर पनि गुणस्तरीय स्वास्थ्य सेवा र विशेषज्ञ डाक्टरको अभावमा राम्रो उपचार हुन नसक्ने भएपछि बिरामीहरु अस्पताल भित्र प्रवेश गर्न डराएका हुन् ।तर, रुपन्देही जिल्लाको पुरानो अस्पतालको रुपमा रहको भैरहवास्थित भीम अस्पताल दशकौ पछि…
स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर :लुम्बिनी प्रदेशका स्वास्थ्य सचिवमा डा. राजेन्द्र खनाललाई सिफारिस
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।मंगलबार मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरु जिम्मेवारी हेरफेर गरेका हुन् । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ ।मन्त्री खतिवडा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पताल सरुवा गरेका छन् । नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ । यसैगरी, औषधीको आफूखुसी मुल्यवृद्धि गरेपछि विवादमा तानिएका औषधी…
लुम्बिनी प्रदेश सरकार १४ निर्णय,अस्पताल विकास समितिका अध्यक्ष र सदस्यलाई हटाउने
स्वास्थ्यसमाचार/ प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन तथा कार्य सञ्चालन आदेश–२०७६ पनि खारेज गरेको छ । यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले गठन आदेशका आधारमा ध्रुव मजगैयाँलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । तर कुलप्रसाद केसी नेतृत्वको अहिलेको सरकारले ऐन बनाएर मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई प्रमुख कार्यकारी…