मातृमृत्यु दरलाई न्युनिकरण गर्न लुम्बिनीमा बिस्तृत कार्ययोजना बनाईदै

बेलायतका विकासमन्त्री एन्ड्र्युले भने- मातृशिशु स्वास्थ्य तथा पोषण कार्यक्रममा सहयोग बढाउँछौं

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा जनार्दन पन्थीले प्रदेशमा मातृमृत्यु न्युनिकरण गर्नको लागी बिस्तृत कार्ययोजना बनाएर अघि बढने बताउनु भयो।

नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेललाई बुटबलमा स्वागत कार्यक्रम मा   डा पन्थीले लुम्बिनीमा १ लाख जिवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेको तथ्याकं छ यसलाई हामी न्युनिकरण गर्न कार्य योजना बनाएर अघि बढने बताउनु भएको हो।

उहाँले भन्नु भयो लुम्बिनी प्रदेशमा मातृमृत्युर अरु प्रदेशमा भन्दा बढी छ । यसलाई हामीले नयाँ तरिकाले स्वास्थ्य संस्थामा मृत्युदर बढी भएको रेकड आएको छ। प्रदेशले रिर्फलल मेकानिजमलाई प्रेषण गर्ने बेलामा बिरामी बाटैमा अलपत्र पर्ने बनाउने र कह कह ग्याप छ त्यसलाई अध्यन गरिरहेको बताउनु भयो।

उहाँले समग्रमा रोक्न सकिने मातृमृत्यु दरलाई न्युनिकरण गर्नको लागी बिस्तृत कार्ययोजना बनाएर अघि बढेपछि यो कमिहुने बताउनु भयो उक्त कार्यक्रममा बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता गर्नु भयो।

अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको वताउनु भयो।

उक्त अबसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव डा जनार्दत पन्थी, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी समेत गराउनु भएको थियो।

सम्बन्धित शिर्षक :