स्वस्थ्यसँग जोडिएको साईकल चलाउने बानी बसालौ :नगर प्रमुख खाँण

तिलोत्तमामा साईकल लेन उद्घाटन

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकामा निमार्ण गरिएको साईकल लेनको समुद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाले योगीकुटी देखी भलबारीसम्म सर्भिस लेनमा रेखांकन गरेको साईकल लेनको नगरप्रमुख रामकृष्ण खाडले साईकल चलाएर समुद्घाटन गरे ।

कार्यक्रममा उनले तिलोत्तमा नगरपालिकालाई चिनाउने नया काममध्ये साईकल लेन उदाहरणीय काम भएको बताए । शहरी क्षेत्रमा हुने ध्वनि प्रदुषण, पार्किङ समस्यासँगै स्वस्थ्य सरोकारसँग जोडिएको साईकल चलाउने बानी बसाल्नुपर्ने उनले बताए ।

‘नगरबासीलाई साईकल चलाउने संस्कार बसाउने अभियान हो ।’– उनले भने । योगीकुटी र भलबारीसम्मको दोहोरो २० किलोमिटरको साईकल लेन तयार भएको हो । नगरभित्र सर्भिस लेनमा पार्किङ नहुदा धेरै कठिनाइ रहेको भन्दै यसको समाधानमा समेत लाग्ने उनले बताए । ठुलो सवारीसाधन न्युनिकरण गर्दै दैनिक जीवनमा साइकलको प्रयोग बढाउन सके यसले सडकमा चाप कम हुने र दुर्घटना न्यूनिकरणमा समेत मद्दत मिल्ने उनले बताए ।

नगरभित्र जनप्रतिनिधि, सामाजिक अगुवा, विद्यालयमा समेत साईकल चलाउने बानी बढाउने गरि कार्यक्रम ल्याउन लागेको उनले बताए । साईकल मानव स्वस्थ्य र खेलमात्र नभई पर्यटनको समेत महत्वपूर्ण पाटोका रुपमा रहेको उनले बताउदै नगरभित्रका सामुदायिक वनसँग समन्वय गरि साईकल लेन बनाएर पर्यटक झुकाउने गरि योजना बनाएको बताए । ‘यसले यहाँको पर्यटन ब्यवसाय प्रवर्द्धन हुने छ ।’– उनले भने ।

सम्बन्धित शिर्षक :