स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीकोे आयोजनामा जिल्लाका ६ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगति समीक्षा सम्पन्न भएको छ। तिन नगरपालिका र तिन गाउपालिका रहेको अर्घाखाचीमा बार्षिक समिक्षा सम्पन्न भएको हो। प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेकोे प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक समिक्षामा आर्थिक बर्ष ७८/७९ मा भए गरेका सफल कामहरु, हुन नसकेका कामहरुको बारेमा समीक्षा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख पुस्पा थापाले जिल्लामा स्वास्थ्य क्षेत्रमा गएको बर्ष भएका उपलब्धी, सफल अभ्यासहरु र हुन नसकेका कामहरु र हुन नसक्नु कारण सहित आगामी दिनहरुमा सुधार गर्ने उद्देश्यले कार्यक्रमको…
समाचार
डेंगुले महामारीको रुप लिने खतरा, विज्ञ भन्छन्–वास्तविक तथ्यांकभन्दा ५ गुणा बढी संक्रमित
काठमान्डौ/ देशका ७५ जिल्लामा फैलिइसकेको डेंगुले महामारीको रुप लिन सक्ने भएकाले सजगता अपनाउन विज्ञहरुले चेतावनी दिएका छन् ।यो सिजनमा सरकारी अस्पतालमा उपचार वा परीक्षण गर्न आएका ५ हजार २९ जनामा डेंगु पुष्टि भएको र संक्रमित थपिने क्रम जारी रहेकाले सतकर्ता अपाउन विज्ञहरुले चेतावनी दिएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार यो तथ्यांक सरकारी अस्पतालको हो । सरकारी अस्पतालको औपचारिक तथ्यांक ५ हजारभन्दा बढी रहे पनि वास्तविक संक्रमित त्योभन्दा पाँच गुणा बढी हुन सक्ने उनले बताए । ‘निजी अस्पतालमा पुष्टि भएका वा उपचार गराइरहेका विरामीको तथ्यांक रिपोर्टिङ भएको…
लुम्बिनी प्रादेशिक अस्पताल (secondary B)अस्पतालमा नेपालमै प्रथम
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल न्युनतम सेवा मापदण्ड मुल्यांकन नेपालकै प्रथम भएको छ। नेपाल भरिका (secondary B) अस्पतालहरु मध्ये न्युनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको हो। लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालय बाट भाद्र २२,२३,र २४ गते लुम्बिनी प्रादेशिक अस्पतालको सर्भेक्षण पश्यात मुल्यांकन तथा समिक्षा समारोहमा अस्पतालको मुल्याकन गरिएको हो । आज लुम्बिनी प्रादेशिक अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड मुल्यांकन तथा समिक्षा गोष्ठी कार्यक्रममा सो जानकारी गराइएको हो। मुल्यांकन तथा समिक्षा कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ सचिव डा बिकास देवकोटाको…
डेंगुबाट नेपालगन्जमा ८५ वर्षीय पुरुष र १२ वर्षीया बालिकाको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालगन्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।
तिलोत्तमामा सुआहारको सिकाइ कार्यशाला :कुपोषणलाई अन्त्य सबै मिलेर लागौ नगरप्रमुख खाँड
स्वास्थ्यसमाचार/सेतो गुराँस बाल विकास सेवा रूपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिकामा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कार्यशाला गोष्ठीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडले उदघाट्न गरे। उक्त कार्यशाला गोष्ठीमा वोल्दै नगरप्रमुख खाँडले समाज आधुनिकता संग अघिबढदा स्तनपान नगराउने खंख्या बढदै गएको बताए ।उनले स्तनपान आमा र बच्चा दुबैलाई आबश्यक भएको भन्ने चेतनाको कमी भएको कारण अहिले पनि जनचेतनाको खाँचो रहेको बताए । नगरप्रमुख खाँडले तिलोत्तमा नगरपालिकाले पोषणको लागी आबश्यक साझेदारी संस्था संगसहकार्य गरेर नगरमा कुषोषण अन्त्य गर्ने बताए। तिलोत्तमा नगरपालिकाले अहिले…
डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको सरकारलाई आग्रह
स्वास्थ्यसमाचार/ राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ । “बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ठ ध्यान पुग्न नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको र तीन…
लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का अगाडि नबढाउन अदालतको अन्तरिम आदेश
स्वास्थ्यसमाचार/ प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्बिनीले आह्वान गरेको लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया यथास्थितीमा राख्न उच्च अदालतले आदेश दिएको छ । गत साउन २५ गते उच्च अदालत तुलसीपुरको बुटवल ईजलासले अल्पकालिन आदेश जारी गर्दै ठेक्का प्रक्रिया अगाडि नबढाउन आदेश दिएकोमा आज बसेको इजलासले यथास्थितीमा राख्न आदेश दिएको हो । उच्च अदालतबाट यथास्थितीमा राख्ने आदेश आएसँगै भवन निर्माणको ठेक्का प्रक्रिया दोस्रो पटक रोकिएको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको हुन सक्ने भन्दै दायर गरेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुनुवाई गर्दै ठेक्का प्रक्रिया…
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५० जना कर्मचारीको सरुवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५० जना कर्मचारीको सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको काजसरुवा/सरुवा गरिएको हो। काजसरुवा÷सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ। लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका विभिन्न सेवा,समुह,तहका कर्मचारीहरुको सरुवा तथा कामकाज विवरण सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नूहोस्
लुम्बिनी प्रादेशिक अस्पतालको राष्ट्रिय कर्मचारी संगठन निजामती नयाँ नेतृत्व, अध्यक्षमा अमिर राई
स्वास्थ्यसमाचार / नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको भेला ले नयाँ समिति चयन गरेको छ। बुटबलमा सम्पन्न भेलालले १९ सदस्यीय नयाँ समिती तथा ५ जनाको सल्लाहकार समिती चयन गरेको हो। समितिको अध्यक्षमा अमिर राई बरिष्ठ उपाध्यक्षमा केशव पान्डे, उपाध्यक्षमा पुतला खनाल, प्रतिमा गौतम सचिबमा बिजय पान्डे सह सचिव भाबना गौतम कोषाध्यक्ष कृष्ण खडका रहेका छन।त्यस्तै सदस्यहरुमा प्रतिमा पौडेल, अकबर अलि, रिया थापा, जागेश्वरी ढकाल, शैलेन्द्र पन्थी, बिष्णु काफले, निषा पौडेल, जानुका रिजाल, मुस्कान थापा र एलिना लोपचन रहेका छन। उक्त भेलाले ५ जनाको सल्लाहकार समिति समेत…
बुटवलका मासु पसलमा अनुगमन,अधिकांश फोहोर र अस्वस्थकर
स्वास्थ्यसमाचार/ नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ। बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका बिभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा वधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो । बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनमा ३ वटा मासु अखाद्य मासु भेटिएको छन् भने अधिकांशमा वधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । अखाद्य मासु भेटिएकालाई उपमहानगरमा बोलाइएको छ भने अन्यलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको…