जङ्गली च्याउ खाँदा गुल्मी रेसुङ्गामा एकै परिवारका आठजना बिरामी

स्वास्थ्यसमाचार अनलाईन | जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका -८ बस्ने एकै परिवारका आठ जना बिरामी परेका छ्न ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले दिनुभएको जानकारी अनुसार रेसुङ्गा सामुदायिक बनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने च्याउ खादा सो वडाका एकै परिवारका ८ जना विरामी भएका थिए ।

प्रहरी निरीक्षक केसीका अनुसार टोपबहादुर थापाका जेठो ज्वाइँ ओसन काउछाले टिपेर ल्याएको उक्त जंगली च्याउ पकाएर खादा बिरामी पर्नेहरूमा ६५ वर्षीय टोमबहादुर थापा, निजकी श्रीमती ६२ वर्षीय दिलकुमारी श्रीस, छोराहरु ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, नातिनीहरु १० वर्षीय दिपदिका थापा, १२ वर्षीय बिनिसा थापा, छोरीहरु ४२ वर्षीय सिर्जना काउछा र पाहुनाका रुपमा आउनुभएका ३९ वर्षीय गीता थापा रहेका छन ।

बिरामीलाई आइतबार राती गुल्मी जिल्ला अस्पताल तम्घास गुल्मीमा प्राथमिक उपचार पछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सम्बन्धित शिर्षक :