कहाँ अड्कियो स्वास्थ्यका दरबन्दी बाहिरका कर्मचारीको समस्या ?

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले दरबन्दी कायम भएका १६ जना मात्रै स्वाथ्य क्षेत्रका कर्मचारी राख्ने अन्यको जहाँ दरबन्दी हो त्यही जानुपर्ने भन्दै छलफल अगाडी बढाएपछि बुटवल उपमहानगरपालिका कर्मचारीहरुले अन्यपालिका सामान्य प्रशासन को पत्र अनुसार कामकाजमा लगाउनु र तलब भत्ता नियमानुसार गर्नु भनेर पत्र आउँदा बुटवल उपमहानगरपालिकाले सामान्य प्रशासन संग पहल नगरेको गुनासो गरेका छन् ।

जनस्वास्थ्य निरिक्षक सिद्धार्थ आचार्यले यो दरबन्दी भन्दा बाहिरका स्वास्थ्यका कर्मचारीको समस्या बुटवलमा मात्रै नभएर देशै भरी कायम रहेको भन्दै केही समय पहिला तिलोत्तमा नगरपालिकामा पनि यहि समस्या सृजना भएकोमा सामान्य प्रशासन मन्त्रालयको मिति २०८०/०९/८ गतेको पत्र अनुसार ‘हाजिर गराई कामकाज लगाउने सम्बन्धमा च.नं.१५०७ मिति २०८०/०८/२७ को पत्र सहित संलग्न सूचीमा उल्लेखित छ ।

कर्मचारीहरु सम्बन्धमा व्यहोरा अवगत भएको र सो सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन, समायोजन मिलान तथा समायोजन संशोधन भएका कर्मचारीहरुलाई यथावत रुपमा हाजिर गराई कामकाज लगाउनुहुन र तलब भत्ता नपुग भएमा ( दोहोरो नपर्ने गरी) मात्र माग गर्नुहुन यस मन्त्रालयको मिति २०८०/०९/०८ को निर्णयानुसार अनुरोध छ ।’ भनि पत्र पठाएको पाइएको छ ।

सोही अनुसार समस्या समाधान गरी तिलोत्तमा नगरपालिकाले कर्मचारी खटन पटन गर्दै आएकोमा बुटवल उपमहानगरपालिकाले भने तलबको समस्या भन्दा पनि दरबन्दी भन्दा बाहिरका कर्मचारीलाई राख्न नसकिने भनेर दिएको अभिव्यक्ति आफैमा त्रुटीपूर्ण रहेको सिद्धार्थ आचार्यले बताए ।

नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७९/०९/८ गतेको पत्र, २०८०/०४/८ को पत्रमा कानून मा कर्मचारी दरबन्दी नभएकोमा फिर्ता गर्ने कुनै पनि कानुन नभएको उल्लेख गरेको छ ।

यस्तै सामान्य प्रशासन मन्त्रालयको २०८० साउन २ गतेको पत्र अनुसार समायोजन भएका कर्मचारीहरुको व्यवस्थापन सम्वन्धमा मा पत्र लेख्दै कर्मचारी समायोजन ऐन २०७५ वमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका केही कर्मचारीहरुलाई कतिपय स्थानीय तहले हाल विभिन्न बहानामा फिर्ता पठाएको बुझिन आएका उल्लेख छ ।

प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरुलाई उक्त कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्न नमिल्ने भएकोले निज हरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नु हुन यस मन्त्रालयको मिति २०८० /०४/०२ को निर्णयानुसार अनुरोध छ ।’ भनि उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक :