प्रयोगशाला स्थापना,दर्ता तथा नवीकरण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीको आग्रह

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशभित्र सञ्चालित अस्पताल वा पोलिक्लिनिकमा अधारित प्रयोगशाला वा एकल प्रयोगशालालाई प्रचलित कानुन बमोजिम दर्ता र नविकरण गर्न लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले अनुरोध गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आज एक सुचना जारी गदै नवीकरण नगरी सञ्चालनमा रहेका संस्थाहरु यथाशिघ्र दर्ता तथा नवीकरणको प्रक्रियामा आउँन अनुरोध गरेको हो ।

‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सी समुहको प्रयोगशालाहरूको दर्ता तथा नवीकरण सम्बन्धी कार्य भैरहेको छ। प्रयोगशालाको दर्ता र नवीकरण नगराई संचालनमा रहेका प्रयोगशाला तथा अनाधिकृत रुपमा अस्पताल, फार्मेसी, क्लिनिक, डायग्नोष्टिक सेन्टर जस्ता स्थानहरुबाट नमुना संकलन गरि अन्यत्र लगेर परिक्षण गराई रिपोर्टहरु दिने कार्य तत्काल बन्द गर्नु गराउनुहुन सबैमा अनुरोध छ,’ सूचनामा भनिएको छ ।

त्यसैगरी,गैरकानुनी रुपमा सञ्चालन गरेको पाइएमा नियमानुसार कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ। साथै सम्पूर्ण सेवाग्राहीहरुले सेवा लिदा प्रयोगशाला संचालन अनुमति प्राप्त प्रयोगशालाहरूबाट मात्र सेवा लिनुहुन सूचनामा उल्लेख छ ।

सम्बन्धित शिर्षक :