स्वास्थ्यसमाचार/निवर्तमान स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा तोसिमा कार्कीले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजिनामा मागेकी छन् । स्वास्थ्य मन्त्री बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा दिएको विवादास्पत अभिव्यक्तिलाई लिएर सांसद डा कार्कीले राजिनामा मागेकी हुन् । मन्त्री बस्नेतले हिजो ‘एक जना स्वास्थ्यकर्मी सरुवा रोक्नका लागि आत्महत्या गर्ने सम्मको धम्की दिने गरेको भन्दै आफूले सचिवहरुलाई त्यस्तो धम्की दिन आए झुण्डिनका लागि डोरी किनेर पठाइदिनुहोस’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिले आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै सर्बत्र आलोचना भएको छ । सांसद डा कार्कीले केही वेर अघि सामाजिक सञ्जालमा टिप्पणी लेख्दै मन्त्रीको अभिव्यक्तिलाई…
समाचार
प्युठान जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
स्वास्थ्यसमाचार /प्युठान जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थमन्त्री राजु खनालले प्युठान जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नु भएको हो। पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले सर्ने रोगबाट बचाउन खोप अनिवार्य भए जस्तै नसर्ने रोग लाग्न नदिन सचेतना अभियान चलाउन पनि आबश्यक रहेको बताउनु भयो । यसका लागि प्रदेश सरकारले भान्सा सुधार कार्यक्रम ल्याएको बताउनु भयो । जिल्लाका नौ वटा स्थानीय तहका ६४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय प्युठानका प्रमुख हेमराज…
कपिलवस्तुमा सर्पको डसाइबाट दुईबालक सहित चार जनाको निधन
स्वास्थ्यसमाचार /कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ ।सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो ।त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको…
बसाइ सराइलाई व्यवस्थित गर्न आवश्यक:स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजनन दर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरूपमा गइरहेकोसमेत बताए ।‘जनसङ्ख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ’, उनले जारी गरेको सन्देशमा भनिएको छ । मन्त्री बस्नेतले राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालको जनसङ्ख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा…
अस्पताललाई निःशुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई उपलब्ध गराएको निःशुल्क उपचारको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ । मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन दिएका छन् । ‘स्वास्थ्य सेवा ऐन, २०७५, जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० को खण्ड ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १०…
डेङ्गीको संक्रमण फैलिन नदिन विज्ञहरूको सुझाव
स्वास्थ्यसमाचार/पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ । आज यहाँ ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गीको सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराउनुभयो । डेङ्गी सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेङ्गी नियन्त्रण र…
स्वास्थ्यको ७ बुँदे निर्णय: काज फिर्तादेखि पुनः स्वास्थ्य परीक्षणसम्म
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गरेको छ। मन्त्रालयले कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाईएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरी अनिबार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिन भनेको छ। यसैगरी प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भई समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिनसमेत निर्देशन दिएका छ। यसैगरी…
भेरी अस्पतालको अध्यक्षमा बीरेन्द्रबहादुर शाह नियुक्त
स्वास्थ्यसमाचार/सरकारले भेरी अस्पतालको अध्यक्षमा वीरेन्द्रबहादुर शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आज मन्त्रीस्तरीय निर्णय गर्दै साहलाई भेरीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेका हुन् । यसअघि मन्त्री बस्नेतले डडेल्धुरा अस्पतालको अध्यक्ष, नारायणी अस्पतालको सदस्यमा समेत नियुक्त गरिसकेका छन् । मन्त्री बस्नेतले पछिल्लो पटक रिक्त पदहरुमा पदपूर्ती गर्ने कामलाई तिब्रता दिएका छन् ।
रुपन्देहीलाई असार २९गते पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गर्ने
स्वास्थ्यसमाचार / रुपन्देहीलाई यहि असार २९गते पूर्णखोप सुनिश्चिता हुने भएको छ। जिल्लामा रहेका १६ वटापालिका मध्ये २ वटा पालिकाले पनि पुर्ण खोप घोषणा गर्दैछन् ।सोमबार रुपन्देहीको कोटईमाई गाउँपालिका र सम्मरी माई गाउँपालिकाले पालिका पूर्ण खोप घोषणा गरेसगै जिल्ला पुर्ण खोप सुनिश्चिता जिल्ला हुने भएको हो। जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार सोमबार सम्मरी माई र कोटहीमाई गाउँपालिका पुर्ण खोप घोषणा भएसंगै पुर्ण खोप जिल्ला घोषणाका लागि प्रदेशमा पत्राचार गरिएको बताउनु भयो । पत्राचार पश्चात अनुगमन टोलीले प्रतिवेदन दिए अनुसार यहि असार २९ गते रुपन्देही जिल्ला पुर्ण खोपयुक्त…
९ देखि १४ वर्षका किशोरीलाई लगाउन पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी )खोप आइपुग्यो
स्वास्थ्यसमाचार/सरकारले खरीद गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप नेपाल आइपुगेको छ । भबिस्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप दिने भनेको थियो । सोही अनुसार यसपटक २० हजार भाइल खोप आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तका आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केही बेर अघि २० हजार भाइल एचपीभी खोप आइपुगेको बताए । यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको…