स्वास्थ समाचार ।नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३ बर्षका लागि २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। जस्को उपाध्यक्षमा सफिर रहमान, टेक विके र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह-कोषाध्यक्षमा विनोद पन्त, सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव कुमार शर्मा, खगेन्द्र घिमिरे, कबिन मलेकु, गोविन्द खत्री, दिनेश विष्ट, ओमकार अर्याल, राम प्रसाद अर्याल, लक्ष्मी कुमारी केसी, रामचन्द्र कोईराला रहनुभएको छ। संघका अध्यक्ष अमृत खनालको अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री मा. लिला गिरी ज्यूको प्रमुख…
समाचार
स्वास्थ्यकर्मी संघद्धारा स्वागत बधाई तथा शुभकामना आदान प्रदान
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट एवम् पदस्थापना हुनुभएका डाक्टरहरु लाई बधाई र शुभकामना प्रदान कार्यक्रम गरिएको छ। नेपाल स्वास्थ्यकर्मी संघ इकाई कमिटी लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको आयोजनामा स्वागत बधाई तथा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो। नेपाल स्वास्थ्यकर्मी संघ इकाई कमिटी लुम्बिनी प्रादेशिक अस्पताल ईकाई कमिटीका अध्यक्ष भिम ज्ञाबलीको अध्यक्षता मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाले अस्पतालमा देखीने गरि काम गर्ने बताउनु भएको छ। अस्पतालमा काम नभएको होईन धेरै…
राष्ट्रिय स्वास्थ्यकर्मी द्धारा नयाँ मेसु डाक्टर र स्वास्थ्यकर्मी लाई स्वागत
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट एवम् पदस्थापना हुने डाक्टर साथै स्वास्थ्यकर्मीहरूलाई बधाई र शुभकामना प्रदान कार्यक्रम गरिएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल लुम्बिनीकोे आयोजनामा बधाई र शुभकामना कार्यक्रम गरिएको हो। राष्ट्रिय स्वास्थ्यकमी महासंघ,नेपाल लुम्बिनीका अध्यक्ष चिन्तामणि ज्ञाबलीको अध्यक्षता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिब तथा प्रदेश ईन्चाज खगराज पोखरेलको प्रमुख आतित्यमा भएको बधाई र शुभकामना कार्यक्रम वोल्दै नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाले लुम्बिनी प्रादशिक अस्पतालको मुहार फेर्ने गरि काम गर्ने बताउनु भएको छ। उहाले अस्पतालमा अहिले मुख्य समस्याका रुपमा बिमा, ईर्मेजेन्सी…
बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु
स्वास्थ्यसमाचार/ बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान शुरु भएको हो । अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । उहाँले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानून बनाइरहेको बताउनुभयो…
गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. राजेन्द्र जिसी नियुक्त
स्वास्थ्यसमाचार /डा उत्तम पाच्य को काज बिर अस्पतालमा फिर्ता भएपछि बिगत २ महिना देखी खाली रहेको गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर राजेन्द्र जिसीलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले डा. जिसीलाई जिल्ला अस्पताल गूल्मीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जिसी ९ औं तहका फिजिसियन डाक्टर हुन् । हाल उनी अर्घाखाची जिल्ला अस्पतालका कार्यरत रहेका छन। डा उत्तम सरुवा भएपछि अस्पतालका कर्मचारीले बिगत २ महिना देखी तलब खाननपाएको बताईएको छ।
रुपन्देहीमा स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा कार्यक्रम सुरु
स्वास्थ्यसमाचार /राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा सैनामैना नगरपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ। खोप अधिकृत भेषराज शर्माको अध्यक्षता चिन्तामणी ज्ञाबलीको संञ्चालन र देबेन्द्र गुरुडको स्वागतमा सुभारम्भ कार्यक्रममा वोल्दै खोप अधिकृत भेषराज शर्माले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा गरि आगामी आर्थिक बर्षको लागी जिल्लामा के कति खोप आबश्यकता पर्छ…
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट, सोमबार ७६ जनामा कोरोना पुष्टि
स्वास्थ्यसमाचार/ नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् । २४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। अभियान…
तिलोत्तमा नगरपालिका–६ मा खुला व्यायामशाला संञ्चालनमा
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा खुला व्यायामशाला स्थापना गरिएको छ । वडा नम्बर–६ को कार्यालयले युवादेखि वृद्धवृद्धासम्मका लागि उपयोगी हुने गरी तिलोत्तमा सामुदायिक पार्कको खाली जग्गामा खुला व्यायामशाला सञ्चालन गरिएको हो । खुला ठाउँमा जुनसुकै समय र उमेर समूहका नागरिकलाई लक्षित गर्दै व्यायाम गर्न मिल्ने गरी व्यायामशाला निर्माण गरी सञ्चालनमा ल्याइएको वडा कार्यालयले जनाएको छ । तिलोत्तमा सामुदायिक पार्कको खाली जग्गामा स्थापना गरिएको खुला व्यायामशालामा विभिन्न आधुनिक १५ वटा उपकरण राखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको ९ लाख रुपैयाँ आर्थिक सहयोगमा खुला व्यायामशालामा १५ वटा विभिन्न उपकरण जडान…
८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने
स्वास्थ्यसमाचार/ सरकारले अस्पतालको स्तरबृद्धि मात्रै नभई नागरिकलाई रोग नलाग्ने वातावरणको सृजना गर्नु पर्ने एक कार्यक्रममा बताईएको छ। बुटबलमा मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रवध्र्दन सेवा सम्बन्धी पैरवी कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुँवरले ८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने गरेकोले वताए। उनले सरकारले अस्पतालको स्तरबृद्धिलाई ध्यानमा नराखि रोगलाई रोक्ने वातावरण तर्फ पनि ध्यान दिन आवश्यक रहेको वताए । बाँकी २० प्रतिशत रोग मात्रै विभिन्न कारणले लाग्ने उनको भनाई छ। कुंवरले मानिस स्वास्थ्य रहनु भनेको शारीरिक रुपमा मात्रै ठिक हुने मात्रै नभई मानसिक र…
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. बिनोद गिरी नियुक्त
स्वास्थ्यसमाचार / डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि त्यहाँ सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा आएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । डा गिरी यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा थिए । लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/१२/ २० गतेको निर्णानुसार तपाईलाई थप हार्दिक दायित्व नपर्ने गरि अर्को व्यवस्था नभए सम्मको लागि स्वास्थ्यं मन्त्रालय लुम्बिनी मा रिक्त…