स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश राप्ती उपत्यका (देउखुरी), ले बिभिन्न पदमा चिकित्सक तथा नर्स करारका लागि आवेदन माग गरेको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयहरुमा नेपाल स्वास्थ्य सेवा, विभिन्न समुह/उपसमूहका सात आठ तह र नवौं तह विशेषज्ञ चिकित्सक को स्वीकृत दरबन्दीमा रहेका रिक्त तपसिलका पदमा लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्विकृत करार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९“ बमोजिम अस्थायी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ सात दिन भित्र रितपूर्वकको दरखास्त फाराम पेश गर्न हुन सबैको जानकारीका लागि…
समाचार
सैनामैनामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण
स्वास्थ्यसमाचार / सैनामैना नगरपालिकामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सैनामैनाको वाँसगढी आधारभुत स्वास्थ्य चौकी सैनामैना नगरपालिका वडा नं १मा तथा बिद्यालयमा सिकल सेल तथा थालसेमिया रोग समन्धि जानकारी दिने उदेश्यले स्थानिय तथा बिद्याथीहरुलाई अभिमुखीकरण गरिएको हो। सैनामैना नगरपालिका वडा नं ८का वडा अध्यक्ष बुद्धिराम चौधरीकोे अध्यक्षता जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका मलेरिया निरिक्षक रत्नलाल शर्मा सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी प्रसाद न्यौपाने स्वास्थ्य शाखाका दिपक पान्डेय आधारभुत स्वास्थ्य केन्द्र बाँसगढीका प्रमुख बिन्दु अर्याल पत्रकार चन्द्रकान्त खनालको आतिथ्यतामा भएको कार्यक्रममा सिकलसेल…
लुम्बिनी साँस्कृतिक नगरपालिकामा औलो मुक्त बनाउने अभियान सुरु
स्वास्थ्यसमाचार/लुम्बिनीलाई औँलो रोगमुक्त बनाउन गोष्टी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज भएको एकदिवसीय गोष्टी मार्फत शुन्य औँलो बनाउने अभियानमा लाग्न सवैलाई सन्देश छरिएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले सरसफाईलाई जोड नदिएकै कारण औँलो रोग हुने बताएकी छन् । लामखुट्टेबाट सर्ने रोग औँलो रोग नियन्त्रण गर्न र हुन नदिन विभिन्न जनचेतनाका कार्यक्रमलाई…
ए.एच.एफ नेपालले सरकार सग थप ५ बर्ष सहकार्य गर्ने
स्वास्थ्यसमाचार/ एचआईभी संक्रमितहरुको सामाजमा पुर्नस्थापना, संक्रमण थप फैलिन नदिँन र एचआईभी लाग्न नदिनका पुर्व सचेतना लगायतका विविध विषयमा सबैजनाले साझा पहल गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । स्वाथ्य निर्देशनालयको आयोजना तथा एड्स एल्थकेयर फाउन्डेसन नेपालको संमन्वय र सहयोगमा बुटवलमा भएको प्रादेशिक नयाँ पञ्चबर्षिय परियोजना शुभारम्भ बारे जानकारी दिन आयोजित सरोकारवालाहरुको बैठकमा सहभागीहरुले एचआईभीको संक्रमण शुन्यमा पु¥याउनको लागि सबै जनाले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले एचआईभी संक्रमितहरुको समाजमा पुर्नस्थापनाका लागि स्थानीय तहबाट गर्नुपर्ने सहयोग गर्नको लागि…
लुम्बिनी प्रादेशिक अस्पताललाई एक नम्बर बनाउंछु :अध्यक्ष श्रेष्ठ
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार अस्पतालमा आयोजित पद वहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले काम गर्ने बताए । उनले आफूले उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसंगै विज्ञहरुसंग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी काम गर्ने बताए । ‘मलाई कुनै लाभ लिनु छैन, म प्रशासन चलाउन आएको पनि हैन’–अध्यक्ष श्रेष्ठले भने–‘म अस्पताल प्रशासनलाई सहयोग…
बिरामी जाँच, उपचार तथा सरसफाईमा अब्बल बन्दै गुल्मी अस्पताल
स्वास्थ्यसमाचार/गुल्मी अस्पतालको सेवा अब्बल बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाईँमा अस्पताल अब्बल बन्दै गएको हो । जिल्लामा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले जनाएको छ । इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भैरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको…
नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीको १२औ अधिवेशन सुरु
स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)रुपन्देहीको १२औ जिल्ला अधिवेशन शुभारम्भ भएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले एक कार्यक्रमका बिच १२औ जिल्ला अधिवेशन शुभारम्भ गर्नु भयो। अधिबेशन सुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले स्वास्थ्य क्षेत्रको आधार भनेको पारामेडीक्स,भएको बताउनु भयो । सरकारले जिल्ला जिल्लामा समेत डक्टर पुराउन नसकेको अबस्था गाउँ गाउँमा सेवा दिएको र स्वास्थ्य जगनै पारामेडीक्स,रहेको बताउनु भयो। नयाँ नयाँ अनुसन्धार र सेवा आईरहेको बेला यो संस्थाले आफना सदस्यहरुलाई ताजगीय बनाउनु पर्ने बताउनु भयो। बुटबल भैरहवालाई मेडिकल टुरिजमको हब बनाउनु पर्ने बताउदै नेपालका बाट भारतमा उपचार गर्ने जानेलाई यहि सेवा…
मायादेवी ८मा किशोरीहरुलाई प्रजनन् स्वास्थ्य समन्धि तालिम
स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेबी गाउँपालिकामा वडा नं ८को आयोजनामा किशोरीहरुलाई क्षमता विकास तालिम दिईएको छ। वडा अध्यक्ष चोक बहादुर थापाको अध्यक्षता गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको बिषेश आतिथ्यमा किशोरीहरुलाई क्षमता विकास तालिम दिईएको थियो ४५ जना किशोरीहरु सहभागी तालिममा डा नम्रता चौधरी नर्सिड अधिकृत शर्मिला शर्मा सुआहारा दोश्रोकार्यक्रमका पोषण अधिकृत दुर्गा रानाले किशोरीहरुलाई प्रजनन् स्वास्थ्य महिनामारी चक्र महिनामारीमा देखीने समस्या लैंगिक हिंसा वालबिवाह किशोरी अबस्थामा पोषणको महत्वबारे प्रशिक्षण दिईएको आधारभुत स्वास्थ्य सेवाकेन्द्र मायादेबि ८का प्रमुख भाष्कर आत्रेयले बताउनु भयो। तालिम शिक्षा तालिमकेन्द्र बसडिलवामा…
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
स्वास्थ्यसमाचार /सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए। बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उनले आग्रह गरे। भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान…
नेविसघं रुपन्देहीद्धारा रक्तदान १ सय १७ प्वाईन्ट रगत संकलन
स्वास्थ्यसमाचार /नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७ प्वाईन्ट रगत संकलन भएको छ । बिद्यार्थी तथा तरुण युवाहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहिले बिद्यार्थी र युवाहरुमा देखीएको समाज सेवाको भावले आफुलाई उत्साहित गरेको बताईन । उनले मानव सेवाको सवैभन्दा ठुलो कामनै रगत दान भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजीक कामलाई निरन्तरता दिन आग्रह गरीन । नेपाली कांग्रेस…