स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक ३ महिनाका लागि निलम्बन

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौला निलम्बनमा पर्नुभएको छ ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्सौलालाई आजदेखि लागू हुने गरी ३ महिनाका लागि पदबाट निलम्बन गरेको हो । मन्त्रिपरिषद्को बुधबारको निर्णय अनुसार निलम्बन गरिएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयले डा।बर्सौलालाई पत्र दिएको छ ।पदमा रहिरहँदा आफूमाथि लगाइएको आरोपको प्रमाण डा।बसौलाले नष्ट गर्न सक्ने र गैरजिम्मेवारीपूर्ण काम कारवाहीले स्वास्थ्य बीमा बोर्डलाई नोक्सानी हुनसक्ने भएकाले निलम्बन गर्नुपरेको मन्त्रालयको पत्रका भनिएको छ । पदीय जिम्मेवारी पूरा नगरेको, बीमा वापतको रकम अस्पतालहरूलाई भुक्तानी गर्दा अनियमिताता गरेको जस्ता विभिन्न आरोप लगाउँदै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले…

नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम महत्त्वपूर्ण :संघीय सांसद थापा

स्वास्थ्यसमाचार/ प्रतिनिधि शभा सदस्य सुर्य थापाले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा थापाले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको घरदैलो भित्र पुर्याउन सकेमात्र स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई स्वास्थ्यको पहुँचमा जोड्न सकिने बताए । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंको आयोजनामा शनिवार प्युठानमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै सांसद थापाले स्वास्थ्य बीमामा जनतालाई जोडेर लैजान स्थानीय सरकार बढी चनाखो हुनुपर्ने बताए । जनतासंगको निकट्ता पालिका वडा कार्यालयनै हुन ।…

स्वास्थ्य बीमाका कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकियो

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डमा कार्यरत कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै काज फिर्ता रोकेको हो । मन्त्रालयले सोमबार बोर्डलाई पठाएको पत्रमा ‘त्यहाँको सिफारिस एवं अनुरोध अनुसार खटाइएका कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म यथावत रुपमा काममा लगाउनु हुन यस मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ,’ भनिएको छ ।यो पत्र बाहिरिएसंगै स्वास्थ्यकर्मी तथा ट्रेड युनियनका प्रतिनिधिहरुले मन्त्रालयको पक्षपातपूर्ण नीति भएको टिप्पणी गरेका छन् । तर मन्त्रालयले भने निर्णयको बचाउ गर्दै अन्तरिम कालका लागि निर्णय गरिएको बताएको छ ।स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले वीमा बोर्डमा आफ्नै कर्मचारी…

साउन २१ देखी विमा उपचार सेवा बन्द गर्दै मिशन अस्पताल तानसेन

स्वास्थ्यसमाचार/युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हुने उपचार स्थगित गर्ने भएको छ। करोडौँ बक्यौता रकम नतिरेको भन्दै स्थागित गर्न लागेको हो। यही साउन २१ गतेदेखि यो कार्यक्रम स्थगित गर्न लागेको हो। १२ करोड ८३ लाख ४२ हजार ७७३ रुपैयाँ ८ पैसा बाँकी बक्यौता रहेको अस्पताल प्रशासक जीवन भट्टराईले बताए। उनका अनुसार विगत तीन वर्षदेखिको बाँकी बक्यौता रकम स्वास्थ्या बीमा बोर्डले दिएको छैन। करिब १९ करोड मध्ये गत असार मसान्तमा ५ करोड दिएको उनले बताए। ७ करोड बराबरको मूल्यांकन भएकोमा २ करोड ५ लाख बिल भरपाई अस्वीकृत गरी रकम…