स्वास्थ्य बीमा बोर्डलाई ठग्न अस्पतालले लाग्दै नलागेको रोगको पनि उपचार गर्न थाले

स्वास्थ्यसमाचार/स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सरकारी कोषको रकममा लुट मच्चाउन जथाभावी स्वास्थ्य उपचार गरेर ठग्ने प्रवृत्ति बढ्दै गएको छ । स्वास्थ्य बीमा बोर्ड अन्तर्गत आवद्ध अस्पतालहरुले सामान्य रोगको उपचारका लागि आउने बिरामीलाई जबरजस्ती कथित जटिल रोगको उपचार गरेर ठग्ने प्रवृत्ति बढ्दै गएको हो । सामान्य अवस्थाका बिरामीलाई समेत रगत र पिसाब परीक्षण, एक्सरे, भिडियो एक्सरे, महँगा औषधि उपभोग गर्न चिकित्सकमार्फत् सुझाव दिएर अस्पतालले स्वास्थ्य बीमा बोर्डमा जथाभावी रकम सोधभर्ना माग गरिरहेका छन् । अस्पतालले बीमावापतको रकम दाबीका लागि जथाभावी गरिएको बिरामी जाँच, प्रयोगशाला र औषधिको बिल पेश गरेपछि बोर्डले…

लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विमाका बिरामी धान्नै मुस्किल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई स्वास्थ्य बिमाका बिरामी धान्नै मुस्किल भएको छ।  अस्पतालको स्वास्थ्य बिमाबाट आर्थिक बर्ष २०७९/८०को साउन सम्म १लाख ३४ हजारले सेवा लिएका छन। त्यसमा ७४ हजार महिला र अन्य वाकी ५६ हजार पुरुष रहेका छन। अस्पतालको स्वास्थ्य बिमा प्रमुख भागिरथ रानाका अनुसार अस्पतालमा ४ वटा काउण्टरबाट बिमा सेवा दिएको बृद्ध जेष्ठ नागरिक हरुलाई छुट्टै काउन्टरको ब्यबस्था गरेको वताउनु भयो।  दैनिक अस्पतालमा ६ सय देखी ९ सम्म सम्म बिरामीले बिमामा वाट सेवा लिएको बताउनु भयो। बिमाबाट २६ करोड ४६ लाख ९ हजारका औषधी र सेवामा  प्रयोग भएको…

किन दिए स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले सामूहिक राजीनामा?

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामापत्र बुझाएका हुन्। ९ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्वन गरेको, आवश्यक जनशक्ति व्यावस्थापन नगरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् । बीमालाई स्वायत्त बन्न नदिएको उनीहरूको आरोप छ । राजीनामा दिनेहरुमा बोर्डका मनोनित सदस्यहरु डा सुरेश तिवारी, डा तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई रहेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र सरकार बिमालाई सक्न लागी परेको आरोप लगाएका…

डा. मदन उपाध्याय बने स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक

स्वास्थ्यसमाचार/स्वास्थ्य वीमा बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा मदन उपाध्यायले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका उपाध्यायलाई थप जिम्मेवारीको रुपमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाएका हुन् । सरकारले गत २४ असोजमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । कार्यकारी निर्देशक निलम्बन हुँदा बोर्डको दैनिक कार्य सञ्चालनमा समेत अफ्टेुरो परेको थियो । डा उपाध्यक्ष यसअघि पनि बोर्डको कार्यकारी निर्देशक भएर काम गरेका थिए ।पछिल्लो समय बोर्डमा अध्यक्ष रिक्त हुँदा उनैले निमित्त अध्यक्षको भूमिका समेत निर्वाह…

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक ३ महिनाका लागि निलम्बन

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौला निलम्बनमा पर्नुभएको छ ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्सौलालाई आजदेखि लागू हुने गरी ३ महिनाका लागि पदबाट निलम्बन गरेको हो । मन्त्रिपरिषद्को बुधबारको निर्णय अनुसार निलम्बन गरिएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयले डा।बर्सौलालाई पत्र दिएको छ ।पदमा रहिरहँदा आफूमाथि लगाइएको आरोपको प्रमाण डा।बसौलाले नष्ट गर्न सक्ने र गैरजिम्मेवारीपूर्ण काम कारवाहीले स्वास्थ्य बीमा बोर्डलाई नोक्सानी हुनसक्ने भएकाले निलम्बन गर्नुपरेको मन्त्रालयको पत्रका भनिएको छ । पदीय जिम्मेवारी पूरा नगरेको, बीमा वापतको रकम अस्पतालहरूलाई भुक्तानी गर्दा अनियमिताता गरेको जस्ता विभिन्न आरोप लगाउँदै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले…

नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम महत्त्वपूर्ण :संघीय सांसद थापा

स्वास्थ्यसमाचार/ प्रतिनिधि शभा सदस्य सुर्य थापाले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा थापाले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको घरदैलो भित्र पुर्याउन सकेमात्र स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई स्वास्थ्यको पहुँचमा जोड्न सकिने बताए । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंको आयोजनामा शनिवार प्युठानमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै सांसद थापाले स्वास्थ्य बीमामा जनतालाई जोडेर लैजान स्थानीय सरकार बढी चनाखो हुनुपर्ने बताए । जनतासंगको निकट्ता पालिका वडा कार्यालयनै हुन ।…

स्वास्थ्य बीमाका कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकियो

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डमा कार्यरत कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै काज फिर्ता रोकेको हो । मन्त्रालयले सोमबार बोर्डलाई पठाएको पत्रमा ‘त्यहाँको सिफारिस एवं अनुरोध अनुसार खटाइएका कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म यथावत रुपमा काममा लगाउनु हुन यस मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ,’ भनिएको छ ।यो पत्र बाहिरिएसंगै स्वास्थ्यकर्मी तथा ट्रेड युनियनका प्रतिनिधिहरुले मन्त्रालयको पक्षपातपूर्ण नीति भएको टिप्पणी गरेका छन् । तर मन्त्रालयले भने निर्णयको बचाउ गर्दै अन्तरिम कालका लागि निर्णय गरिएको बताएको छ ।स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले वीमा बोर्डमा आफ्नै कर्मचारी…

साउन २१ देखी विमा उपचार सेवा बन्द गर्दै मिशन अस्पताल तानसेन

स्वास्थ्यसमाचार/युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हुने उपचार स्थगित गर्ने भएको छ। करोडौँ बक्यौता रकम नतिरेको भन्दै स्थागित गर्न लागेको हो। यही साउन २१ गतेदेखि यो कार्यक्रम स्थगित गर्न लागेको हो। १२ करोड ८३ लाख ४२ हजार ७७३ रुपैयाँ ८ पैसा बाँकी बक्यौता रहेको अस्पताल प्रशासक जीवन भट्टराईले बताए। उनका अनुसार विगत तीन वर्षदेखिको बाँकी बक्यौता रकम स्वास्थ्या बीमा बोर्डले दिएको छैन। करिब १९ करोड मध्ये गत असार मसान्तमा ५ करोड दिएको उनले बताए। ७ करोड बराबरको मूल्यांकन भएकोमा २ करोड ५ लाख बिल भरपाई अस्वीकृत गरी रकम…