पाल्पा मिसन अस्पतालले भन्यो : ‘हामी बीमा बन्द गर्ने पक्षमा छैनौं, सम्झौता कार्यान्वयन भए लागु गर्छौं’

पाल्पा । पाल्पामा गत साउन २१ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने बताएको छ । २४ औं वार्षिक साधारणको अवसरमा अस्पतालले सम्झौता अनुसार काम नहुँदा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको बताउँदै आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेको हो । युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताउनुभयो…

वाँकेमा सिकलसेलका बिरामीलाई प्रदेश सरकारद्धारा निःशुल्क बीमा

स्वास्थ्यसमाचार/लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गरी बीमा कार्यक्रमको सुरुवात गर्नुभएको हो । सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहात होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो । उहाँले…

बीमा क्षेत्रमा समस्या भए फुकाउँदै अघि बढ्न सकिन्छ :अध्यक्ष डा.लोहनी

स्वास्थ्यसमाचार /स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बीमाको कभरेज बढाउनुपर्नेमा जोड दिए । उनले बीमा गर्नेको संख्या बढाउँदै लैजानुपर्ने भन्दै कसरी सहज हुन्छ त्यसरी नै काम गर्न सुझाव दिए । बुटवलमा स्वास्थ्य बीमा बोर्डले गरेको कार्यक्रममा बीमालाई माया गर्नुपर्ने र सकरात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष लोहनीले बीमा क्षेत्रमा समस्या भए अप्ठ्यारो फुकाउँदै अघि बढ्न सकिने बताए । उनले अस्पतालहरुले बिरामी रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न सुझाव दिए । बीमा वोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा बोर्डले समिक्षा गरिने…

अस्पतालको पुरानो संरचना, र दरवन्दीले सेवालाई प्रभावकारी वनाउन चुनौती :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/ स्वास्थ्य विमाको पहुच बढाउदै लैजानुवर्नेमा जोड दिइएको छ । बुधवार बुटवलमा बीमा वोर्डले गरेको कार्यक्रममा सहभागिहरुले स्वास्थ्य बीमा कार्यक्रममले गरिब तथा पिन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै बीमाको पहुच अझ बढाउदै लैजानुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा वोल्दै प्रदेशका स्वाथ्यमन्त्री राजु खनालले विमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको बतायो। अस्पतालको पुरानो संरचना,पुरानो दरवन्दीले पनि सेवालाई प्रभावकारी वनाउन चुनौती रहेको मन्त्री खनालको भनाई छ ।   स्वास्थ्य वीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै…

लुम्विनी प्रदेशमा ७९ प्रतिशत स्वास्थ्य विमाको पहुँच बाहिर

स्वास्थ्यसमाचार/स्वास्थ्य विमाको पहुँच बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । बुधवार बुटवलमा बीमा वोर्डले गरेको कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बीमा कार्यक्रमले गरिब तथा पिन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै बीमाको पहुँच अझ बढाउँदै लैजानुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा वोल्दै प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले वीमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको बताए । अस्पतालको पुरानो संरचना, पुरानो दरबन्दीले पनि सेवालाई प्रभावकारी वनाउन चुनौती रहेको बताए ।स्वास्थ्य वीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै रकम पाउन नसकेको…

लुम्बिनी प्रदेशमा २१ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमाको पहुँचमा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा रहेको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएका छन । बिमितहरू मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक बहादुर साउदले बताउनु भयो। स्वास्थ्य बीमा बोर्ड लुम्बिनीका प्रमुख  साउदका अनुसार कुल जनसंख्याको २१दशमलब ३३ प्रतिशतमात्र लुम्बिनीमा बिमीत भएको बताउनु भयो। उहाँले बीमामा समस्यै समस्या रहेको बताउनु भयो । के के अभाब रहेको छ…

स्वास्थ्यबीमा बोर्डको आचार संहिता : सामाजिक सञ्जाल देखि मोबाइल प्रयोगसम्म रोक

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले बोर्डमा कार्यरत कर्मचारीहरुका लागि आचार संहिता जारी गरेको छ। बोर्डले बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आचार संहिता जारी गरेको जनाएको छ। बोर्डको शुक्रबार बसेको बैठकले बोर्डका पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गर्ने निर्णय गरेको हो।बोर्डले जारी गरेको आचार संहिता अनुसार अब बोर्ड तथा जिल्लास्थित कार्यालयका कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन्यस्तै बोर्डको दावी व्यवस्थापन शाखा र सूचना प्रविधि शाखाका कर्मचारीहरुले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग गर्न पाउने छैनन्। यस्तै, बोर्डले गरेको अर्को निर्णयमा स्वास्थ्य बीमा बोर्ड…

स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष डा।गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । लोहनीले भन्नुभयो, “यसले राज्यलाई आर्थिक भार कम गर्छ ।” उहाँका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो । बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि…

बीमा बोर्डको आठबुँदे निर्णयः अब बिरामीले तीन महिनाका लागि औषधि पाउने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्वले अस्तव्यस्त बन्दै गएको स्वास्थ्य बीमा कार्यक्रमलाई सम्हाल्ने कोशिश गरेको छ । दुई जना सदस्य सहित गत आइतबार देखि जिम्मेवारी सम्हालेका स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा. गुणराज लोहनी बुधबार बैठक राखेर केही जरुरी महत्वका निर्णयहरु गराएका छन् । बोर्डका सूचना अधिकारी ओमकुमारी कंडेलले बुधबारको बैठकले आठ बुँदे निर्णय गरेको बताईन् । उनले वीमा कार्यक्रम देखिएका समस्याहरुलाई प्राथमिकतामा राखेर निर्णय गरेको बताईन् । कंडेलका अनुसार बोर्ड बैठकले अहिले बढी समस्याको रुपमा रहेको दावी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने देखि सुविधाको थैलीमा पर्ने औषधिको मूल्य…

स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए सपथ

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ लिएका छन्। अध्यक्ष डा गुणराज लोहनी र सदस्यहरु डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सपथ लिएका हुन्। योसँगै बीमा बोर्डले दश महिनापछि अध्यक्ष पाएको छ। बोर्डका यसअघिका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो। रिक्त रहेको अध्यक्षमा मन्त्रिपरिषदले १३ मंसिरमा डा लोहनीलाई अध्यक्षमा नियुक्त गरेको थियो। नवनियुक्त अध्यक्षले स्वास्थ्यमन्त्री कहाँ सपथ लिएपछि मात्र अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउने नियम रहेको छ। सोही अनुसार अध्यक्ष र सदस्यहरुहरुले सपथ लिएर जिम्मेवारी सम्हालेका हुन्। सपथ कार्यक्रममा मन्त्री बस्नेतले अध्यक्ष र…