स्वास्थ्यसमाचार समायोजन सूची सार्वजनिक गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीलाई पदस्थापन हुनका लागि चिठी दिइसकेको छैन । तर, बाँकेको एक गाँउपालिकाले भने आफ्ना एक जना कर्मचारीलाई समायोजनमा परेको भन्दै रमाना दिएर विदा गरेको छ । उता रमाना लिएर गएको कार्यालयका अधिकारीले पनि निजलाई हाजिर गराउनु भनि फाँटवालालाई आदेश दिएका छन् ।समायोजनमा गडबडी भएपछि सामान्य प्रशासन मन्त्रालयले चैतको अन्तिम साता सूचना प्रकाशित गरी ५ बैशाखसम्म गुनासो राख्न स्वास्थ्यकर्मीहरुलाई भनेको थियो । सो अवधीमा १३ हजार बढी गुनासा दर्ता भएका छन् । अहिले सामान्य र स्वास्थयका कर्मचारीहरुले त्यहि…