स्वास्थ्यसमाचार/ भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई एककरोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानले कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतको उपस्थितिमा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक…
नर्सिङ
पुतलीबाट लाग्ने ’सापु’ रोगबाट सुरक्षित रहन गुल्मी प्रशासनको आग्रह
स्वास्थ्यसमाचार/ पुतलीबाट लाग्ने ’सापु’ रोगको संक्रमबाट सुरक्षित रहन गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीलाई आग्रह गरेको छ ।शुक्रबार जिल्ला प्रशासन गुल्मीले पहाडी भेगका विभिन्न स्थानहरूमा आँखामा हुने एक प्रकारको डरलाग्दो ’सापु’ रोग सर्ने भएकाले सेतो पुतलीको प्रकोप बढदो क्रममा रहेकोले सबैलाई सचेत रहन सूचना जारी गरेको छ । सेतो पुतलीको प्रकोपबाट आँखामा गम्भीर रोगहरू फैलने सूचनामा उल्लेख छ । ’पूर्ण रुपमा आँखाको ज्योति गुम्नेसमेत खतरा हुन सक्छ, यस्ता खालका पुतलीबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन आवश्यक सतर्कता अपनाउनुहुन सम्पूर्ण जिल्लाबासीलाई अनुरोध छ,’ सूचनामा भनिएको छ । सापु कस्तो रोग हो?…
कोरोना खोपलाई ५ अर्ब,बैठक र भ्रमण भत्ताको बजेट कटौती
स्वास्थ्यसमाचार/सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा…
मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिइने
स्वास्थ्यसमाचार/सरकारले मिर्गौला, पक्षघात र क्यान्सरका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार संसदमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । प्रतिस्थापन बजेटमा मिर्गौला प्रत्यारोपण गरेका बिरामी, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।
कोरोना सङ्क्रमण दर ११ प्रतिशतभन्दा तल झर्यो
स्वास्थ्यसमाचार/ पछिल्लो २४ घन्टामा थप एक हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार आठ हजार आठ सय ९८ पिसिआर विधि र तीन हजार ४६ एन्टिजेन विधिबाट परीक्षण गर्दा थप एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक हजार आठ सय ४५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ७४ हजार पाँच सय ८७ जना पुगेको छ…
कोभिड खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं :डब्लुएचओ
स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई कोभिडको खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गर्न अपिल गरेको छ । सम्मेलनको तेस्रो दिनको बैठकमा सङ्गठनले हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको हो । ‘महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगहरूको जोखिम बढिरहेको छ,’क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा। पूनम खेत्रपाल सिंहले भने, ‘यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भएता पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ,…
तिलोत्तमाका ५सय बढी बिद्यार्थी भएका संस्थागत बिद्यालयमा नर्स अनिवार्य
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिका भित्रका विद्यालयमा ५०० बढी बिद्यार्थी भएका ले एकजना नर्स अनिबार्य राख्नुपर्ने भएको छ। नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय संचालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र ५०० भन्दा बढी विद्यार्थी संख्या भएका संस्थागत विद्यायलहरुले अनिवार्य रुपमा एक जना नर्स विद्यालयमा राख्नु पर्ने प्रशासकीय अधिकृत पौडेलले बताए । यस्तै नगरभित्रका बिद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् ।संकट व्यवस्थापन केन्द्रको बैठकले नगरभित्रका असोज ४ गतेदेखि कक्षा १ भन्दा माथिका कक्षाहरु भौतिक रुपमा नै सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्नका लागि अनुमति दिने निर्णय भएको…
गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु
स्वास्थ्यसमाचार /गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम सुरु भएको छ। तम्घासस्थित अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे/भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा सम्झौता गरेको छ। सम्झौता अनुसार दुई वर्षभित्र अस्पताल निर्माणको काम सम्पन्न गर्नुपर्नेछ। अस्पताल निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत् आयोजना कार्यान्वय हुनेछ। कुनै अवरोध नभए सम्झौता अगावै अस्पताल निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीका साइड इन्चार्ज विष्णु घिमिरेले बताए। उनले एक महिनादेखि फाउण्डेशन निर्माणको काम भइरहेको जानकारी दिए। गुल्मी अस्पताल स्थापना भएको करिब चार दशकदेखि जीर्ण र साँघुरो संरचनाबाट सेवा प्रवाह गर्न…
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय बैठकमा कोभिड खोप र स्वास्थ्यमा सर्वव्यापी पहुँच मुख्य एजेण्डा
स्वास्थ्यसमाचार /नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त सत्रमा हुने छलफल र नेपालले पेश गर्ने एजेन्डाबारे जानकारी गराए । ११ वर्षपछि नेपालले अध्यक्षता गर्ने बैठकमा कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाम, खोपको आपूर्ति, गैरकोभिड रोगहरुविरुद्ध जुध्ने रणनीति तथा योजना, सन् २०२३ सम्म दादुरा र रुबेला हटाउने प्रतिबद्धता लगायतबारे छलफल हुने जानकारी गराए । यसअघि पारित भएका एजेन्डाको कार्यान्वयन र चुनौतिविरुद्ध लड्ने साझा लक्ष्यबारे पनि छलफल हुने भएको…
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने
स्वास्थ्यसमाचार/पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको १ करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ । तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ । जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका…