स्वास्थ्यसमाचार/ कोरोना भाइरस (कोभिड–१९) महामारीका विरुद्ध उपचारत चिकित्सकहरुले स्वास्थ्य सामग्रीको जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् । राष्ट्रिय चिकित्सक संघमा आवद्ध यहाँका चिकित्सकहरुले मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्तु प्रान्तसंगको सहकार्यमा जुटाएको स्वास्थ्य सामग्री मंगलबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी शाखाले प्रदेश पाँच सरकारको समाजिक विकास मन्त्रालयलाई मंगलबार हस्तान्तरण गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाइदिन आग्रह पनि गरेको छ । कोभिड–१९ का विरुद्ध संघर्ष गरिरहेको प्रदेश ५ सरकारलाई बिभिन्न राहत सामाग्री पठाएको थियो । मन्त्री सुदर्शन बराललाई कान्तु प्रतिनिधि डा.होङ हाङ, चिकित्सक संघका…
औषधीका-कुरा
प्रतिमान नीमा प्रतिष्ठान द्धारा लुम्बिनी र भीम अस्पताललाई पिपिई प्रदान
स्वास्थ्यसमाचार/ प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई ५-५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ । प्रतिष्ठानले दुईवटै अस्पताललाई पीपीई ५ थान, फेस सेल्ड (हेल्मेट), ५ थान, पञ्जा ५ जोडा, स्यानेटाइजर २० पिस र बुट ५ जोडा उपलब्ध गराएको प्रतिष्ठान कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर के.सी.ले लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. राजेन्द्र प्रसाद खनाल र भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री…
तिलोत्तमामा मृगौलाको डायलाइसिस सेन्टर स्थापना हुने
स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा नेपालकै सबैभन्दा बडी क्षमता र सुविधासम्पत्र मृगौलाको डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ । तिलोत्तमा नगरपालिकामा स्थापना गरिने उक्त सेन्टरमा ७५ वटा डायलाइसिस मेसिन जडान गरिने छ । बिगत पा“च वर्षदेखि मृगौलाका बिरामीहरुको उपचार र डायलाइसिस गर्दै आएको अस्पतालले हाल २० वटा मेसिनबाट चौबीसै घन्टा सेवा प्रदान गरिरहेको छ । अस्पतालमा रुपन्देहीका मात्र नभई नवलपरासी, कपिलबस्तु, अर्घाखाची लगाएतका जिल्लाबाट समेत डायलाइसिस गर्नुपर्ने बिरामीहरु आउने गर्दछन ।टाढाबाट आउनुपर्ने बिरामीहरुलाई रातिको समयमा डायलाइसिस सेवा लिन आउन र जान समस्या भएकोले तिलोत्तमामा नया“ डायलाइसिस सेन्टर…
तिलोत्तमामा कोरोनाको कारण रोकिएको नियमित खोप भोलीबाट सुरु हुँदै
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोनाको कारण रोकिएको नियमित खोप कार्यक्रम भोली अर्थात् शुक्रबारबाट सुरु हुने भएको छ । आधारभूत स्वास्थ्य सेवाको रुपमा रहेको नियमित खोप कार्यक्रम भोलीबाट पुनः सुचारु हुने नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए। संघीय सरकारको निर्देशनअनुसार कोरोनाको कारण गत महिना तिलोत्तमामा नियमित खोप कार्यक्रम रोकिएको थियो । गत महिना नियमित खोप लगाउने पालोमा रहेका तथा यसबीचमा जन्मिएका बालबालिकाले भोलीबाट सुरु हुने कार्यक्रममा खोप लगाउने उनको भनाइ छ । भोलीबाट सुरु भएर वैशाख २३ गतेसम्म चल्ने कार्यक्रममा नियमितरूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस,…
पीपीई लगाएर बुटबलमा छ हजार बालबालिकालाई खोप लगाइँदै
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले प्रतिकोरोनाको प्रभावकारी अभियान संगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरेको छ । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ । बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ । कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी संगै थप सुरक्षाको उचित प्रवन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ । बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि…
पत्रकारलाई ओैषधी व्यवसायी संघ रूपन्देहीद्वारा स्वास्थ्य सामाग्री
स्वास्थ्यसमाचार /कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेका बेला पनि फिल्डमा खटिएका रूपन्देहीका पत्रकारलाई ओैषधी व्यवसायी संघ रूपन्देहीले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण सबैजसो नेपालीको दैनिकी घरभित्रै सिमित भैरहँदा समेत दिनरात आफ्नो कर्तव्य पुरा गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि संघले मास्क, स्यानिटाइजर र पन्जा प्रदान गरेको हो । संघले दैनिक रिपोर्टिङको लागि फिल्डमा नगई नहुने एकसयजना पत्रकारको लागि पुनः प्रयोग गर्न सकिने मास्क सेनिटाईजर र पन्जा वितरण गरेको हो । बुधवार बुटवलमा आयोजित कार्यक्रममा ओैषधी व्यवसायी संघका अध्यक्ष सुरज भट्टराइले सामाग्री प्रदान गर्दै जोखिम मोलेर…
लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने
स्वास्थ्यसमाचार/ लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने भएको छ ।स्वास्थ्य सेवा विभागले पत्र पठाएर ७ वटै प्रदेश स्वास्थ्य निर्देशनलाय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई मार्गदर्शनमा व्यवस्था भएअनुसार नियमित खोप सेवा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ । विभागले खोप सेवा सञ्चालन मार्गदर्शनअनुसार नियमित खोप सुचारु गर्न व्यवस्था गर्न भनेको छ । मार्गदर्शनमा सामाजिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन हुने नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षाको व्यवस्था कुरा समेटिएका छन् । यस्तै, उक्त मार्गदर्शनमा लक्षितसबैबालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने, खोप सेवा…
बाल मृत्युदर बढ्ने जोखिमपछि खोप कार्यक्रम पुन: सञ्चालनमा ल्याइने
बीबीसी /कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेको बालबालिकाहरूको खोप कार्यक्रमलाई पुनस् सञ्चालन गर्न लागिएको अधिकारीहरूले बताएका छन्। तर दादुरा र रुबेलाका लागि सञ्चालन गरिएका विशेष कार्यक्रम भने लकडाउन खुलेपछि मात्रै अगाडि बढाइने बताइएको छ।खोप लगाउने कार्य नियमित गर्न नसकिए ठूलो स्रोतसाधन परिचालन गरेर कम गरिएको बाल मृत्युदर प्रभावित हुने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्। निर्देशन कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण विभिन्न क्षेत्र जस्तै बालबालिकाहरूलाई नियमित रूपमा दिइनुपर्ने खोप कार्यक्रम पनि प्रभावित भएको अधिकारीहरू बताउँछन्।६ लाख २० हजार बालबालिकालाई…
कोरोना भाइरस विरुद्धको प्रतिरोधात्मक खोप एक हप्तामा आउने
लुइभेल, केन्टकी / ह्वाइट हाउस कोरोना टास्क फोर्सका वरिष्ठ सदस्य तथा अमेरिकाको सरुवा रोगका विशेषज्ञ डा एन्थोनी फोसीले कोरोना भाइरस विरुद्धको खोप एक साताभित्र आउने वताएका छन् । यो खोप कोरोना संक्रमितहरुका लागि उपचार खोप नभएर कोरोना संक्रमण हुन नदिनका लागि शरिरमा प्रतिरोधात्मक शक्ति वृद्धि गर्न दिइने खोप हो । सीएनएनको न्यु डे कार्यक्रममा वोल्दै डा।फौसीले सो खोप पहिलो चरणमा अग्रपंक्तिमा स्वास्थ्य सेवामा रहेका स्वास्थकर्मीहरुलाई दिइने पनि जानकारी गराए ।नेपलीजबाट
‘बीसीजी खोप कोरोनाविरुद्ध लाभदायक’
न्युयोर्करनयाँ दिल्ली / वैज्ञानिकहरूले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणविरुद्ध लड्न बीसीजी खोप लाभदायक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । कोभिड–१९ को संक्रमण फैलिएका विश्वका १ सय ७८ देशको तथ्यांकको विश्लेषणका आधारमा अमेरिकाका वैज्ञानिकहरूले उक्त तथ्य पत्ता लगाएका हुन् । सिंगापुरको डुक(नस मेडिकल स्कुलमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि आवश्यक सामग्री विकसित गर्दै एक अनुसन्धानकर्ता। तस्बिरः रोयटर्स उनीहरूका अनुसार क्षयरोगविरुद्धलगाइने बीसीजी खोप नीति अवलम्बन गरेका देशहरूमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर१० गुणा कम छ । क्षयरोगको महामारी फैलिएका तथा जोखिममा रहेका देशका नवजात शिशुलाईबीसीजी खोप दिने गरिएको छ । वैज्ञानिकहरूका…