बुटबलका सर्जिकल पसलहरुमा कालोबजारी मुल्य भन्दा ५ गुणा बढी शुल्क

स्वास्थ्यसमाचार/ बुटवलका सर्जिकल पसलहरुमा आइतवार अनुगमन गरिएको छ । कोरोना महामारी फैलिएसंगै मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सुरक्षाका सामग्रीहरुको चर्को मूल्य लिने गरेको गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको हो ।

औषधी तथा अस्पतालजन्य वस्तुका सप्लायर्सहरुले मास्क तथा सेनिटाइजरको चर्को मूल्य लिनुका साथै कृतिम अभावसमेत श्रृजना गर्न थालेपछि अनुगमन गरिएको हो ।

उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा सर्जिकल सप्लायर्सहरुले सामानमा चर्को मूल्य लिने गरिएको पाइएको थियो ।

अनुगमन समितिले बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गरेको थियो । त्यस्तै केहि औषधी सप्लायर्स भने अनुगमन समिति आउने थाहा पाएपछि बन्द गरिएका थिए । अनुगमनको क्रममा औषधी पसलमा मास्क तथा सेनिटाइजरको मूल्य चर्को लिने गरेको पाईएको उपप्रमुख आचार्यले वताईन ।

व्यापारीहरुले सामान खरिद गरेर लिएको मूल्यभन्दा धेरै नाफा खाएको पाइएपछि पहिलोपटकलाई सचेत बनाएर छोडिएको आचायले वताईन ।

पहिलोपटकलाई सम्झाएर छोडिएको र फेरिपनि चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने उनले वताईन ।

उपप्रमुख आचार्यसंगै वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उपभोक्ता हित संरक्षण मन्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठक, बुटवल उपमहानगरपालिका बरिष्ठ अधिकृत भुवाप्रसाद लुइंटेल, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरलगायतको टोलीले अनुगमन गरेको थियो ।

सम्बन्धित शिर्षक :