रुपन्देहीमा कोरोना निको पार्ने आयूर्वेद औषधी बन्यो, १सय ३८ संक्रमित निको भएको दावी

स्वास्थ्यसमाचार /भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए । डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधिको गोली तयार पारेका उनको भनाइ छ । चीनको वुहान प्रान्तमा कोरोना भाइरसका…

बुटवलमा सर्पदंश सम्वन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा मंगलवारदेखि बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा सर्पदंश सम्वन्धी तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमका बिच सामाजीक बिकास मन्त्री सुदर्शन बरालले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले सर्पदंशको केसमा प्राथमिक उपचार नपाउदा मृत्यु हुने विरामीको संख्या वढि रहेको वताए । उनले सर्पदंश सम्वन्धी ग्रामिण क्षेत्रमा जनचेतना जगाउन आवश्यक रहेको समेत बताए । खास गरी तराईका जिल्लामा वर्षादको समयमा सर्पदंशका केशहरु वढि आउने हुदा स्वास्थ्य केन्द्र, सर्पदंश उपचारकेन्द्र तथा अस्पतालहरुमा हुदा एन्टीभेनम लगायतका औषधीको कमी हुन नदिने मन्त्री बरालले बताए । उनलेसाधारण…

सामाजीक सेवाईकाले दियो १ बर्षमा ५८ सय नागरिकलाई ८७ लाखको निशुल्क सेवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सामाजीक सेवा ईकाईले गरिब अतिविपन्न जेष्ठनगारिक तथा असाहय लैगीक हिसा पिडित मानबसेवा आश्रममा आश्रीत गरि ५ हजार ९ सय ४८ जनाले निशुल्क सेवा लिएका छन । सामाजीक सेवा ईकाई प्रमुख नेत्र प्रसाद आर्चायले दिएको जानकारी अनुसार अस्पतालमा बिभिन्न जाचतर्फ ३३ लाख ७९ हजार ३ सय ३८ रुपैया र औषधी तर्फ ५० लाख ५७ हजार ४ सय ४६ रुपैया बराबरको निशुल्क औषधी बितरण गरिएको बताए । त्यस्तै सामाजीक सेवा ईकाले गरिब अतिविपन्न जेष्ठनागारिक तथा असहय लैगीकहिसा पिडित अपागलाई उपचारमा आएका लागी खाना तर्फ १ लाख २९ हजार…

रुपन्देहीमा रोटा भाईरसको खोप वच्चालाई खुवाएर उदघाटन

स्वास्थ्यसमाचार /रुपन्देहीमा नयाँ खोप रोटा भाईरस संगै सरसफाई प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले तिलोत्तमा नगरपालिकाको मधवलिया स्वास्थ्य चौकीमा नयाँ खोप रोटा भाईरस बच्चालाई मुखमा थोपा खुवाएर उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै सामाजीक बिकास मन्त्री सुदर्शन बरालले हरेक बालबालिकाको पहुचमा रोटाभाईरसको खोप र हरेक आमाहरु लाई पुर्णसरसफाई बारे जानकारी गराईने बताए ।नेपालमा अरु नियमित खोप संग यो खोप पनि भएको मन्त्री बरालले बताए । तिलोत्तमा नगरपालिका प्रमुख वासुदेब घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५का स्वास्थ्य निर्देशक डा बिनोद गिरी जिल्ला समन्य समितिका…

तिलोत्तमा नगरपालिकामा खुल्ला ब्यायमशाला बन्ने

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा खुल्ला व्यायमशाला निर्माण हुने भएका छन् । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भैरहेको बेला तिलोत्तमाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायमशालाको अवधारणा ल्याएको हो । केही दिनभित्र वडा नं. ८ दीपनगर चोकमा पहिलो खुल्ला व्यायशाला निर्माण हुनेछ भने अन्य स्थानमा क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ । दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामाग्री तथा उपकरणहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देश डा. बासुदेव उपाध्यायले शनिबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई व्यायमशालामा आवश्यक सामाग्री हस्तान्तरण गरे । शारीरिक व्यायमको लागि चाहिने…

यूएनएफपिएद्धारा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रजनन स्वास्थ किट हस्तान्तरण

स्वास्थ्यसमाचार /कोभिड १९ को परिपेक्षमा प्रजनन स्वास्थ्य सेवाको निरन्तरता लागि यूएनएफपिए (UNFPA) बुटवल कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको माग अनुसार प्रजनन स्वास्थ्य किटहरु उपलब्ध गराएको छ। प्रजनन सेवा , प्रसुती सेवा संचालन गर्नकोलागी प्रजनन स्वास्थ्य किटहरु (RH kit 3, RH kit 6B, RH kit 8, RH kit 9) उपलब्ध गराएको छ। UNFPA बुटवल कार्यालयका प्रमुख राम थापाले उक्त सामग्रीहरु लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनाललाई हस्तान्तरण गरेका छन । हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई , प्रसुती बिभाग प्रमुख डा. श्रीधर आचार्य , अस्पताल स्टोरका इन्चार्ज…

रोटा भाइरसविरुद्ध खोप शुरु गर्नु अघि रुपन्देहीका स्वास्थ्यकर्मिलाई तालिम

स्वास्थ्यसमाचार  /सरकारले साउन देखी झाडापखाला बिरुद्धको खोप दिने भएको छ ।नियमित खोपमा रोटा भाइरस विरुद्धको खोप थपिने भएपछि अव नेपालमा नियमिति खोप १२ पुगेको छ । रुपन्देहीमा यो खोप लगाउनु पुर्व स्वास्थ्यकर्मिलाई तालिम दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए। जिल्लामा रहेका ६९ वटा स्वास्थ्य संस्थाका प्रमुख १६ स्थानिय तहका प्रमुख र लुम्बिनी प्रादेशीक अस्पताल र भिम अस्पतालका खोपईन्र्चाज लाई तालिम दिने र उनीहरुले आफनो पालिकामा गएर खोपलगाउने स्वास्थ्यकर्मिलाई तालिम दिने शर्माले बताए । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले अहिले दिने रोटाभाईरसको…

राष्ट्रिय चिकित्सकसंघ द्धारा कोभिडका बिरामीलाई पौस्टिक आहार

स्वास्थ्यसमाचार /नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाले कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीका लागि स्वास्थ्यबर्धक पौस्टिक खाद्यान्न हस्तान्तरण गरेको छ। कार्यक्रममा नेपाल राष्ट्रिय चिकित्सक संघ शाखाका अध्यक्ष डा. समीर आचार्य, उपाध्यक्ष डा. प्रकाश बस्नेत, महासचिव डा. सागर न्यौपाने, केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली, लुम्बिनी शाखा केन्द्रिय सदस्य डा. रुद्ध भण्डारीले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्षसुर्य बहादुर भट्टराई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल र स्टोर प्रमुख बबीत बजीमय लाई हस्तान्तरण गरे । स्वास्थबर्धक पौस्टिक खाद्यान्न च्यावनप्राश, हर्लिक्स, पौस्टिक झोल आदि हाल धागो कारखानास्थित कोरोना…

कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा परीक्षण सफल

सिएनएन /कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ । मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड  १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने कम्पनीले जनवरीको शुरुतिर आम उपभोक्तासमक्ष खोप ल्याउनसक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् । यो प्रारम्भिक परिणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो सङ्ख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन भनेर गरिएको थियो । परीक्षण परिणामलाई अमेरिकाको नेशनल इन्ष्टिच्युटले समीक्षा गर्नुका साथै मेडकल जर्नलमा प्रकाशित गरेको हो । खोप विकासमा लागेको…

कोरोनाभाइरस भ्याक्सिनः अक्सफोर्ड युनिभर्सिटीले पायो ठूलो सफलता

बीबीसी/अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको निष्कर्ष निकाले ।   अब यो भ्याक्सिनको ट्रायल मानिसमाथि चलिरहेको बताइएको छ । साथै केही अन्य वैज्ञानिकमार्फत् भविष्यमा यसको रिभ्यू गरिने पनि जानकारी दिइएको छ । बेलायतको औषधी निर्माता AZN.L ले अघिल्लो महिना आफूले अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका अनुसन्धानकर्तासँग मिलेर कोरोनाभाइरसको भ्याक्सिनमाथि काम सुरु गरेको जानकारी दिएको थियो । बाँदरमा ट्रायलः अनुसन्धानकर्ताले आफ्नो रिपोर्टमा…