स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ र वृक्षरोपण

स्वास्थ्यसमाचार /बुटवल १२ मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ढवाहामा केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथा टोलविकास संस्थाका अगुवाले सरसफाइ गर्दै वृहत् वृक्षरोपण गरेका छन् । वडाका जनप्रतिनिधि, स्थानीय तथा प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरसफाइ गर्दै विभिन्न फलफुलका बिरुवा रोपिएको जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यले जानकारी दिए । सरसफाइ कार्यक्रमका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यको संयोजनमा भएको कार्यक्रममा वडा सदस्य गंगादत्त पौडेल, जनस्वास्थ्य अधिकृत मोहन मिश्र, टोल विकास संस्थाका अध्यक्ष नन्दलाल सुवेदी, स्वास्थ्यकर्मी तथा कर्मचारी र महिला स्वयमसेविकाहरुले सामूहिक रुपमा सरसफाइ र वृक्षरोपण गरेका थिए । स्वास्थ केन्द्र रहेको खाली परिसरमा…

लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेमध्ये १० प्रतिशत २० वर्ष मुनिका

स्वास्थ्यसमाचार /नेपालमा हुने जम्मा गर्भवती संख्या मध्ये ५ लाख भन्दा बढी अनिच्छित हुने गरेको देखिएको छ। सुरक्षित गर्भपतन र मिडियाको भुमिका बिषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो। सुनौलो परिवार नेपालको सहयोग र हेल्थ टुडेको सहकार्यमा भएको कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका सुचना अधिकृत भेषराज शर्माले बर्षमा १२ लाखको हाराहारीमा महिलाहरु गर्भवती र मध्ये जसमध्ये ५ लाख ३९ हजार अर्थात ४५ प्रतिशत गर्भ अनिच्छित हुने वताए । सरकारी तथ्यांक अनुसार एक चौथाई अर्थात १ लाख २८ हजार अनियोजित जन्म हुन्छ। दुइ तिहाइ अर्थात ३ लाख ५१ हजार गर्भपतन हुन्छ भने…

सात प्रदेश मध्ये लुम्बिनी प्रदेश मातृ मृत्युदरमा अग्रस्थानमा

स्वास्थ्यसमाचार/असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिलाको संख्या लुम्बिनी प्रदेशमा बढी देखिएको छ । असुरक्षित गर्भपतनका कारण नेपालमा एक लाखमा १५१ जना महिलाले ज्यान गुमाएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै एक लाखमा २०७ जनाले ज्यान गुमाएको नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक छ । सोसाईटी अफ हेल्थ केयर जर्नालिष्ट र हेल्थ टुडे मिडियाले शुक्रबार बुटवलमा आयोजना गरेको असुरक्षित गर्भपतन र सुधारमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले गर्भपतन गराउनेको संख्या पनि लुम्बिनी प्रदेशमा बढी रहेको जानकारी गराउनु भयो…

सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन सेवा संचालन गर्ने स्वास्थ्य संस्थाका स्टाफ नर्सहरुका लागि ५ दिने तालिम संचालन गरेको छ । नेपालगन्जको भेरी अस्पतालमा संचालित तालिमका सहभागीहरुलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा उर्मिला अर्याल, डा। नवीन बुढाथोकीले प्रशिक्षण दिएका थिए । तालिममा बाँके बर्दिया र दाङका विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरु सहभागी भएका छन् । नेपाल सरकारले सन् २००२ देखि सुरक्षित गर्भपतन सेवालाई कानुनी रुपमा मान्यता दिएको थियो । औषधिद्वारा गरिने गर्भपतन सेवा सन् २००९ देखि सुरू भएको हो । यो सेवा अहिले लुम्बिनी…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो

स्वास्थ्यसमाचार/अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको आज मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।…

लुम्बिनीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रोडम्याप तयार गरिदै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशको नेतृत्व गर्ने गुणस्तरिय प्रयोगशालाको रुपमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई विकास गर्नुपर्ने बताउनु भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशलाको पञ्चवर्षिय कार्ययोजनामाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशमा आउदा दिनमा देखिन सक्ने रोगको समेत परिक्षण गर्न सक्ने प्रयोगशाला निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । मन्त्री खनालले त्यस्का लागी स्पष्ट खाका तयार पारेर निश्चित समय भित्र परिणाम देखिने गरि काम गर्ने लक्ष्यका साथ योजना निर्माण गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेश मन्त्रालय आफैले परिक्षण गर्ने मात्र नभई प्रदेश भित्रका अन्य प्रयोगशाला मापदण्ड अनुसार…

नबलपरासीमा सर्पदंश उपचार केन्द्र, ‘नाम छ, उपचार छैन’

स्वास्थ्यसमाचार/नवलपरासीको सरावल–१ का उत्तम चौधरीलाई गत शनिबार सर्पले टोक्यो । चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल–११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्रतर्फ लगे । केन्द्र आउन करिब पाँच सय मिटर बाँकी रहँदा फोन सम्पर्कबाट उपचार केन्द्रमा ‘एन्टी स्न्याक भ्यानम’ नभएको जानकारी पाए । उत्तम र उहाँका आफन्त अत्तालिए, त्यत्तिकैमा एम्बुलेन्स चालकले एम्बुलेन्स फर्काएर बुटवलतर्फ कुदाए । उहाँ मात्र होइन सुनवल–११ जर्गाहाकै ४१ वर्षीया रेनुका चापागार्इंलाई गत आइतबार सर्पले टोक्यो । चापागाईंका छिमेकीले वडा अध्यक्ष कमल चुवाईलाई तत्काल खबर गरे । चुवाईले आफ्नै वडामा रहेको नेपाल प्रहरी…

नर्भिकमा उपचारका क्रममा प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो। प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले दाहालको निधन भएको जानकारी दिएको छ। ‘उहाँ ९सीता दाहाल०को निधन भएको भनेर चिकित्सकले परिवारलाई जानकारी दिइसकेका छन्,’ स्रोतले भन्यो। चिकित्सकहरुका अनुसार दाहालको बुधबार बिहान ८स्३३ बजे निधन भएको हो।

कपिलवस्तुमा सर्पको डसाइबाट दुईबालक सहित चार जनाको निधन

स्वास्थ्यसमाचार /कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ ।सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो ।त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको…

बसाइ सराइलाई व्यवस्थित गर्न आवश्यक:स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजनन दर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरूपमा गइरहेकोसमेत बताए ।‘जनसङ्ख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ’, उनले जारी गरेको सन्देशमा भनिएको छ । मन्त्री बस्नेतले राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालको जनसङ्ख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा…