इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर: परराष्ट्र मन्त्रालय

स्वास्थ्यसमाचार/इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ

समयसीमा तोकेर काम गर्न स्वास्थ्य मन्त्री राजु खनालको निर्देशन

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरि काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनु भएको छ । मन्त्रालयमा भएको कर्मचारी सहितको बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरि समयसीमा तोकेर काम गर्न आग्रह गर्नु भयो । चालू आर्थिक वर्षदेखि सुरू हुने गरि मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लगी आबश्यक केही कार्यविधि अझै सम्म नबनेको प्रति असन्तुष्टी ब्यक्त गर्दै स्वास्थ्य मन्त्री खनालले सबै कार्यविधि तीन दिन भित्र बनाइसक्न निर्देशन दिनुभयो । जिम्मेवारीमा रहेका काम समयमै सम्पन्न गर्नुस, कुनै पनि काम पेण्डिङमा नराख्नु, यहाँ काम गर्ने मन छैन भने भन्नुस् अन्यत्र जाने ब्यबस्था…

पाल्पामा डेंगु नियन्त्रण सम्बन्धि जनप्रतिनिधि संग अन्तरक्रिया

स्वास्थ्यसमाचार/पाल्पा जिल्लामा डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीसंग अन्तरक्रिया सुरु भएको छ सुरु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर बर्न डिजिज शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले डेंगीको अवस्था, जोखिम क्षेत्र, सचेत हुनुपर्ने विषयहरु, रोकथामका उपाय, अपनाउनुपर्ने साबधानीलगाएतका विषयमा सहजिकरण गर्नुभएको छ । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाको सहजिकरणमा सञ्चालन भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरिले सबै सचेत भएर योजना बनाएर काम गरे मात्र डेंगी रोग नियन्त्रणमा आउन सक्ने बताउनुभयो । कार्यक्रममा युनाईटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज लगाएत अन्य संस्थाका प्रतिनिधीहरुले…

आम्दा अस्पतालमा ११ लाख लागतमा निर्मित पिउने पानी टंकीको उद्घाटन

स्वास्थ्यसमाचार/बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पुनःनिर्माण गरिएको खानेपानी टंकी उद्घाटन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ र बुटवल लायनेश क्लवले संयुक्त रुपमा पुनःनिर्माण गरेको खानेपानी टंकी बिहिबार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले उद्घान गर्नुभएको हो । खानेपानी टंकीको उद्घाटन गर्दै पूर्वअध्यक्ष वझाले अस्पतालको मुल गेट नजिक रहेको खानेपानीले धेरैलाई फाइदा पुग्ने बताउनु भयो । उहाँले आम्दा अस्पतालमा बुटवल उद्योग बाणिज्य संघको ठूलो योगदान रहेको बताउँदै अस्पतालको विकास र संरक्षणमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आम्दा अस्पतालको विकासमा संघले काम गरिरहेको भन्दै…

चिकित्सा शिक्षा ऐन संसोधन गर्ने तयारी सरकार : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको आयोजनामा दाङको घोराहीमा नेपाल जनसाँख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ को सार्वजनिकिकरण एवं अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०२२, नेपाल स्वास्थ्य क्षेत्र रणनैतिक योजना २०७९/८० र २०८७/०८८ र नेपाल स्वास्थ्य वित्त रणनीति २०७९/८० का बारेमा डा. कृष्णप्रसाद पौडेलले, मातृ मृत्युदरको अवस्था रोकथाम तथा नियन्त्रण सम्बन्धी राशनीलक्ष्मी कार्की र डेङ्गी रोगको अवस्था रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रस्तुती राख्नु भएको थियो । उहाँहरुको प्रस्तुती पछि सहभागि पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुखले आ आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रमलाई…

कपिलवस्तुको बाणगंगा ९मा सर्पले डस्दा दिदी बहिनीको मृत्यु

स्वास्थ्यसमाचार/कपिलवस्तुको बाणगंगा नगरपालिकामा सर्पले डसेका दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । मंगलवार राति अन्दाजी १२ बजे सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताए । बिहान ४ बजेतिर बिस्तारामा सर्प देखिएपछि सर्प दंशको लक्षण देखिएकी इसिकालाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुगाएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । दिदीलाई उपचार गर्दैगर्दा रीतिकामा सर्प दंशको लक्षण…

थाइल्यान्डवाट आएर बुद्धभुमीमा ३२ जनाको नि:शुल्क शल्यक्रिया

स्वास्थ्यसमाचार/बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका ३२ जना आर्थिक विपन्न बिरामीको नि:शुल्क घुँडाको शल्यक्रिया तथा प्रत्यारोपण गरिएको छ । थाइल्यान्डको सिरी राज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको नेतृत्वमा तीन दिनअघि भैरहवा आएको चिकित्सक टोलीले  बिरामीका शल्यक्रिया तथा घुँडा प्रत्यारोपण गरेको हो । शल्यक्रिया तथा उपचारमा सिद्धार्थनगर सिटी अस्पतालका चिकित्सक पनि थाइल्यान्डको टोलीसँग संलग्न थिए । सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार शल्यक्रिया गरिएका बिरामी लुम्बिनी, भैरहवा, कपिलवस्तु, पाल्पा र काठमाडौंका रहेको बताए । ‘बुद्ध जन्मेपछि सात पाइला हिँडेको भनिने पवित्र लुम्बिनी क्षेत्रका बासिन्दा…

दरबन्दी थप्ने उपकरण भने चलेपछि मात्र बजेट : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यसमाचार/संघिय स्वास्थ्यमन्त्री र प्रदेश स्वास्थ्यमन्त्रीले बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षणपछि गर्नु भएको छ। संघिय स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनालले निरीक्षणपछि अस्पतालमा छलफल गरि जनशक्ति, भवन, उपकरण सबैको वारेमा जानकारी लिनु भएको छ। स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालमा दक्ष जनशक्ति थप्न अर्थ मन्त्रालय सहमत भएको बताउदै आबश्यक सहयोगको लागी सरकार तयार रहेको बताउनु भयो। हाले क्यान्सर अस्पतालको अस्थायी दरवन्दी स्वीकृत क्याबिनेटमा गएको जानकारी दिँदै उहाँले आजै निर्णय हुने पनि बताउनुभयो । स्थानीयले मुठि दान गरेर क्यान्सर अस्पताल स्थापना गरेको भन्दै उहाँले यो अस्पताल यहाँका नागरिकको लागि…

भूकम्पपछि बझाङकी मनिषाले चौरमा बच्चा जन्माइन्

स्वास्थ्यसमाचार/भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३स/ २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले  जानकारी दिए । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६/३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो।…

डाक्टर कुट्नेलाई धरौटी होईन सिधै जेल हाल्नुपर्छ :गगन थापा

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए । सम्झौता भएको २४ घण्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको उनले बताए । ‘आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,’ उनले भने । डाक्टरहरूमाथि आक्रमणको घटनाको क्रम तोड्न सरकारले मेडिकल एसोसिएसनसँग…