लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप सेवा विस्तार

स्वास्थ्यसमाचार/बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ । आइतवार विस्तारित स्वास्थ्य सेवा मा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआइसियु (बेड विस्तार) , एसएनसियु सेवा थप गरिएको छ । त्यस्तै बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नु भयो। कार्यक्रममा वोल्दै मन्त्री राजु खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमित्तामा राखेको बताउनु भयो । उहाँले जनताको बिश्वास जितेर बिशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिनुभयो । अस्पताललाई…

गुल्मीमा छत्रकोट गाउँपालिका स्वास्थ क्षेत्रमा उत्कृष्ट घोषित

स्वास्थ्यसमाचार/गुल्मी  आर्थिक बर्ष ७९/८० को समग्र कार्यसम्पादन मुल्यांकनबाट जिल्लाका १२ वटा स्थानीय तह मध्ये छत्रकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा  उत्कृष्ट पालिका घोषणा भएको छ । जिल्ला  स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सम्पन्न वार्षिक समिक्षा गोष्ठीमा छत्रकोट गाउँपालिकालाई जिल्लाको उत्कृष्ट पालिकाका रुपमा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख  द्रोणबहादुर खत्रीले छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , उपाध्यक्ष साबित्रा ज्ञवाली , स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल ,सिनियर अहेव सपना टण्डन, गुल्मीदरवारका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद  अर्याल ,  बिरबास स्वास्थ्यचौकी प्रमुख ईन्दु घर्ति मगर र उत्कृष्ट कर्मचारी नेत्रप्रसाद…

अस्पताल देखी गाउँसम्म नि:शुल्क भिडियो एक्सरे गर्दै पूर्व मेसु खनाल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एबं बरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. राजेन्द्र प्रसाद खनाल निशुल्क सेवा गर्दे अस्पताल देखी गाउँ गाउँमा डुल्दै हिडेका छन। उनी कहिले गुल्मी कहिले रोल्पा कहिले पिपलधारा लगायतका क्षेत्रमा गर्भवती आमाहरु को लागि निशुल्क भिडियो एक्सरे (Anomaly Scan)  सेवा दिदै आएका छन। उनले आफु लामो समय सम्म रेडियोलोजिस्टअर्थात भिडियो एक्सरे गर्दे आएको र अहिले आफु रिटायो भएपछि निशुल्क सेवा दिदै आएको बताए । डा खनाल भन्छन लामो समयको अनुभव र सेवा गर्ने उदेश्यका साथ अस्पताल देखी गाउँ गाउँ सम्म निशुल्क सेवा दिदै आएको छु…

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. प्रकाश बुढाथोकी नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.प्रकाश बुढाथोकीले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार ९२ असोज० मन्त्रीस्तरीय निर्णय गर्दै डा. बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । एघारौँ तहका डा बुढाथोकी अहिले पनि केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट पदमा कार्यरत छन् ।डा. बुढाथोकीले मन्त्रालयको प्रवक्तको जिम्मेवारी पार्ट टाइम जिम्मेवारी भन्दै फुल टाइम काम अस्पतालमै हुने बताए । ‘२ बजेसम्म त म केन्द्रीय कारागार अस्पतालमै हुनेछु । त्यसपछि मन्त्रालयमा गएर काम गर्नेछु,’ उनले भने । सामान्य त मन्त्रालयको प्रवक्ता समन्वय महाशाखाको प्रमुखलाई दिईने गरिन्थ्यो । तर कोभिड (१९ महामारीका…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट फेलोसिप सञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रष्तिठानले एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको छ । यसका बिषयमा जानकारी दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम नै बनाएर अगाडि बढ्नु राम्रो कामको सुरुवात भएको बताए । रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिने किसिमका बिषयबस्तु पनि…

रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालन हुने

स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्ता महाशाखाले रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्नको लागी अनुमति दिएको छ। रोल्पा अस्पतालबाट सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग भए अनुसार यो अनुमति दिइएको ईपिडिमियोलोजी तथा रोग नियन्ता महाशाखाका डा हेमन्त चन्द्र ओझाले बताउनु भयो। रोल्पा अस्पतालका मेसु डा लोक रत्न ज्ञवालीका अनुसार जिल्लामा यो उपचार नभएर समस्या थियो बिभागले अनुमति दिएको छ अब हामी सर्पदंशको उपचार गर्न सक्षम हुनेछौं हाले भन्नु भयो। रोल्पा अस्पतालमा पछिल्लो समय सेवा बिस्तार भएसंगै बिरामीको…

लुम्बिनीमा खकार ढुवानी वाट१४५७ क्षयरोगका विरामीहरु पत्ता लागे

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोग अर्थात टीबीका विरामीहरू पत्ता लगाउनको लागि खकार ढुवानी सेवाको प्रभावकारीता देखिएको छ । प्रदेशका गाउँ गाउँमा रहेका संभावित क्षयरोगका मानिसहरु आफै सहज रूपमा निदान केन्द्र अर्थात प्रयोगशाला सम्म पुग्न सक्ने अवस्था अहिले पनि छैन  र सवै स्वास्थ्य संस्थाहरुमा क्षयरोगको गुणस्तर जाँचको सुविधा उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनका अनुसार उपलब्ध भए सम्म क्षयरोगको संभावित विरामीहरुको जाँच जिन एक्सपर्ट मेसिनमा गर्न सिफारिश गरेको छ जसबाट खकारमा क्याफ्टेरियाको मात्रा तुलनात्मक रुपमा कम भए पनि क्षयरोगको निदान गर्दछ । क्षयरोगको औषधी (Rifampicin ) को पनि प्रतिरोध (Resistant) छ की छैन…

मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्न स्थानिय तहको भूमिका महत्वपूर्ण :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्न स्थानिय सरकारकाले भूमिका महत्वपूर्ण हुने बताउनु भएकाे छ । दाङ जिल्लामा रहेका स्वास्थ्य सँस्था, अस्पताल तथा दस वटै पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा गरेका स्वास्थ्य कार्यक्रमहरूका जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बन्धन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सात प्रदेश मध्ये लुम्बिनी प्रदेश मातृ मृत्यु र कुपोषणमा धेरै पछाडि रहेकाे भन्दै त्यसलाई सुन्नमा झार्ने गरि काम गर्न आबश्यक रहेकाे बताउनु भयाे । मन्त्री खनालले स्थानिय सरकारलाई अबका कार्यक्रम त्यसमा केन्द्रित गर्न आग्रह गर्नु भयाे…

काञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ

कञ्चनपुर/ बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्। हातपातमा पर्ने अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि बुधबार अपरान्ह ईलाका प्रहरी कार्यालय बेलौरीले हातपातमा उत्रिने रामबहादुर खड्कालाई पक्राउ गरेको हो। खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गरेको आरोपमा मुद्धा चलाउने तयारी गरेको छ।यसअघि आफूमाथि हातपात तथा दुर्व्यहार गरेको भन्दै अहेव गैरेले खड्का माथि होस् भन्दै इलाका प्रहरी कार्यालय बेलौरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाएको हो।

कञ्चनपुरमा बिरामीलाई टाँका लगाइरहेका अहेबको घाँटी न्याकियो

स्वास्थ्यसमाचार/कञ्‍चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ। मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका-४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो। उनीमाथि बेलौरी-२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेका हुन्। अहिले दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ। भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ। यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ। केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ। अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन्। उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको…