स्वास्थ्यसमाचार/जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको…
अस्पताल
एएचएफ नेपालको छ महिनामा सम्पन्न गरिएका कामको समिक्षा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एच आइ भी र एड्सको रोकथाम, परीक्षण, उपचार र हेरचाहका लागि सुरु भएको परियोजना एएचएफ नेपालको छ महिनाको कार्यक्रमको समिक्षा गरेको छ।परियोजनाले आगामी कार्यदिशा तय गर्दा आउने समस्या तथा रोडम्यापका वारेमा पनि छलफल गरिएको थियो। कार्यक्रममा एएचएफ नेपाल लुम्बिनी प्रदेश का कार्यक्रम संयोजक धर्मराज भट्टराइले सन् २०२२ नोभेम्बर ११ देखि सन् २०२७ लागू भएको परियोजनाको ६ महिनामा भएको काम र आगामी दिनमा गरिने कामको बारेमा जानकारी गराउनु भयो। परियोजनाले नेपाल सरकारलाई दिगो विकास लक्ष्य तथा राष्ट्रिय एचआईभी रणनीति योजना २०२१/२०२६ ले परिकल्पना नयाँ एचआईभी संक्रमण रोकथाम…
भीम अस्पताललाई अझै राम्रो बनाउने प्रयास गर्दछु : अध्यक्ष डा शर्मा
स्वास्थ्यसमाचार/रुपन्देहीको भैरहवास्थित भीम अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डा.अनन्त कुमार शर्माले अस्पतालको विकासमा राम्रो होस् भन्ने आफ्नो धारणा रहेको बताएका छन् । उनले अस्पताल अझ राम्रो हुनेमा विश्वस्त रहेको बताए । भीम अस्पताल विकास समितिले आइतबार भैरहवामा आयोजना गरेको स्वागत तथा पदस्थापना कार्यक्रममा बोल्दै डा. शर्माले भने, ‘अस्पताललाई सकेसम्म अझै राम्रो पार्ने हो । पूर्वअध्यक्षहरुको पनि सल्लाह लिनेछु । सबैजना सकारात्मक नै हुनुहुन्छ । तपाईहरु सबैको सहयोग पाउने म अपेक्षा गर्दछु ।’ भीम अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट समेत रहेको डा। शर्माले अस्पतालमा डिजिटल एक्स–रे आफ्नो पालोमा आएको बताए । कहिलेकाही…
लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा जीवन वझा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्पताल विकास समितिको अध्यक्षमा समाजसेवी जीवनप्रसाद वझा मनोनित हुनु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ निवासी वझालाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेको हो । अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० को नियम ३ उपनियम १ को खण्ड (क) बमोजिम मन्त्रालयको २०८० कात्तिक २३ गते अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरिएको हो ।
लुम्बिनी प्रदेशका १३ अस्पताल विकास समितिको अध्यक्ष नियुक्त
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्षलाई मनोनित गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरिएको शाखा अधिकृत अमरबहादुर वलीले बताए । उनका अनुसार दुईवटा प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष टुंगो लगाइएको हो । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठलाई मनोनित गरिएको हो । त्यस्तै प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा…
लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना कार्यान्वयन भए स्वास्थ्य सेवा प्रवाह सहज
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्वास्थ्य सेवालाई सहज बनाउन गुरुयोजना कार्यान्वयन गर्नु पर्ने बताईएको छ।प्रदेश सकारले गुरुयोजना कार्यान्वयन नगर्नु सिमित श्रोत र साधनले सेवा उपलब्ध गराउनु पर्दा गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको सरोकारवालाहरुले बताए । युएनडिपीको सहयोगमा चाँदनी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा सहभागीहरुले विगतको तुलनामा लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको उल्लेख गरे । तर, सेवाग्राहीको आकर्षण र चाप अनुसार जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना तयार नहुँदा सेवा प्रवाह अपेक्षा अनुसारको स्वास्थ्य सेवा प्रवाह हुन नसकेको समेत उनीहरुले बताए…
भुकम्प प्रभावित क्षेत्रमा तिलोत्तमाका स्वास्थ्यकर्मी सुत्केरी आमाहरूको सेवामा सक्रिय
स्वास्थ्यसमाचार /तिलोत्तमाका स्वास्थ्यकर्मीको टोलिले आज चौथो भुकम्प प्रभावित क्षेत्र नलगाढ नगरपालिका ४मा ३सय ४० घरका महिला तथा सुत्केरी आमाहरूको सेवामा सक्रिय रहेको छ। महिला तथा सुत्केरी आमाहरूको स्वास्थ्यमा आउने समस्या लाई मध्यनजर गरी अस्थाई टहरा निर्माण र सुरक्षित एवम न्यानो कपडा समेत वितरण गरेको छ। तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत कमल पाण्डेका अनुसार त्यस नगरपालिकामा ३१रहेका सुत्केरी आमाहरू रहेका र ति सबै खुल्ला आकाश मुनि रहेकोले अस्थायी टहरा बनाई सुरक्षित राखिएको बताउनु भयो। तिलोत्तमाको स्वास्थ्यकर्मीको टोली र राहत सहित भुकम्प गएको दोश्रो दिन नै उक्त क्षेत्रमा उद्धारको लागी राहत लिएर हिडेको…
फेरिए भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट
स्वास्थ्यसमाचार/ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन् । हाल कार्यरत डा कृष्णप्रसाद पौडेललाई परिवर्तन गरी स्वास्थ्यमन्त्री मोहन बस्नेतले श्रीराम तिवारीलाई जिम्मेवारी दिएका हुन् । संघअन्तर्गत पर्ने यस अस्पतालमा बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट डा. तिवारीलाई जिम्मेवारी दिएका हुन । हाल कार्यरत मेसु डा. पौडेल १०औँ तहका चिकित्सक हुन् । उनलाई २०७८ साल भदौ १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेसुको जिम्मेवारी दिइएको थियो । हाल डा. तिवारी वीर अस्पतालमा कार्यरत तिवारी ११औँ तहका चिकित्सक हुन् । उनी यसअघि पनि भरतपुर अस्पतालका मेसु भइसकेका थिए ।
डेंगीका मूख्य लक्षण, उपचार र बच्ने उपायहरू
स्वास्थ्यसमाचार/ एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेंगी रोग अहिले प्रकोपको रुपमा देखिएको छ। डेंगीका मूख्य लक्षणहरू -उच्च ज्वरो आउनु -जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु -आँखाको गेडी दुख्नु -बेस्सरी टाउको दुख्नु -शरीरमा राता बिमिराहरू आउनु -वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगीबाट बच्ने उपायहरू: -एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने । -आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने…
भूकम्पबाट घाइतेको उपचार गर्न भेरी अस्पताल पुगे डा.गोविन्द केसी
स्वास्थ्यसमाचार/ डा गोविन्द केसी नेपालगंजस्थित भेरी अस्पताल पुगेका छन्। भूकम्पबाट घाइेहरुको उपचारका लागि डा। केसी आइतबार भेरी अस्पताल पुगेका हुन्। अस्पताल पुगेका केसीले त्यहाा उपचार गराइरहेका बिरामीहरुको रिपोर्ट हेरेर उपचारमा संलग्न भएका छन्।जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६/४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।