लुम्बिनीमा स्वास्थ्य सचिब डा. पन्थीलाई यथावत दुर्गाको नाम हटाइयो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डा जर्नादन पन्थीलाई यथाबत राखिएको छ। केही दिन अघि ‘प्रमाणीकरण’ भएको भनिएको प्रस्तावमा तीन जनाको नाम फेरबदल र एक जनाको कार्यालय परिवर्तनपछि मङ्गलवार पत्र वितरण गरेको हो ।

मन्त्रालयले पठाएको प्रस्तावमा उल्लेखित केही नामावली परिवर्तनपछि मुख्य सचिव डा. बैकुष्ठ अर्यालले आज प्रमाणीकरणको पत्र मन्त्रालय पठाएसँगै पत्र बाँड्न थालिएको एक सहसचिवले बताए ।

दुर्गालक्ष्मी श्रेष्ठको नाम हटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको थियो ।  सरकारले पन्थीलाई स्वास्थ्यमन्त्रालयमा नै यथाबत राखेको थियो।

डा. पन्थीको उमेर हदको कारण भन्ने चर्चा गरिएपनि उहाँको अब १४ महिना जागीर रहेको र उहाँ स्वास्थ्य सचिब भएको ८ महिना मात्र रहेको बताईएको छ

सम्बन्धित शिर्षक :