चट्याङबाट कसरी बच्ने ?

बिजुली चम्केको बेला सतर्क रहनु पर्छ।

1:- फोन, कम्प्युटर, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने।
2:- विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने।
3:- बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने।
4;- सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने।
5:- खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने।
6:- सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने।
7:- धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने।
8:- तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने।
9:- चट्याङ परेको क्षेत्रमा हुनुहुन्छ र सरिरमा असहज हुनेगरी केही चिजले घोँचेजस्तो महसुस भएको छ, आङ जिरिङ भएर रौँ ठडिएको छ भने चटयाङले हान्ने संभावना भन्ने बुझेर तुरुन्तै टाउकोमाथि हात राखेर कुइना र घुँडाले टेकेर घोप्टो पर्नु पर्छ।

सम्बन्धित शिर्षक :