मिति सकिएको औषधीमा नयाँ मिति र मुल्य राखेर विक्री गर्ने तीन पक्राउ

स्वास्थ्यसमाचार/ औषधीमा नयाँ मुल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं  ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधी तथा पोषणयुक्त सामाग्रिको गोदाम गरेर नयाँ मुल्य राखी विक्रि वितरण गरेको आरोपमा नागार्जुन गाउँपालिका वडा नं २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं ११ वैतडीका २६ वर्षीय हरिष भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो । अवैध रुपमा विभिन्न प्रकारका प्रशाधन…

बुटबलमा बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रम

स्वास्थ्यसमाचार/ स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा बुटबलमा बिरामीको सुरक्षा ‘patient  safety ,समिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । लुम्बिनी प्रदेशभित्रका अस्पताल आयुर्वेद अस्पतालका लगायतका क्षेत्रका चिकित्सक नर्स तथा प्यारामेडीक्सहरु लाई उपचारमा आउदा ‘बिरामीको सुरक्षा कसरी हुन्छ भन्ने बिषयमा समिक्षा तथा गरिएको हो।बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा बोल्दै सचिब डा देबकोटाले पछिल्लो समयमा बिरामीहरुको सुरक्षा विश्वव्यापीरुपमा चुनौति बनिरहेको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत मन्त्रालयले लुम्बिनी प्रदेशमा पहिलो पटक यस्तो कार्यक्रम सुरु…

रुद्रवेणी धाममा वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण र औषधी बितरण

स्वास्थ्यसमाचार/  रुद्रवेणी धामका वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी बितरण गरिएको छ। गुल्मीको सत्यवती गाउँपालिका रहेको उक्त शिबिरमा डा.नन्दु पाठक, डा.सुरेश थापा सहितको टोलीले उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए। उक्त शिविरको आयोजना बुटवलका सर्जिकल तथा औषधि व्यवसायी विजय खनाल द्वारा आयोजना गरिएको हो । आयोजकका अनुसार वृद्धवृद्धाहरुका लागिको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी समेत वितरण गरिएको बिजय खनालले बताए । उक्त वृद्धाआश्रममा बिगत १४ वर्षदेखि निरन्तर स्वास्थ्य शिविर आयोजना गरेर वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार र निशुल्क औषधी बितरण गरिदै आएको खनालले बताए।

रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा बृहत स्वास्थ्य शिबिर

स्वास्थ्यसमाचार/ रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा कोटिहवामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। भैरहवाको सिद्धार्थनगर सिटि हस्पिटल प्रा.लिको सहकार्यमा स्वास्थ्य शिविर भएको हो। शिविरमा सिटि हस्पिटलका जनरल फिजिसियन, हाड जोर्नी तथा नशा, बाल रोग, नाक कान घाँटि, छाला तथा गुप्त रोग, मृगौला रोग बिशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।शिविरमा २५० बढीले स्वाथ्य परिक्षण गराएको क्लवका अध्यक्ष पुजन बस्यालले जानकारी दिए। शिबिरमा बालबालिका देखि बृद्धबृद्धासम्मले स्वास्थ्य परिक्षण गराएका थिए। शिविर उद्घाटन गर्दै सिटि हस्पिटलका अध्यक्ष एवं मृगौला रोग बिशेषज्ञ डा. सुवोधकुमार पाण्डेले समय समयमा स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरे।…

मंकीपक्स संक्रमणको शंकास्पद बिरामी टेकु अस्पतालमा भर्ना

स्वास्थ्यसमाचार/ युरोपमा संक्रमणको केन्द्र बनेको मंकीपक्स नेपालमा भित्रिएको आशंका गरिएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा दुबइबाट नेपाल आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । दुबइबाट आएका २६ वर्षिया ती पुरुषमा मंकीपक्स संक्रमणको संका देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनको उपचार भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकीपक्सको शंका गरिएको थियो ।

लुम्बिनी प्रदेश बजेटः स्वास्थ्यलाई विशेष प्राथमिकता के–के छन स्वास्थ्य क्षेत्रका योजना ?

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि लुम्बिनी प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गरे। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार लुम्बिनी प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो अहिले प्रदेश सरकारको अन्तिम बजेट पनि हो। यही वर्ष मंसिर भित्र प्रदेश सभाको निर्वाचन भएर प्रदेशहरूमा नयाँ सरकार बन्नेछ।लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही सुधारका योजना अघि सारेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् स्वास्थ्य क्षेत्र सुधारमा लुम्बिनी सरकारले केही…

बेलायतमा २ हजार नर्स पठाउने तयारी, आगामी साता श्रम सम्झौता हुने

स्वास्थ्यसमाचार/ बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने विषयमा दुवै मुलुकबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। समझदारीको मस्यौदा दुवै मुलुकका प्रतिनिधिसम्मिलित समितिले तयार पारिसकेको बताइएको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको हो। पहिलो चरणमा बेलायतमा २ हजार नर्स पठाउने तयारी रहेको सरकारले जनाएको छ। बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शुक्रबार…

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले मनायो १७ औं स्थापना दिवस

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल को १७ औँ स्थापना दिवसको अबसरमा लुम्बिनी प्रदेश समितीले मानब सेवाआश्रममा रहेका नागरिक लाई खाद्यान बितरण गर्नुको साथै उनीहरुको स्वास्थ्य परिक्षण गरेको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका प्रदेश अध्यक्ष चिन्तामणी ज्ञाबलीको अध्यक्षता राष्ट्रिय स्वास्थ्य कर्मी महासंघका केन्द्रीय सचिब एबं लुम्बिनी प्रदेश ईन्र्चाज खगराज पोख्रेल प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका जिल्ला सदस्य बाबुराम पन्थी लगायको उपस्थित रहेको थियो । मानब सेवाआश्रम रहेका नागरिकलाई उक्त अबसरमा चिकित्सकहरुले स्वास्थ्य पशिक्ष राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका प्रदेश अध्यक्ष चिन्तामणी ज्ञाबलीले बताए।

नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पतालमा ज्ञवाली चयन

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ, लुम्बिनी प्रादेशिक अस्पतालको इकाई समिती चयन भएको छ। नेपाल स्वास्थ कर्मीसंघ केन्द्रिय उपमहासचिव नेत्र बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको भेला तथा अधिवेशनले भिम ज्ञवालीलाई अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा गीता ज्ञवाली, सागर गौतम, सरिता नेपाल, लता श्रेष्ठ, सचिवमा शिव कुंवर सहसचिवमा माधुरी ज्ञवाली, किरण कुमार शर्मा, सर्मिला ज्ञवाली, कोषाध्यक्षमा कमला राना र सदस्यहरुमा तुल्सा बस्नेत, सृष्टि कोईराला, रमेश न्यौपाने, कृष्ण कार्की, शान्ति थापा, सिरुता कार्की, हिरा घिमिरे, जिन्ता राना, वावुराम राना, कविता थापा, लक्ष्मी गैरे, भगवती पान्डे, बिन्दु पान्डे र गिता पन्थ रहेका छन्। लिलाधर…

वैज्ञानिक भन्छन् – मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो

एजेन्सी /अब क्यान्सर निको हुने भएको छ । चिकित्सा विज्ञानले यस्तो औषधिको परीक्षण गरेको छ जसबाट बिरामीले क्यान्सरबाट छुटकारा पाउने भएका छन् । रेक्टल अर्थात् मलद्धार क्यान्सरको उपचारकालागि शुरुवातको परीक्षण सफल भएको छ । सो परीक्षणमा सहभागी भएका १८ जना बिरामीहरु नै क्यान्सरमुक्त भएका छन् । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार एक सानो क्लिनिकल परीक्षणमा १८ जना बिरामीहरुले करिब ६ महिनासम्म डोस्टारलिमाब नामको औषधिको प्रयोग गरेका थिए जसबाट उनीहरुले ट्युमर हराएको पाए । डोस्टारलिमाब प्रयोगशालाद्वारा निर्मित अणुहहरु भएको एक औषधि मानिसको शरिरमा सब्सिटिच्युट एन्टिबडिका रुपमा काम गर्दछ । मलद्धार क्यान्सरका…