स्वास्थ्यसमाचार /स्वास्थ्यकर्मीहरूका लागी कुष्ठरोग सम्बन्धी आधारभुत तालिम समापन गरिएको छ ।स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजनामा बुटबलमा सञ्चालन भएको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।
स्वास्थ्य तालिम केन्द्र लुम्बिनीका निमित्त निर्देशक भुबन कुँवरको अध्यक्षता प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्र बुटबलका निर्देशक डा.राजेन्द्र गिरीको प्रमुख आतिथ्यता तथा स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीको बिशिष्ट आतिथ्यमा तालिम समापन गरिएको हो ।
समापनमा बोल्दै प्रमुख अतिथी डा. राजेन्द्र गिरीले नेपालमा कुष्ठरोग अझै पनि सार्वजनिक स्वास्थ्य समस्या बनेको वताउनु भयो ।रुपन्देही, कपिलवस्तु, र नवलपरासी जिल्लाहरूमा कुष्ठरोगको प्रकोप दर उच्च रहेको बताउदै नयाँ बिरामीहरूको पहिचान र उपचारका लागि स्वास्थ्यकर्मीको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।
डा गिरीले स्वास्थ्य संस्थामा आउनेलाई जनचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षण गराउन लाग्नु पर्ने बताउनु भयो ।रुपन्देही नवलपरासी र कपिलवस्तुमा भारतसँगको खुला सिमाना भएका जिल्लाहरूमा कुष्ठरोगको जोखिम रहेको समेत बताउनु भयो । डा गिरीले छिटो पहिचान, सही उपचार, गर्न सकेमात्र सरकारले लिएको लक्ष्य पुरा हुने बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथी स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नमा गरिने बेवास्ताका कारण कुष्ठरोगको नयाँ बिरामी फेला बढेको बताउनु भयो ।
कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नेतर्फ धेरैको कम चासो देखिएकोले निमुल बनाउन समस्या देखिएको बताउनु भयो ।उहाँले यो रोगले स्नायु प्रणालीमा असर पु¥याइ अंगभंग गराउने र समयमै उपचार तथा नियमित औषधि सेवन गरे पूर्ण रूपमा निको हुने भएको समेत बताउनु भयो ।
तराईका जिल्ला रुपन्देही कपिलबस्तु र नवलपरासीमा प्रति १० हजार जनसंख्यामा १ प्रतिशतभन्दा कम बिरामीको संख्या हुनु पर्नेमा बढी देखिएको बताउनु भयो ।
समापन कार्यक्रममा बोल्दै स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुबन कुबरले आवश्यकताको हिसावले यो तालिम महत्वपुर्ण रहेको वताउनु भयो । यो तालिमले स्वास्थ्यकर्मीहरुलार्ई कुष्ठरोग पहिचान, उपचार, रोकथाम, तथा बिरामीको पुनस्र्थापनाका लागी महत्वपुर्ण रहने बताउनु भयो ।
उहाँले यहाँ सिकेको तालिम ब्यवहारमा लागुगर्न समेत स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो । कुष्ठरोग उन्मूलनको घोषणा भएको १५ भएपनि बिरामीको संख्या बढनु दुखद भएको कुबरले बताउनु भयो ।
तालिमका प्रशिक्षकहरू स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारी र नयाँ जीवनका लागि हातेमालो संस्थाकी अधिकृत तथा प्रशिक्षक संगिता श्रेष्ठ रहनुभएको थियो। तालिम सञ्चालन जनस्वास्थ्य अधिकृत शीतल भण्डारीले गर्नुभएको थियो।
रुपन्देही, कपिलवस्तु, र नवलपरासीका २३ जना स्वास्थ्यकर्मी सहभागी रहेका यस तालिमले स्वास्थ्य क्षेत्रमा कुष्ठरोग नियन्त्रणका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
प्रतिकया दिनुहोस्