लुम्बिनी प्रादेशिक अस्पताललाई ‘टिचिङ हस्पिटल’ का रूपमा विकास गर्नु आवश्यक: स्वास्थ्यमन्त्री डा. शर्मा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले “संघीय सरकारले लुम्बिनी प्रादेशिक अस्पताल जस्ता ठूला अस्पतालहरूको संरचनालाई चिकित्सक उत्पादन गर्ने ‘टिचिङ हस्पिटल’ का रूपमा विकास गर्ने हो भने, देशभर मेडिकल कलेज थप खोल्दै जानुपर्ने आवश्यकता नरहने बताउनु भयो । स्वास्थ्य क्षेत्रको लागी दिगो स्वास्थ्य प्रणालीको यही मार्ग रहने बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन भ्रमणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम यस्तो बताउनु भयो । उहाले लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदान भइरहेका सेवा तथा जनशक्ति व्यवस्थापनबारे प्रत्यक्ष रुपमा जानकारी लिनुभयो। उहाँले बैठक कक्षमा राखिएको विवरण हेर्दै अस्पताल…

स्वास्थ्य मन्त्री डा. शुधा शर्माद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले आज लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको छ । जुकाको औषधी खुवाउने राष्ट्रिय अभियानको उद्घाटनका लागि कपिलवस्तु पुग्नु भएका मन्त्री शर्माले सोही क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पनि निरीक्षण गर्दै अस्पतालका सेवा–सुविधा तथा विस्तारका योजनाबारे जानकारी लिनुभयो। निरीक्षणपछि मन्त्री शर्माले बालबालिका तथा किशोर किशोरीमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने उद्देश्यले टेलिमेडिसिन मार्फत मानसिक रोगहरूको विशेषज्ञ परामर्श तथा उपचार कक्ष संचालनमा आएको जानकारी दिनुभयो।जन्मजात वा जन्मपछि १९ वर्षसम्म देखापर्ने सबै प्रकारका मानसिक स्वास्थ्य समस्या वा मानसिक रोगहरूको परामर्श तथा उपचार सेवा लुम्बिनी…

देशकै ठूलो १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल: १४ महिनामा ३० प्रतिशत भौतिक प्रगति

स्वास्थ्यसमाचार/ निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको निर्माण रफ्तार तिब्रताका साथ अघि बढेको छ । पश्चिम नेपालका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित देशकै ठूलो १ हजार २०० शैया (बेड) को सुविधासम्पन्न अस्पताल प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढेको छ । १४ महिनामा अस्पतालको भौतिक प्रगति ३० प्रतिशत पुगेको पुगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जानकारी दिएको छ । निर्माण कम्पनीले दिन÷रात नभनी सिफ्ट र सेफ्टी मिलाएर धमाधम काम भइरहेको जनाएको छ । आयोजना प्रमुख इन्जिनियर (सिइओ) छविराज पोखरेलले अस्पतालको लागि बजेट अभाव नभए निर्धारित मितिभन्दा अघिनै निर्माण सक्ने दाबी…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पाँच वर्षमै सर्जरी सेवा दोब्बर

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्ला पाँच वर्षमा सर्जरी सेवामा उल्लेख्य वृद्धि भएको छ। अस्पतालका तथ्यांक अनुसार २०७७/७८ आर्थिक वर्षमा ५,९८७ वटा सर्जरी गरिएकोमा २०८१/८२ मा बढेर ९,६७६ पुगेको छ। मेसु डा इन्द्र ढकालका अनुसार अस्पतालले सेवा विस्तार, दक्ष जनशक्ति परिचालन र अत्याधुनिक उपकरण थपसँगै सर्जरी सेवाको दायरा उल्लेख्य रूपमा विस्तार  भएको बताउनु भयो ।हो। “हामीले नयाँ विशेषज्ञ र प्राविधिक स्रोत थपेका छौं, जसले सेवा गुणस्तर र पहुँच दुवै बढाएको छ,” उहाँले बताउनुभयो। अस्पतालले सामान्य देखि जटिल सर्जरीसम्मका सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ। सर्जरी केस मात्र होइन, ओपीडी, इनडोर…

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रतिक्षित एमआरआई मेशिन जडान सुरु

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले वताउनु भयो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताउनु भयो । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको…

लुम्बिनीका अस्पताल: बर्दिया प्रथम,अर्घाखाँची र लुम्बिनीले पछ्याउँदै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल प्रथम अर्घाखाँची अस्पताल दोस्रो र लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका स्वास्थ्य संस्थाहरुको मूल्यांकन नतिजा समेत सार्वजनिक गरिएको थियो । बुधबार सम्पन्न भएको बार्षिक समीक्षा कार्यक्रममा बर्दिया अस्पताल प्रथम हुँदा ६९.७४ प्रतिशत अंकका साथ अर्घाखाँची अस्पताल दोस्रो र ६८.७४ अंकका साथ लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशन लाल चौधरीले बताउनु भयो। यो संगै…

लुम्बिनीका नर्सहरूको आन्दोलन : १२ देखि १८ कात्तिकसम्म २ घण्टा धर्ना

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ (Nursing Association of Nepal – NAN) ले देशभरका नर्सहरूको माग सम्बोधनका लागि सुरु गरेको आन्दोलनमा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सहभागी भएका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिले जारी गरेको विज्ञप्तिमा संघले अघि सारेका मागहरूको समर्थनमा अस्पतालका सबै नर्सहरूले आन्दोलनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल नर्सिङ संघ केन्द्रीय कार्यसमितिद्वारा घोषित आन्दोलनलाई पूर्ण समर्थन गर्दै मिति २०८२/७ /१२ देखि २०८२/७/१८ सम्म दिनको २ घण्टा (१० बजेदेखि १२ बजेसम्म) अति आवश्यक आपतकालीन सेवाबाहेकका अन्य कामहरूमा सहभागिता नहुने जानकारी गराउँछौं…

बिभिन्न मागसहित लुम्बिनी प्रादेशिक अस्पतालका नर्स आन्दोलनमा

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघको आह्वानमा देशभरका नर्सहरूले समान मागसहित आन्दोलन थालेका छन्। त्यसैअनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिको नेतृत्वमा सुरु गरिएको आन्दोलनअन्तर्गत नर्सहरूले अस्पताल प्राङ्गणमै धर्ना दिएका छन्। आन्दोलनमा सहभागी नर्सहरूले ‘नर्सिङ पेशाको सम्मान गर’, ‘जोखिम भत्ता लागू गर’, ‘हाम्रो श्रमको मूल्य देऊ’ जस्ता प्लेकार्डसहित अस्पताल प्राङ्गणमा धर्ना दिएका छन्। उनीहरूले तलब वृद्धि, सुरक्षित कार्य वातावरण, पेशागत सम्मान र स्थायी नियुक्तिको माग अघि सारेका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिकी सचिव सीता खनालले माग…

स्वास्थ्य बीमितको चाप बढेपछि लुम्बिनी अस्पतालमा फार्मेसी काउन्टर थप

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिनेको संख्या तीव्र गतिमा बढेपछि फार्मेसी काउन्टरको संख्या थप गरिएको छ। सरकारले उक्त अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमका लागि पहिलो प्रस्थान बिन्दुका रूपमा मान्यता दिएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। इन्द्र ढकालका अनुसार सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन फार्मेसी काउन्टर सात पुर्‍याइएको वताए।“सेवाग्राहीलाई लामो समय लाइनमा बस्नुपर्ने समस्या कम गर्न काउन्टर विस्तार गरिएको हो,” उनले भने, “अब फार्मेसी सेवामा सहजता आउनेछ।” स्वास्थ्य बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार अस्पतालमा ओपीडी सेवातर्फ दैनिक १,२सय भन्दा बढी…

ब्रेन स्ट्रोक, ट्युमर र स्नायु रोगहरूको उपचार अब लुम्बिनी अस्पतालमै

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेको छ । यो अत्याधुनिक स्वास्थ्य सेवा सुरु भएपछि मस्तिष्क आघात (ब्रेन स्ट्रोक), मस्तिष्क ट्युमर तथा विभिन्न स्नायु सम्बन्धी रोगहरूको उपचार र निदानमा नयाँ आयाम थपिएको छ । न्यूरो इन्टरभेन्सन भन्नाले मस्तिष्क, मेरुदण्ड तथा तिनसँग सम्बन्धित रक्तनलीहरूमा उत्पन्न हुने समस्याको औषधि र शल्यक्रिया बीचको आधुनिक उपचार पद्धति हो । यही प्रविधि प्रयोग गर्दै शनिबार न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वमा दुई बिरामीको एन्युरिज्म (रगतनली फुल्ने समस्या) सफलतापूर्वक उपचार गरिएको अस्पतालले जनाएको छ । डा. भण्डारीका अनुसार यो सफलता लुम्बिनी…