चिकित्सा शिक्षा आयोगले आफूलाई बलियो बनाओस सामाजीक बिकास मन्त्री :बराल

स्वास्थ्यसमाचार प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सा शिक्षा आयोगले आफ्नो क्षेत्र बलियो पार्नेगरी काम गर्नुपर्ने बताएका छन् । आयोगले काम गर्न नसके सरकार कमजोर हुने र त्यसको फाइदा निजी क्षेत्रले उठाउने उनको भनाइ छ। ‘निजी क्षेत्रभन्दा कमजोर हुने गरी काम गर्नुहुँदैन, वरालले भने यसो भए निजी क्षेत्रले सरकार किनिदिन्छ या उसको गाइडलाइनमा सरकार हिड्नुपर्ने बाध्यता हुन्छ ।आयोगले सामाजिक विकास मन्त्रालयका प्रदेश ५ सँगको समन्वयमा गरेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री बरालले ऐनले विदेशका विद्यार्थी भित्रिन हुन्न भन्ने खोज्नु राम्रो नभएको बताए ।…

स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंगीयो , भोलिबाट कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने

स्वास्थ्यसमाचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्यका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् ।स्वास्थ्यले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने बताएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको सूची स्वास्थ्य मन्त्रालयका पुगेर बुझाएको बताए । उनले १४ हजार बढीको गुनासो प्राप्त भएपनि ७ हजार ७४० जनाको गुनासो सम्वोधन भएको बताए । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सामान्यबाट सूची आइसकेको भन्दै भोलिबाट नै कर्मचारीलाई पठाउने तयारी भएको बताए । उनले…

बुटवलमा सेतो र रातो रगतको अभाव,रगत खोज्न चितबन देखी काठमान्डौ सम्म

श्यामलाल पोखरेल स्वास्थ्यसमाचार  ।  विरामी हुंदा तपाईको लागि कुन रगत चाहिन्छ सचेत बन्ने प्रयास गर्नुहोला । रगतको अभाव नहुेन बुटवलमा अहिले सेतो र रातो रगतको अभाव छ । बुटवलमा तित हप्ता यतादेखि रातो, सेतो रगतको ठूलो अभाव छ ।यो रगतको अभावले अकालमै मृत्यु हुन सक्ने भएकाले विरामी, विरामीका आफन्त, उपचारमा संलग्न स्वास्थ्य कर्मीहरु सचेत हुन नसके अप्रिय घटना नघट्ला भन्न सक्ने अवस्था छैन । बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रहेको रातो र सेतो रगत छुट्टाउने मेशिन बिग्रीएको छ । प्लेटलेस र फे्रस प्लाजमा छुट्टाउने मेशिन बिग्रीएपछि समस्या आएको हो । प्रदेश…

उपचारका क्रममा मृत्यु भएका अग्रहरीको उपचार खर्च हस्पिटलले व्यहोर्ने

स्वास्थ्यसमाचार भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले उपचारका क्रममा बिरामीको मृत्यु भएपछी अस्पतालले मृत बिरामीको सबै उपचार खर्च व्यहोर्ने भएको छ । अस्पतालमा मृगौलाको उपचार गर्न आएका सियारी गाउँपालिका वडा नं ३, जङहथ्थाका २६ बर्षिय विरेन्द्र अग्रहरी २८ गतेदेखि अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा हिजो उनको मृत्यु भएको थियो । मृगौलाको डाईलासिस गर्ने क्रममा अग्रहरीको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको लापरवाहीका कारणले अग्रहरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा बिरोध गरेपछी आज प्रहरी प्रशासनको रोहवरमा वार्ता हुदा अस्पतालले उपचार खर्च सबै व्यहोर्ने गरी सहमति भएको जिल्ला प्रहरी कार्यालय…

जंगली च्याउ खाएर पाल्पामा ६ जनाको मृत्यु

स्वास्थ्यसमाचार पाल्पामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको हिजो मृत्यु भएको हो । गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह ठकुरी र त्यसै ठाउँका ४५ वर्षीय पूर्णबहादुर खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गएको जेठ २४ गते बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४ वर्षीय उमेश गाहाको आइतबार र ४५ वर्षीया रिखिसरा…

राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचारबाट बञ्चित

स्वास्थ्यसमाचार राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार बञ्चित भएका छन । अस्पतालको अबस्था दयनीय बनेको छ ।स्तरउन्नती भएको राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार पाउनबाट बञ्चित भएका छन् । दाङको तुलसीपुर ९ दोघरेमा रहेको अस्पातलमा पर्याप्त बेड, औषधि र उपकरण अभाव र चिकित्सक नहुँदा बिरामीहरु उपचार बिनै घर फर्कन बाध्य छन् । उपचार गराउन आएका बिरामीहरु उपचार पश्चात औषधि किन्न अस्पताल बाहिर गएर किन्न बाध्य छन् ।२ महिनाअघि स्वास्थ्य सेवा विभागले पठाएको ८ कार्टुन औषधि गाडिको भाडा तिर्न नसक्दा बुटवलमा थन्किएको छ…

३४ करोडको लगानीमा सिद्धार्थनगरनगर सिटी अस्पतालको अत्याधुनिक सुबिधा सम्पन्न भबन बन्दै

स्वास्थ्यसमाचार सिद्धार्थनगर सिटी अस्पतालले नयाँ स्वरुप पाउने भएको छ भैरहवामा रहेको यस अस्पतालमा आधुनिक तथा सुबिधा सम्पन्न नयाँ भबन निमार्णधिन अबस्थामा रहेको अस्पतालले जनाएको छ। १९ करोडको लगानीमा सुबिधा सम्पन्न र आधुनिक भबन १५ करोडको लगानीमा उपकरण फर्निचर लगायतको लागी ३४ करोडको परियोजना अघि बढेको अस्पतालले जनाएको छ । नयाँ भबन १२ रेक्टर स्केल भन्दामाथिको भुकम्पन्न प्रतिरोधी हुने छ जस्मा अन्डरग्राउन्ड पार्किङ अध्याधुकि बिद्युतीय लिफट् साधरण र आकस्मीक सिढीसहितको ५ तले भबनको मात्र कुलक्षेत्रफल ५२ हजार रहने छ । नयाँ भबनमा प्रयाप्त भेन्टीलेसन लाईट आर्कषक गाडेन सहितको स्वच्छ बाताबरणमा मेडिटेशन…

वालिङमा डायलाईसिस सेन्टर संचालन हुने

स्वास्थ्यसमाचार मृगौलाको डायलाईसिस सेवा लिन बुटवल तथा पोखरा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्याङजा जिल्लाको वालिङमा डायलाईसिस सेन्टर संचालन हुने भएको छ । डायलाईसिस सेन्टर संचालनको लागि वालिङ नगरपालिका र बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका विचमा सनिवार सम्झौता समेत गरिएको छ । सम्झौता पत्रमा वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खांड र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले हस्ताक्षर गर्नु भएको छ । वालिङ नगरपालिका वडा नंं १० मा रहेको सरकारी भवन (फुलवारी गेष्ट हाउस) मा रोटरी सामुदायिक डायलाइसिस सेन्टर, वालिङको नामबाट संचालन गरिने सेन्टरको लागि नगरपालिकाले अस्पताललाई उक्त…

रुद्रपुर स्वास्थ्य चौकीको नया भवन शुभारम्भ,१५ शैयाको अस्पताल छिटै बन्ने :भट्टराई

स्वास्थ्यसमाचार रुद्रपुर स्वास्थ्य चौकीको नव निर्मित भवनको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले एक कार्यक्रमका बिच उदघाटन गरे ।उनले कञ्चनको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन कुनै पनि बजेटको अभाव हुन नदिने वताए। उनले कञ्चनमा बिशेज्ञ चिकित्सक सहितको १५ शैयाको अस्पताल समेत छिटै बन्ने र सो को लागि गाउपालिकाले अस्पताल रहने स्थानको निश्चित गर्न आग्रह गरेका छन।स्वास्थ्य सबै भन्दा ठूलो धन हो भन्दै नया भवनको शुभारम्भ संगै आम नागरिकलाई गुणस्तरिय सेवा दिन सके सबै भन्दा ठूलो पुण्य काम हुने वताए। कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको समृद्धिको लागि स्थानिय जनताहरु संगको सहकार्यलाई…

भारतबाट आएका बिरामीका कारण दाङमा औलोको जोखिम

स्वास्थ्यसमाचार विदेशबाट आउने बिरामीका कारण दाङमा औलोको जोखिम रहेको पाइएको छ । सरकारले नेपालमा औलो रोग निवारण गर्न विभिन्न गतिविधि सञ्चालन गरे पनि तराईका सिमावर्र्ती जिल्लामा भारततर्फबाट आउने बिरामीका कारण यो रोगको जोखिम कायमै रहेको हो । सन २०१२ यता नेपालमा औलो रोगका कारण कसैको मृत्यु भएको छैन । तर, प्रत्येक वर्ष बिरामी भेटिएका छन् । जिल्ला जनस्वास्थय कार्यालय दाङका अनुसार खुला सिमाका कारण भारतबाट बिरामी आवतजावत गरेका कारण जोखिम कायम रहेको हो । सरकारले भने सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त बनाउने लक्ष्य लिएको छ । प्रत्येक वर्ष औलोका बिरामी विदेशबाट आउने धेरै दाङमा औलेका बिरामीमध्ये…