धरानमा डेंगुको महामारी, २सय ८१ जना संक्रमित

स्वास्थ्यसमाचार धरान उपमहानगरपालिकामा डेंगु फैलिँदा २ सय ८१ जनामा रोगको लक्षण देखिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशन विकास साहका अनुसार रगत परीक्षण गर्न पुगेका ८ सय ५२ जनामध्ये २ सय ८१ जनामा डेंगु भाइसर देखिएको बताए । प्रतिष्ठानले डेंगुका बिमारीलाई निशुल्क उपचार व्यवस्था मिलाएको अस्पताल निर्देशक डा। गौरीशंकर साहले जानकारी दिए । डेंगुको महामारी नियन्त्रण गर्न दुई साताअघि गठित चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्सट’ टोलीले वीपी प्रतिष्ठानमा एमबिबिएस पास भएर ‘इन्टर्न’ गरिरहेका र चिकित्साशास्त्रका विद्यार्थीलाई परिचालन गरेको गर्दै आएको छ । डेंगु महामारी नियन्त्रणका लागि सबै…

शुद्धोधन २ मा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु

स्वास्थ्यसमाचार रुपन्देही १९ लुम्बिनी ग्रामिण बिकास परिषदको आयोजना तथा शुद्धोधन गाउँपालिका बडा नं २का सहयोगमा ख बनगाई हेल्थपोष्टमा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु भएको छ । कार्यक्रमको शुद्धोधन गाउँपालिका बडा नं २का अध्यक्ष बिष्णु प्रसाद बस्यालले उदघाटन गरे ।उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वास्थ्य सबैभन्दा महत्वपुर्ण क्षेत्र भएकोले समाज परिर्बतनका लागी आफु स्वच्छ परिवार स्वच्छ र समाज स्वच्छ बनाउन महिलाहरुको भुमिका महत्वपुर्ण हुने बताए । महिलास्वास्थ्य स्वयससेबिका टोलसंस्था युवाकल्व का प्रतिनिधिहरु गाउँमा बिरामीहुदा सुरुमा नै पुग्ने भएकोले स्वास्थ्यमा परिर्वतनको लागी वडा कार्यलयले त्यसक्षेत्रमा लगानी गरेको बताए ।…

स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण केन्द्रले नै गर्छ : शिक्षामन्त्री पोखरेल

स्वास्थ्य समाचार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐन २०७५ मार्फत चिकित्सकीय शिक्षा प्रणालीलाई सरकारले एकद्वार प्रणाली लागु गर्ने भएको बताएका छन् । शनिबार जनकपुरमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अभिमुखीकरण तथा प्रविधिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण गरिएअनुसार नै संघ र प्रदेशमा एउटै मापदण्ड अनुसार निर्धाण गरिएको कोर्ष लागु हुने प्रष्ट पारे । उनले संघीय शिक्षा नीति संघीय सांसदबाट पारित हुने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले यस विधेयक अनुसार सिटीईभीटी बाहेक विश्वविद्यालय र प्रतिष्ठानमार्फत दिइने चिकित्सा शिक्षा खारेजी हुने बताए…

स्तन तथा पाठेघरको मुखको क्यान्सर रागेको निशुल्क परीक्षण गरिने

स्वास्थ्यसमाचार अगामि आर्थिक वर्ष २०७६र०७७को बजेटमा स्तन तथा पाठेघरको मुखको क्यान्सर जस्तो घातक रागेको निशुल्क परीक्षणको व्यवस्था गरिएको छ । सवै स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न पनि बजेट विनियोजन गरिएको छ । हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्ति गर्न कार्यालाई अभियानका रुपमा संचालन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । साथै पाठेघरको मुखको क्यान्सर ९सर्भाइकल० रोकथामका लागि सर्भाइकलविरुद्ध खोप कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ । हरेक प्रदेशको एक जिल्ला तोकि ७ जिल्लाबाट खोप लगाउने व्यवस्था गर्ने जनाएको छ।

विषादीयुक्त आँप बजारमा

स्वास्थ्यसमाचार आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका  आँप बिक्री भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । यस्ता  आँपले स्वास्थ्यमा असर पार्ने गरेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कूल…

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा : अध्ययन

वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाई छ । अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले…

एमबिबिएस अध्ययनरत खनाल कीर्तिपुरको जंगलमा मृत फेला

स्वास्थ्यसमाचार – काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबिबिएस चौँथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्। खनाल गत जेठ १७ गतेदेखि हराएका थिए। उनको शव फेला पार्नुअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा मोटरसाइकल फेला पारेको थियो। अर्घाखाँची घर भएका खनाल पढाइमा अब्बल थिए। उनी काठमाडौं कोटेश्वर भाइसँग बस्दै आएका थिए। मृत फेला परेका खनालको शव नजिकै विषादी र केही औषधि फेला परेको प्रहरीले जनाएको छ। महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए। खनालको आमाबुबासहित परिवारका…

रुपन्देहीका स्थानीय तहप्रमुखलाई आयुर्वेद अभिमुखीकरण

स्वास्थ्यसमाचार आर्युवेद चिकित्सा तर्फ आक्रषर्ण बढ्दै गएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।लुम्बिनी आयुर्वेद चिकित्सालयले बुटवलमा शनिवार आयोजना गरेको आर्युवेद सम्वन्धि अभिमुखीकरण कार्यक्रमा बोल्ने बत्ताहरुले प्राकृतिक चिकित्सासँग सम्वन्धित आयुर्वेदले दीर्घ रोगको समेत उपचार हुनेभएकोले त्यस तर्फ आक्रषर्ण बढेको बताए । अभिमुखीकरणमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले परम्परागत उपचार विधि भएकाले पनि त्यस तर्फ पछिल्लो समय आयुर्वेद तर्फ आक्रषण बढ्दै गएको बताए ।उनले वनजं गलमा स्रोत रहेको भन्दै त्यसको उपयोग गर्नुपर्ने बताए । सामाजिक विकास मन्त्रालय स्वस्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले स्थानीय तहमा आयुर्वेदको आवश्यकता औलाउँदै त्यस…

फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने

स्वास्थ्यसमाचार स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ ।   सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका विषयमा कर्मचारीलाई गुनासो दर्ता गराउन समय पनि दिएको थियो । तर समायोजनको टुंगो भने लागि नसक्दा कर्मचारीहरुमा अन्योलता छाएको छ । कर्मचारीको गुनासोमा एक९एक गरि अध्ययन भइरहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल…

पूर्व स्वास्थ्यमन्त्री मिश्र बंगलादेशका लागि राजदूतमा सिफारिस

स्वास्थ्यसमाचार सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्व स्वास्थ्यमन्त्री मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो ।  मन्त्रिपरिषद् बैठकले अन्य ३ देशका लागि पनि ३ जनालाई नियुक्त गरेको छ ।