रुद्रपुर स्वास्थ्य चौकीको नया भवन शुभारम्भ,१५ शैयाको अस्पताल छिटै बन्ने :भट्टराई

स्वास्थ्यसमाचार
रुद्रपुर स्वास्थ्य चौकीको नव निर्मित भवनको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले एक कार्यक्रमका बिच उदघाटन गरे ।उनले कञ्चनको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन कुनै पनि बजेटको अभाव हुन नदिने वताए।

उनले कञ्चनमा बिशेज्ञ चिकित्सक सहितको १५ शैयाको अस्पताल समेत छिटै बन्ने र सो को लागि गाउपालिकाले अस्पताल रहने स्थानको निश्चित गर्न आग्रह गरेका छन।स्वास्थ्य सबै भन्दा ठूलो धन हो भन्दै नया भवनको शुभारम्भ संगै आम नागरिकलाई गुणस्तरिय सेवा दिन सके सबै भन्दा ठूलो पुण्य काम हुने वताए।

कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको समृद्धिको लागि स्थानिय जनताहरु संगको सहकार्यलाई प्राथमिकता दिने बताउदै कञ्चन गाउपालिकाले नयाँ योजना बनाउने तयारीमा रहेको र गत आ.ब.मा जस्तै बिशेष योजना बनाएर ल्याउने वताए।कञ्चनको हरेक वार्डहरुमा स्वास्थ्य चौकी बन्ने र सोको लागि बजेटको ब्यबस्था गरिने र बिशेषज्ञ चिकित्चक सहितको कम्तिमा १५ शैयाको अस्पताल बनाउने योजना रहेको वताए ।

गाउपालिकाका उपाध्यक्ष गोमा तरामु मगरले रुद्रपुर स्वास्थ्य चौकीमा प्राथमिक आखा उपचार सेवाको पनि शुभारम्भ गर्नु पर्ने सुझाव दिदै आखा उपचार सेवा संचालन गर्न रण अम्बिका आखा अस्पताल संग सहकार्य गर्न सकिने वताईन।स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष तथा कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रुद्रपुर स्वास्थ्य चौकी ब्यबस्थापन समितिकाका पुर्व अध्यक्ष लक्ष्मीकान्त पौडेल, लगायतले वोलेका थिए ।

स्थानिय खडक बहादुर शेरचनले एक कठ्ठा पांच धुर धर्मादेबी थापाले पांच धुर,उम बहादुर रानाले एक कठ्ठा,चन्द्रकला काउचाले एक कठ्ठा,नन्द बहादुर खडकाथोकीले दश धुर र पुजा थापाले एक कठ्ठा जग्गा न्यून रकममा जग्गा उपलब्ध गराई करिब ६ कठ्ठा एक धुरमा निर्माण गरिएको सो भवनको जम्मा लागत रु.२ करोड ४३ लाख ५० हजार लागतमा निमार्ण सम्पन्न भएको हो।भवन निर्माणको लागि स्थानियहरुले रु.२सय देखि ६हजार सम्म आर्थिक सहयोग संकलन गरी ५ कठ्ठा १० धुर जग्गा खरिद गरेका थिए भने ११ धुर जग्गा खडक बहादुर शेरचन र पुजा थापाले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए।

सम्बन्धित शिर्षक :