बुटबल ११ नहरपुरमा डेंगु रोकथाम सचेतना तथा सरसफाई कार्यक्रम

स्वास्थ्यसमाचार/ बुटवल उपमहमनगर पालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो । डेङ्गीको प्रकोप रहदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिए । लमखुट्टेको टोकाईवाट डेङ्गी सक्रमण हुने भन्दै घर घरमा सचेतनामुलक कार्यक्रम सचालन गरिएको हो । सो अवसरमा टोल समितिका पदाधिकारी सदस्यहरु,महिलास्वास्थ्य स्वयमसेविका र स्थानियको सहभागिता रहेको थियो । टोलमा पानी जम्ने खाल्टाखुल्टी तथा टयरहरु व्यवस्थापन गरिएको थियो । टोल…

केन्द्रीय कारागार अस्पतालमा डेंगु रोकथाम सम्बन्धि अभिमुखीकरण

स्वास्थ्यसमाचार/केन्द्रीय कारागार अस्पतालका सेवाग्राहीहरुमा ज्वरोका बिरामीहरु पछिल्लो साता बढ्न थालेपछि अस्पतालले केन्द्रीय सुधार गृह,भद्र सुधार गृह, महिला सुधार गृहका आन्तरिक प्रशासनका चौकिदार,नाइके,भाइ तथा सह/नाइके र नख्खु,डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी, अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष,अप्रत्यक्ष संलग्न सबैलाई डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । केही समयदेखि देशभर डेंगुको संक्रमण १३ हजार माथि पुगेको अवस्था छ भने धरानले जनस्वास्थ्य आपतकाल घोषणाको माग गरिरहेको छ । यस्तो अवस्थामा सरोकारवाला सबै सक्रिय र सचेत रहनुपर्ने भएकाले रोग नियन्त्रण तथा रोकथाममा गम्भीर रुपले लाग्न मंगलबार केन्द्रीय कारागार अस्पातालको सभा हलमा अस्पतालका मेडिकल सुपरिटेन्डेट…

रेडक्रस बुटवल द्धारा डेंगुरोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार/समुदायमा डेंगु रोगका बिरामी बढेसँगै यसको नियन्त्रण र रोकथामका लागि स्थानिय स्तरमा बिभिन्न प्रयासहरु भैरहेका छन् । डेंगु रोग नियन्त्रण र रोकथामका लागि स्थानिय तह र स्वास्थ्य सेवासँग सम्बन्धित संघसंस्था र कार्यालयहरुले खोज र नष्ट गर, जनचेतनामुलक कार्यक्रम र अभिमुखीकरण लगाएतका कार्यक्रमहरु संचालन गरेका छन् । यसैबिच नेपाल रेडक्रस सोसायटी बुटवल उपशाखाको आयोजनामा बुटवल उपमहानगरपालीकाका १९ वटा वडामा कार्यरत सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिम्ुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय स्तरमा र वडातहमा डेंगु नियन्त्रण र रोकथामका लागि आवश्यक जनचेतना जागृत गर्ने उद्देश्यले गरिएको सो कार्यक्रममा सरोकारवालाहरुले स्वास्थ्य स्वयंसेविकाहरु समुदायमा पुगेर…

पाल्पामा डेंगी बढेपछि खोज र नष्ट अभियान सुरु

स्वास्थ्यसमाचार/पाल्पामा डेंगी संक्रमण बढेपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पाले बिहीबारबाट प्रत्येक वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरेका हुन् । तानसेन नगरभित्र संचालित ग्यारेज, कवाडी संकलन गर्ने स्थल, वर्कसप लगायतमा टोली पुगेर लार्भा भएका पानीहरु फाल्न लगाउने, सचेतना जगाउने लगायतका कार्य गरिएको छ । अभियानमा स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, नगरपालिकाका स्वयंसेवक, प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए । नगरभित्रका १४ वटै वडाका साथै विद्यालय, संघसंस्था, स्वास्थ्यकेन्द्र लगायत पानी जम्ने…

पाल्पामा डेंगीबाट ११ महिनाकी बालिकाको को मृत्यु

स्वास्थ्यसमाचार/डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । उनको बिहिबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । केही दिन अघि पनि डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको थियो । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । उनको पनि मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

लुम्बिनीका १२ वटै जिल्लामा २१९ जनामा डेंगु संक्रमण १ जनाको मृत्यु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा आठ महिनाको अवधिमा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । रुपन्देहीमा ५०, बांकेमा २६, दाङमा ३३, अर्घाखांचीमा २०, बर्दियामा १७, कपिलबस्तुमा ८, गुल्मीमा ५ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी रुकुम पुर्वमा ३, नवलपरासी पश्चिममा ३ तथा रोल्पा र प्युठानमा १÷१ जनामा डेंगु संक्रमण भएको तथ्याङक छ । प्युठानमा हालै मात्र डेंगु संक्रमण देखिए संगै प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।सवैभन्दा धेरै…

डेंगी संक्रमित बढे संगै पाल्पामा रोकथाम र नियन्त्रण अभियान सुरु

स्वास्थ्यसमाचार /डेंगी संक्रमितको संख्या बढदै गएपछि पाल्पामा रोकथाम र नियन्त्रण अभियान सुरु गरिएको छ। डेंगी संक्रमित बढदै गएपछि स्थानिय तानसेन नगरपालिकाका जनप्रतिनिधिहरु सरोकार बालसंग छलफल गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पछिल्लो डेढ महिनायता डेंगी संक्रमण बढ्दै गएको र पाल्पामा पनि एक महिलाको डेंगी संक्रमणबाट मृत्यु भएकोले रोकथाम र नियन्त्रण अभियान सुरु गर्नेको लागी स्थानिय जनप्रतिनिधी र सरोकारबालाहरु संग छलफल गरिएको बताउनु भयो। डा गिरीले भन्नुभयो डेंगीबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा…

पाल्पामा डेंगीबाट ६९ वर्षीया महिलाको मृत्यु

स्वास्थ्यसमाचार /डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको जनाइएको छ । ति महिलामा साउन १६ गते डेंगु संक्रमण पुष्टी भएको थियो । संक्रमण भए पनि उनी सामन्य उपचार गरी घरमै आराम गर्दै…

बुटवलले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान संञ्चालन गर्ने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो। विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेगी नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उहाँले बताउनुभयो। छलफलका क्रममा डेंगी महामारीको समयमा डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको स्वास्थ्यसम्बन्धि निजी र सरकारी अस्पतालहरुले डेंगीबारेका सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। उहाँका…

बुटवलमा ४५ दिने सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान सुरु

स्वास्थ्यसमाचार/बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु भएको छ । साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो । अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उहाँले बताउनुभयो ।उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । ’यो…