पाल्पामा फागुन १९देखि कोभिड विरुद्ध बुष्टरखोप लगाईदै

स्वास्थ्यसमाचार /पाल्पामा फागुन १९ देखी कोभिड बिरुद्धको बुष्टर खोप संञ्चालन हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका अनुसार फागुन १९ गते देखि तोकिएको लक्षित समुहलाई कोभिड १९ रोग विरुद्धको खोप लगाईने भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार जिल्लामा ५५ वर्ष माथिका सबै नागरिकहरूले पहिलो बुष्टर नलगाएकालाई पहिलो बुष्टर पहिलो बुष्टर लगाएर ६ महिना पुगेका ,स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दिर्घरोगी, गभर्वति र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोप लगाउन सबैलाई पायक पर्ने ठाउमा गएर खोप लगाउन आग्रह गर्नु भएको छ।

डा गिरीले खोेप समन्धि कुनै जानकारी लिन चाहेमा जिल्ला स्वास्थ्य कार्यलय सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा पनि सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ।

सम्बन्धित शिर्षक :