स्वास्थ्यसमाचार/नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ । शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो । सक्रिय सङ्क्रमितको संख्या ३० रहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना…
कोरोना
दोस्रो बुस्टर खोप लगाउन स्वास्थ्य कार्यलय रुपन्देहीको आग्रह
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो। कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन पनि जिल्ला स्वास्थ्य कार्यलयले रुपन्देहीले आग्रह गरेको छ। खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा १३५ खोप केन्द्र रहेकोले आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन आग्रह गर्नु भएको छ। कसलाइै दिइँदैछ बुस्टर डोज खोप ५५ बर्षमाथिका…
पाल्पामा फागुन १९देखि कोभिड विरुद्ध बुष्टरखोप लगाईदै
स्वास्थ्यसमाचार /पाल्पामा फागुन १९ देखी कोभिड बिरुद्धको बुष्टर खोप संञ्चालन हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका अनुसार फागुन १९ गते देखि तोकिएको लक्षित समुहलाई कोभिड १९ रोग विरुद्धको खोप लगाईने भएको हो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार जिल्लामा ५५ वर्ष माथिका सबै नागरिकहरूले पहिलो बुष्टर नलगाएकालाई पहिलो बुष्टर पहिलो बुष्टर लगाएर ६ महिना पुगेका ,स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दिर्घरोगी, गभर्वति र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोप लगाउन सबैलाई पायक पर्ने ठाउमा गएर खोप लगाउन आग्रह गर्नु भएको छ। डा गिरीले खोेप समन्धि कुनै जानकारी…
रुपन्देहीमा छुटेका ५देखी११ बर्षसम्मका लाई कोरोनाको खोप लगाईने
स्वास्थ्यसमाचार / रुपन्देहीमा ५ देखी ११ बर्षका बालबालिका लाई कोभिड–१९विरुद्धको दोश्रो छुटेका लाई खोप लगाईने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार कोभिड–१९ रोग विरुद्धको खोप ५ देखि ११ वर्ष सम्मका बालबालिकाहरु जसले पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई फाइजर खोपको दोस्रो मात्रा र १८ वर्ष माथीका पहिलो, दोस्रो मात्रा खोप लगाउन छुट भएका तथा मेरोसेल खोपको २ मात्रा लगाई बुस्टर मात्रा लगाउन बाँकी रहेकाहरु लाई सबै पालिकाको तपशिलमा उल्लेखित स्वास्थ्य संस्थाहरुबाट निम्न मिति, स्थान र समयमा कोभिङ–१९ रोग बिरुद्धको खोप लगाईने वताउनु भयो।…
कोरोना विरुद्धको चौथो बुस्टर डोज खोप माघ तेस्रो साता आइपुग्ने
स्वास्थ्यसमाचार/ बुस्टर डोजका लागि तेस्रो साता खोप आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले फेब्रुअरी ३ (माघ २०) गते खोप आइपुग्ने बताए । कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप लगाउनका लागि १५ लाख मात्रा ‘वाई भायोलेन्ट’ खोप ल्याउन लागिएको हो । यो खोप १२ वर्षमाथिका लागि उपयुक्त मानिएको र नयाँ भेरिएन्टमा पनि काम लाग्ने बताइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबार १ हजार २९७ जनाको परीक्षणमा ११ संक्रमित देखिएका छन् भने देशभर ३२ जना सक्रिय संक्रमित छन् । हालसम्म एक मात्रा २ करोड…
बुस्टर खोपका लागि “गाभी ”लाई सरकारको पत्र
स्वास्थ्यसमाचार/ सरकारले छिमेकी देशमा कोरोना भाइरसका संक्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरू गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए। गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउनेछ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर खोप लगाउन खोप ल्याउनका लागि हिजो कोभ्याक्सलाई पत्र लेखेका छौं, उनले भने, यही पुसको तेस्रो हप्तामा…
चीनमा आउँदो जनवरी ८देखि विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने
एजेन्सी /चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८ तारिखदेखि चीनले आफ्नो देशमा आउने विदेशी यात्रु क्वरेण्टीन बस्नु नपर्ने जनाएको हो । चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध श्रृङ्खलाबद्ध रूपमा हटाउने क्रममा यो पछिल्लो घोषणा आएको हो । कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् । तर, सङ्क्रमण बढिरहे पनि चीनले विदेशी यात्रुलाई अनिवार्य क्वरेण्टीन बस्नु पर्ने नियम हटाएको छ । सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वरेण्टीनमा बस्नुपर्ने…
कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहको आग्रह
स्वास्थ्यसमाचार/ गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप ९भेरिएन्ट० देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सूसुचित हुन अनुरोध गरेको छ । मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको…
कोरोनाको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गर्नुस्
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले कोभिड संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेका छन् । ‘बुस्टर डोज लगाउन बाँकी रहेका सर्वसाधारणहरूले स्थानीय स्वास्थ्य संस्थामा गएर खोप लगाउनुस्। कोभिडको जोखिम कायम छ ।’छिमेकी राष्ट्र चीन, जापान,…
घटयो कोरोना त्रास
बुटवल /२०७७ सालमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ११ का ३७ वर्षिय एक पुरुषलाई कोरोना संक्रमण भयो । कोरोनाका कारण गरिएको लकडाउनकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । त्यो समयमा रुपन्देहीमा अरु करिव एक दर्जन व्यक्तीमा पनि कोरोना संक्रमण देखिएको थियो । ओमसतियाँका उनी आफ्नै घरमा नै (होमआईसोलेसन) मा बस्ने निर्णय गरे । सरकारले पनि उनले निर्णय गर्नु भन्दा केही दिन मात्रै संक्रमित सुरक्षित साथ होम आईसोलेसनमा बस्न पाउने निर्णय गरेको थियो । सोही अनुसार उनले आफ्नै घरमा बस्ने निर्णय गरेका थिए । तर उनको यो निर्णय समाजले रुचाएन…