रुपन्देहीमा असोज ६ देखी ९ गते सम्म कोरोना बिरुद्धको खोप लगाइने

स्वास्थ्यसमाचार /रुपन्देहीमा यहि असोज ६ गते देखी ९ गते सम्म कोरोना बिरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार १२ बर्ष भन्दा माथिको उमेर समुहका लाई कोरोना बिरुद्धको खोप लगाइने भएको हो।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार असोज ६ देखी ९ गते सम्म रुपन्देहीका १६ पालिकामा कोरोना बिरुद्धको खोप लगाइने भएकोले आफनो पाएका पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गर्नु भएको छ।
उहाले पहिलो मात्र वा दोश्रो अथवा वुस्टर खोप लगाउन सकिने समेत बताउनु भयो । खोप सेवा लिन जादा पहिले लगाएको कोरोना बिरुद्धको खोपको कार्ड समेत लिएर नजिकैको खोप केन्द्रमा जान आग्रह गर्नु भयो।

थप जानकारीको लागी जिल्ला स्वास्थ्य कार्यलय अथवा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

सम्बन्धित शिर्षक :