कोरोनाको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गर्नुस्

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले कोभिड संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेका छन् । ‘बुस्टर डोज लगाउन बाँकी रहेका सर्वसाधारणहरूले स्थानीय स्वास्थ्य संस्थामा गएर खोप लगाउनुस्। कोभिडको जोखिम कायम छ ।’छिमेकी राष्ट्र चीन, जापान,…

घटयो कोरोना त्रास

बुटवल /२०७७ सालमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ११ का ३७ वर्षिय एक पुरुषलाई कोरोना संक्रमण भयो । कोरोनाका कारण गरिएको लकडाउनकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । त्यो समयमा रुपन्देहीमा अरु करिव एक दर्जन व्यक्तीमा पनि कोरोना संक्रमण देखिएको थियो । ओमसतियाँका उनी आफ्नै घरमा नै (होमआईसोलेसन) मा बस्ने निर्णय गरे । सरकारले पनि उनले निर्णय गर्नु भन्दा केही दिन मात्रै संक्रमित सुरक्षित साथ होम आईसोलेसनमा बस्न पाउने निर्णय गरेको थियो । सोही अनुसार उनले आफ्नै घरमा बस्ने निर्णय गरेका थिए । तर उनको यो निर्णय समाजले रुचाएन…

एकै दिन ३ जनाको मृत्यु, थप २०६ जनामा कोरोना संक्रमण

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै शुक्रबार कोरोना सक्रिय सङ्क्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने…

देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप १ को मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ ।पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु…

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो । बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो । बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।

लुम्बिनीका ५ जिल्लामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व सरकारले आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाईने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो। मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो।

रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ । गृहमन्त्री वालकृष्ण खाँणले १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरे । कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए । स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई…

लुम्बिनी प्रादेशिक अस्पतालमा ३लाख ४हजार वढीले पाए उपचार

स्वास्थ्यमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा ३ लाख ४ हजार ७सय २५ जनाले उपचार गराएका छन। आर्थिक बर्ष २०७८को साउन देखी २०७९को असार सम्म अस्पतालको बहिरंग रोग विभाग(OPD) र (Emargance) ईर्मेजेन्सी मा गरि कुल ३लाख ४ हजार ७सय २५ जनाले सेवा लिएका हुन। अस्पतालको तथ्याङ्क अनुसार जनरल(OPD) ईएचएस(EHs) र बिमा गरि अस्पतालबाट जम्मा २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन।  त्यसमध्ये (OPD)जनरलमा १लाख ८३ हजार ६सय १५ (EHs)ईएचएसबाट २४सय ७८ र बिमाबाट १ लाख ९सय ६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन…

बुटवलमा वालवालिकालाई कोरोना विरुद्धको दोस्रो खोप लगाउन शुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाभित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ । ५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वताए । पान्डेका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ ।  ‘बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ, उनले भने–यी विद्यालयहरुमा यसअघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो…