बीबीसी/कोरोना महामारी फैलिन सुरु भएको एक वर्षपछि कयौँ मुलुकमा यसविरुद्धको खोप अभियान थालिएको छ । नेपालमा पनि माघ १४ देखि खोप अभियान सुरु गरिने बताइएको छ ।खोप अभियान सुरु गरिने अवस्थामा पनि कतिपयमा खोप लगाउन हिचकिचाहट र शंका हुने गरेको छ । त्यसै यहाँ कोरोना खोपबारे केही जान्नेपर्ने कुरा प्रस्तुत गरिएको छ ।
खोप आखिर के हो ?
कुनै पनि खोपले तपाईँको शरीरमा प्रवेश गर्ने भाइरससँग लड्ने क्षमता विकास गराउँछ । खोपमा कुनै जीव वा निष्क्रिय हुन्छ, जसकारण मानिस बिरामी पर्न सक्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई भाइरसको पहिचान गरी संक्रमणसँग जुध्न प्रेरित गर्छ ।
खोप लगाउने धेरैजसो मानिसमा नकारात्मक असर देखिँदैन । तर कतिपय मानिसले भने साइड इफेक्टको सामना गर्नपरेको पाइएको छ । सामान्य ज्वरो आदि हुनु यसका सामान्य असर हुन् । यसरी खोप लगाएको केही समयपछि रोगसँग लड्ने प्रतिरक्षा प्रणालीको विकास गर्छ ।अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसी०का अनुसार खोप शक्तिशाली हुन्छ जसले बिरामीलाई निको पार्दैन तर बिरामी हुनबाट जोगाउँछ ।
के खोप सुरक्षित छन् ?
खोपको एक प्रारम्भिक रुप चीनका वैज्ञानिकले १०औँ शताब्दीमै पत्ता लगाएका थिए । तर सन् १७९६ मा एडवर्ड जेनरले सामान्य दादुराका लक्षण देखा पर्दा एक डोज दिएर गम्भीर संक्रमणबाट जोगाउने थाहा पाएका थिए । पछि उनले यसको थप अनुसन्धान र सिद्धान्तको परीक्षण गरी दुई वर्षपछि यसबारे प्रकाशित गरेका थिए । त्यसपछि ‘भ्याक्सिन’ ९खोप० शब्दको उत्पत्ति भएको हो ।
खोपलाई आधुनिक दुनयाको सबभन्दा बढी चिकीत्सकीय उपब्धिमध्ये एक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार खोप प्रयोगबाट हरेक वर्ष २० देखि ३० लाख मानिसको जीवन बच्ने गरेको छ ।
खोपको गम्भीरता र यसको सुरक्षाका बारे विशेष रुपमा परीक्षण तथा जाँच गर्नुपर्ने सीडीसीले बताएको छ । यसको परीक्षण पहिले प्रयोगशालामा र पछि जनावरमा गरिन्छ । त्यसपछि मात्र मानिसमा यसको परीक्षण गर्ने गरिन्छ । तर कतिपय कोरोना खोपको परीक्षण भने प्रयोगशालापछि मानिसमा परीक्षण गरिएको छ ।
यसैगरी कतिपय खोप भने सरकारले अनुमति दिएपछि मात्र मानिसमा यसको परीक्षण गरिन्छ । खोपको प्रयोगमा केही न केही पक्कै जोखिम हुन्छ । तर सबै अन्य औषधीझैँ यसको फाइदा धेरै भएकाले त्यति डराउनु पर्दैन ।
लामो समयपछि दादुरा उन्मूलन भएको छ । त्यस्तै पोलियो पनि उन्मूलन भएको छ । तर उन्मूलन गर्न निकै लामो समय कुर्नुप¥यो भने कयौँ मानिसलाई दादुराको खोपले असर पनि गरेको थियो । यी रोगको उन्मूलन गर्न लामो समय लागेझैँ कोभिड–१९ बाट सामान्य अवस्थामा आउन कयौँ महिना तथा वर्षौँ पनि लाग्न सक्ने विज्ञहरू बताएका छन् ।
कसले कोरोना खोप लगाउनुपर्छ ?
अहिलेसम्म कहीँ पनि कोरोना खोप लगाउनुपर्ने अनिवार्य गरिएको छैन । तर धेरै मानिसलाई खोप लगाउन सुझाव दिइएको छ । कतिपय स्वास्थ्य सम्बन्धी समस्यामा रहेका मानिसमा भने यो अपवाद हुन सक्छ ।
सीडीसीका अनुसार खोपले लगाउने व्यक्तिलाई मात्र सुरक्षित गर्नु नभएर अर्का व्यक्तिलाई सर्नबाट पनि जोगाउँछ । यसैगरी महामारीबाट मुक्त हुन खोप नै उत्तम उपाय भएको सीडीसीले बताएको छ ।
विश्व स्वास्थ्य संगठनले महामारी रोक्न कम्तिमा पनि विश्वका ६५ देखि ७० प्रतिशत मानिसलाई खोप दिनुपर्ने बताएको छ । यसको मतलब हो, धेरै मानिसलाई खोप लगाउन प्रेरित गर्नुपर्छ ।बीबीसी
प्रतिकया दिनुहोस्