स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ विरुद्ध खोप ल्याउने सबै नीतिगत तयारी पूरा गरेको बताएको छ ।
स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले खोप ल्याउनको लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको र चाँडो भन्दा चाँडो खोप ल्याउने जनाएका हुन् । मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘हामीले खोपको लागि आन्तरिक तयारी धेरै हदसम्म अघि बढाएका छौं । नीतिगत कार्यहरु पुरा भैसकेका छन्।’
कोभिड–१९ को खोप नेपालमा ल्याउने तयारी अगाडि बढेसँगै नेपालमा संचालनमा रहेका १६ हजार खोप केन्द्रहरु, १६ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविकाहरु परिचालन गरिनेछन् । ‘खोपको प्राप्ति अन्य विषयको प्राप्ति जस्तो होइन ।
यो स्वास्थ्य सामग्री भए पनि राजनीतिक सामग्री हुन पुग्यो,’ उनले भने, ‘सिमित देशमा खोप बनेकोले प्राप्तिमा ढिला भयो ।’ कोभिड–१९ खोप खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलक हुने उनको भनाइ छ । कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको समेत उनले जानकारी दिए ।
‘पहिले जिटुजीबाटै खरिद प्रक्रिया अघि बढाइन्छ,’ मन्त्री त्रिपाठीले भने, ‘सुरुमा फ्रन्टलाइनर, दीर्घरोगका बिरामी र वृद्धहरूलाई भ्याक्सिन दिइनेछ ।’ त्यसका लागि तथ्यांक संकलन भएको समेत जानकारी उनले दिए ।
प्रतिकया दिनुहोस्