लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको ३९ हजार डोज खोप आउने

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप राखिने, बिहीबार देखी जिल्ला जिल्लामा पठाईने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशको लागि कोभिड १९ विरुद्धको ३९ हजार ४ सय ९५ डोज खोप सोमबार आउने भएको छ। भारतले नेपाललाई दिएको १० लाख डोज खोप मध्येबाट साढे ३९ हजार डोज लुम्बिनी प्रदेशको लागि छुट्याइएको हो।

खोप कार्यान्वयनको सम्बन्धमा संघिय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकाय हरुका बिचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो।

छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहित मन्त्रालयका सचिव, विभागका महानिर्देशक प्रदेश सरकारका सामाजिक विकासमन्त्री, प्रमुख सचिव, मन्त्रालय का सचिव, स्वास्थ्य निर्देशनालयका अधिकारीहरु सहभागी थिए।छलफलका क्रममा काठमाण्डौबाट लुम्बिनी प्रदेशको लागि आवश्यक खोप पठाइसकिएको जानकारी गराइएको थियो। प्रदेशको लागि कोभिड १९ विरुद्धको भ्याक्सीन काठमाण्डौबाट हिड्यो भन्ने जानकारी गराइएको छ ।

भोलि विहान गर्ने सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले वताए । पर्सि विहानदेखी सबै जिल्लामा पठाउन सुरु हुने डा पौडेलले बताए ।बैठकमा जिल्लाहरुमा खोपको आपूर्ति कसरी गर्ने, कसलाई दिने, खोपका कारण केही भवितब्य भइहाले के गर्ने भन्ने बारेमा समेत छलफल भएको डा पौडेलले वताए।

माघ १४ गतेबाट खोप कार्यक्रम सुरु गर्ने संघिय सरकारको तयारी छ। सबै सरकारी अस्पतालको खोप क्लीनिकमा कोभिड १९ विरुद्धको भ्याक्सीन लगाइन्छ। तर कहाँ काहाँ खोप केन्द्र तोक्ने भन्नेमा गृहकार्य भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशको लागि बुटवलमा आएको खोप सुरुमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिने छ। नेपालगञ्ज रोडमा रहेको केन्द्रमा आवश्यक चिस्यान को मापन गरेर खोप राखीने केन्द्रका निर्देशक दिनेस कुमार चापागाईले वताए ।

अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।भने प्रदेशमा पनि संघिय सरकारको निर्देशन अनुसार खोप लगाउने तयारी भैरहेको स्वास्थ्य निर्देशनालले जनाएको छ ।

सम्बन्धित शिर्षक :