बुटबलमा सीएमसी परियोजना विषयमा सरोकारवाला संग छलफल

स्वास्थ्यसमाचार/रुपन्देहीमा  एचआईभीको क्षेत्रमा समुदायको नेतृत्वमा आधारित अनुगमन सीएमसी परियोजना अन्र्तगत संकलित तथ्यांकको विषयमा सरोकारवालाहरु विचमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ ।

युएन एड्सको सहयोगमा एनएपीप्लसएनको आयोजानमा रुपन्देहीमा परियोजना लागू भएको हो । जसले एचाईभी भएका व्याक्तिहरुको लागि नेतृत्व विकास, क्षमता विकास, आय आर्जनको लागि काम गर्दै आएको छ । परियोजानका संयोजक अर्जुन ज्ञवालीका अनुसार जिल्लामा कुल १७ सय भन्दा बढि एचआईभी संक्रमित हरु रहेकोमा उनीहरुको लागि परियोजनाले काम गर्दै आएको हो ।

छलफलत तथा तथ्यांक प्रस्तुती कार्यक्रममा स्वाथ्य कार्यालय रुपन्देहीका एचआईभी फोकल पर्सन हिमाल खनालले सबैको सहकार्यबाट एचआईभीका संक्रमण न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले एचआईभी संक्रमितहरुको उचित उपचार, आयआर्जन सहितको कार्यक्रमका लागि सबैले सहकार्य गर्न जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानरपालिका स्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डे, सैनामैना नगरपालिका जनस्वास्थ्य निरिक्षक हेमराज पन्थी, बुटवल उपमहानगरपालिका शाखा अधिकृत यादव चन्द्र विष्ट, लुम्बिनी प्रादेशिक अस्पतालका एचआईभी फोकल पर्शन भिम ज्ञावाली,एक्लोलाई साहरा दिने वृक्षका का.संयोजक मनिाल न्यौपानले लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा परियोजनका जिल्ला फोकल पर्सन चिजा परियारले परियोजना लागू भएपछि उपचार, हेरचाह, पैरवीमा सूधार आएको अध्ययनबाट देखिएको बताएकी थिईन । यस्तै संक्रमितको उपचारमा शुधार आएको, परियोजानको पहलबाट संक्रमित हरु समुदायमा खुल्ने गरेको समेत अध्ययनबाट प्राप्त भएको बताएकी थिईन ।

५ वटा लक्षित समुहबाट ३० जनाको नमुना छानौट गरी सोही अनुसार सेवा सुविधा, गुणस्तर लगायतको विषयष्मा छलफल गरिएको थियो । जसबाट आएको निस्कर्ष प्रस्तुतीकरण गरिएको हो ।

सम्बन्धित शिर्षक :