स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्सकहरुलाई कारवाही प्रकृया शुरु गरेको छ । मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको हो। सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले जनाएको छ। लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले भने विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको बताए । खनालले रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश…
Health
सैनामैनामा अस्थायी आइसुलेसन अस्पताल संञ्चालन
स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकामा कोरोना भाइरस कोभिड– १९ विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ । सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले वताए । अस्पतालको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले “सैनामैना कसैलाई कोरोनाको आशंका भएमा अस्पताल तयार रहेकोले बिपदको बेलामा नआतिकन आधिकारीक ब्यतिलाई सम्पर्क गर्न अनुरोध गर्दै कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने वताए। विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै…
प्रदेश ५मा आजसम्मको कोरोनाको अबस्था
स्वास्थ्यसमाचार /प्रदेश नं ५ मा कोरोना भाईरसका अवस्था हेल्प डेक्स स्कीन गरिएका बिरामी आईसोलेसन बेड र संकास्पद बिरामीको स्वाव परिक्षण सवन्धी स्वास्थ्य निर्देशनालयले एक बिज्ञप्ती जारी गरेको छ। स्वास्थ्य निर्देशनालयद्धारा जारी बिज्ञप्तीमा ४० हेल्प डेक्स १ लाख ९९ हजार १ सय ३१ जनाको स्किन टेष्ट आईसोलेसन बेड १९ प्रादेशिक अस्पताल सहित कुल १ सय १० कोरोना संकास्पद ५५ सेम्पल टेष्ट ३६ मध्ये १७ नेगेटीभ १९ प्रकृयामा रहेको स्वास्थ्य निर्देशनालयद्धारा जनाईएको छ ।
भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र बनाईने
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र स्थापना गर्न लागेको छ । भैरहवाको अंचलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा यो प्रयोगशाला बनाइने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । अहिलेसम्म प्रदेश ५ का सबै नमुना संकलन गरी काठमाडौं पठाउनुपरेको अवस्थामा कोरोनाका लक्षण मेल खाने विरामीको परीक्षण यही ल्याबमा गरिने मन्त्री बरालले बताए । पिसीआर मेसिन र त्यसको रिएजेन्ट उपलब्ध भएमा केही दिनभित्र तयार हुनेगरी काम भइरहेको तथा उपकरण मेसिन र प्राविधिकहरुको तयारी प्रदेश लागेको उनले । यसका लागि केही सामग्री आइसकेको र कमी भएका सामग्री ल्याउने तयारीमा लागेका…
कोरोना प्रभाब :समायोजन भएका कर्मचारीको रमाना तत्काल रोक्ने
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भई हाल कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन तथा पदस्थापना भएको स्थानमा जान रोक लगाउने निर्णय गरेको छ। मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै तत्कालिका लागि स्वास्थ्यकर्मीलाई समायोजन र पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खाने गरी कामकाजमा लगाउने निर्णय गरेको हो। यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई अधिकृत सातौं स्तरसम्मका सम्बिन्धित स्वास्थ्यकर्मीलाई कामकाज गर्न खटाउन सक्ने गरी अधिकार प्रत्यायोजन समेत गरेको छ। मन्त्रालयले करार वा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीलाई चालु आर्थिक वर्षसम्म तलब…
तिलोत्तमाका सार्वजनिक ठाउमा सुर्तीजन्य पदार्थ सेवन निषेध
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सुर्ती, गुड्खा, चुरोटको सेवनलाई सार्वजनिक स्थलमा निषेध गरेको छ । सार्वजनिक स्थल, सडक, चोकमा गुड्खा र सुर्तीका खोल फाल्ने क्रम नरोकिएपछि नगरपालिका यसका प्रयोगकर्ताहरुप्रति कडा रुपमा प्रस्तुत भएको हो । नगरपालिकको पछिल्लो कार्यपालिका बैठकले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थलाई निषेध गर्दै कसैले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थ सेवन गरेमा कारवाही गर्ने निर्णय गरेको छ । नगरपालिकाले कारवाहीको अधिकार टोल विकास संस्था समेतलाई प्रत्यायोजन गरेको छ । अधिकार प्रत्योजनसँगै सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई टोल विकास संस्थाले जरिवाना तिराउन सक्नेछन् । नगरपालिकाको कार्यविधिमा…
“कपडाको मास्क जनस्वास्थ्य हित विपरित” :स्वास्थ्य निर्देशक गिरी
स्वास्थ्यसमाचार/ विश्वमा नै भयावहका रुपमा संक्रमित रहेको कोरोना भाइरस (कोेभिड १९) को संक्रमणबाट बच्न आंतकित पार्ने र भ्रम फैलने सन्देश एवं गतिविधि नगर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । कोरोनाका विषयमा सर्वसाधारणलाई त्यसबाट बच्ने उपायका रुपमा दिने गरिएका कतिपय सुझाव र फैलाइएका सन्देशहरु बढी आंतकित गराउने खालका भएका कारण सचेत हुन आग्रह पनि उनीहरुले गराएका छन् । रोटरी क्लब अफ बुटवलले आफ्नो १३०२ औं नियमित बैठकका अवसरमा शनिवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीले सामाजिक सञ्जालमा आएका सुचनाहरुले भ्रम छर्ने काम गरेको हुदा कोरोनाका…
ज्वरो १०२ डिग्रीभन्दा कम भए कोरोना संक्रमणको आशंका गर्नु पर्दैन : डा आचार्य
वुहानबाट फर्केका डाक्टर डा रमेश आचार्य भन्दछन ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको डा रमेश आचार्यले बताएका छन् । उनी तिनै चिकित्सक हुन्, जो कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान प्रान्तमा थिए । र, तीन हप्ताअघि नेपाल फर्केपछि खरिपाटी भक्तपुरमा व्यवस्था गरिएको क्वारेनटाइनमा २ हप्तासम्म रहेका थिए । मन्दिर जाँदा सावधान राजधानीमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतसमेत उपस्थित एउटा कार्यक्रममा डा आचार्यले कोरोना भाइरस ३० डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा फैलिन नसक्ने पनि बताए । ‘चर्को घाममा…
कोरना संक्रमितका लागी प्रदेश ५का १२अस्पतालमा आइसोलेशन बेड तयार
स्वास्थ्यसमाचार प्रदेश ५ का १० वटा अस्पतालमा कोरना संक्रमित विरामीको उपचार गर्नका लागि आइसोलेशन बेड तयार भएका छन। प्रदेश ५ सामाजिक विकास मन्त्रालयले १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेशन बेड तयारी अवस्थामा राखेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसुलेशन बेडका रूपमा छुट्याइएको अस्पतालको अस्पतालमा मेसु डा राजेन्द्र खनालले बताए । उक्त अस्पतालमा बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ। लुम्बिनीमा डा सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ। यसैगरी भेरी अस्पताल नेपालगञ्जमा डा प्रकाश थापा, पृथ्वी…
तेस्रो मुलुकसहित भारतीय नागरिकको उपस्थिति हुने प्रदेश ५ कोरोनाको उच्च जोखिममा
स्वास्थ्यसमाचार/कोरोना भइरसको पूर्वतयारीका लागि सामाजिक विकास मन्त्रालयमा आयोजित विपत सम्बन्धी बैठकमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले भने,‘यो बेलामा तीन÷तीन घण्टा बैठकका नाममा समय बर्बाद गर्ने होइन, यो बेला काम गर्ने हो । ’उनको अपेक्षा थियो प्रदेश सरकारले प्रतिकार्य तयारीको योजना बनाओस् ।स्थानीय तहसंग समन्वय गरेर काम गरोस् ।तर प्रदेश सरकारसंग अहिलेसम्म पनि कोरोना प्रतिकार्य योजना तयार भएको छैन । सामाजिक विकास मन्त्रालयले योजना बनाउनुपर्ने भए पनि लार्पबाही गरिरहेको छ । मन्त्री सुदर्शन बरालले बैठकहरु बस्न थालेको भन्दै योजना बन्दै जाने बताए । तेस्रो मुलुकसहित भारतीय नागरिकको बाक्लो उपस्थिति हुने…