स्वास्थ्यसमाचार/ प्युठान जिल्लाका मृगौलाको बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अन्तय हुने भएको छ ।विगत १ वर्ष अगाडी लमहीमै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन । त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै लमही नगरपालिका वडा न.५ को रातो डाडामा लमही नगर बिकास समितिले डायलाइसिस सेन्टर संचालनको लागी भवन उपलब्ध गराउने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो । डायलाईसिस सेन्टर संचालनको लागि लमही नगर बिकास समिति र बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका…
समाचार
स्वास्थ्यमा प्रदेश ५ सरकार : ७ हजार ८ सय ६५ जना जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा
स्वास्थ्य समाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले एक बर्षमा ८४ बर्षभन्दा बढी उमेरका, ७ हजार ८सय ६५ जना ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिइको छ । प्रदेश ५ सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय द्धारा २०७५–७६ मा भएका मुख्य उपलब्धी हरुको जानकारी गराउने उदेश्यले आयोजीत पत्रकार सम्मेलनमा प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयद्धारा गरिएका मुख्य कामको जानकारी गराईएको हो । प्रदेशबाट संचालित आयोजना तथा सम्पूर्ण कृयाकलाकपहरुको चौमासिक तथा वार्षिक समीक्षा प्रणाली स्थापित गरिएको तथा आवश्यकता अनुसार आवधिक समीक्षा पछि आयोजीत पत्रकार सम्मेलनमा सबै मन्त्रालयका मुख्यकामको जानकारी गराएका हुन। सामाजीक बिकास मन्त्रालयले आर्थिक…
प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले ४० जना छात्रालाई अहेब र अनमी पढाउन छात्राबृद्धि दिने
स्वास्थ्यसमाचार/प्रदेश सरकार प्रदेश नं ५ समाजीक बिकास मन्त्रालयले मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका ४० जना छात्रा लाई अहेब र अनमी पढनको लागी छात्राबृद्धि उपलब्ध गराउने भएको छ । ५नं प्रदेश भित्र रहेका ४० जना मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका छात्रा हरुलाई अहेब र अनमी पढाउन छात्रा वृद्धि उपलब्ध गराउने भएको हो। प्रदेश नं ५ भित्र स्थायी बसोबास गर्ने छात्राहरुले कक्षा दश टि/ एसएलसी पास गरेका छात्राहरुले सामाजीक बिकास मन्त्रालयमा सम्पर्क गर्न सुचना जारी गरेको छ । प्रदेश नं ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले भने मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका…
रुपन्देहीमा विषालु च्याउ खाँदा १६ जना बिरामी
स्वास्थ्यसमाचार/रुपन्देहीका रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन्। जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भईरहेको छ। रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको भीम अस्पतालले जनाएको छ । केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए। अस्पतालमा उपचारत दुई परिवारका १६…
पृथ्वीचन्द्र अस्पताल नबलपरासीमा एम्बुलेन्स र नयाँ उपकरण सामाजिक विकास मन्त्री द्धारा सुभारम्भ
स्वास्थ्य समाचार/ प्रदेश नं. ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु सामाधान गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागी परेका वताए । पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र नयाँ उपकरण सेवा सुभारम्भ समारोह सम्बोधन गर्दै मन्त्री बरालले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती र समस्याहरु सामाधान गरि स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउन मन्त्रालयले ठोस योजना लिएकोे बताए । अस्पतालबाट संचालन हुने एम्बुलेन्स, भिडियो एक्सरे र डिजिटल एक्सरे सेवाको एक समारोह बिच मन्त्री बरालले उद्दघाटन गरे । आज देखी विरामीहरु अस्पताल ल्याउन अस्पतालको आफनै एम्बुलेन्स संचालनमा आएको छ भने…
प्रदेश ५ का सामाजिक विकास मन्त्री स्वास्थ्यकर्मी र औषधी सहितको टोली लिएर पहिरो प्रभावित क्षेत्र गुल्मीमा
स्वास्थ्यसमाचार/प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल औषधी तथा स्वास्थ्यकर्मी र बन्दोबस्तीको सामान सहितको टोली लिएर पहिरो प्रभावित क्षेत्र गुल्मी गएका छन । मन्त्री बराल सहित स्वास्थ्यकर्मी, रेडक्रस टोली,तथा गैरसरकारी संस्था सहितको टोली लिएर आवश्यक औषधी , बन्दोवस्तीका सामान लत्ताकपडा लगाएतका सामग्री लिएर घटनास्थल तर्फ गएको मन्त्रीका निजी सचिवालयले जनाएको छ । गए राति देखि परेको अविरल बर्षासंगै आएको पहिरोका कारण गुल्मीको सत्यवती गाँउपालिका वडा नं. ३ ठूलो लुम्पेक र वडा नं. ४ लिम्घामा १० जनाको मृत्यु र २ जना अझै बेपत्ता भएका छन । भने अन्य अधादर्जन…
ओमसतिया गाउँपालिकाद्वारा उत्कृष्ट महिला स्वास्थ्य स्वयसेबिकालाई सम्मान
स्वास्थ्यसमाचार/ ओमसतिया गाउपालिका रुपन्देहीले आर्थिक बर्ष २०७४र७५ मा उत्कृष्ट सेवा गरे बापत महिला स्वास्थ्यस्वयंसेविकाहरुलाई सम्मान गरेको छ । रुपन्देहीमा आयोजित सम्मान कार्यक्रममा राम्रो काम गरे बापत विभिन्न सस्था अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वम सेविका लाई सम्मान गरेको छ । नेपालको दुरदराजमा स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा पनि स्वमसेविकाले स्वास्थ्य स्थिति सुधारमा महत्वपूर्ण योगदान दिएका छन ।महिला स्वास्थ्य स्वयसेविका कार्यक्रम स्वास्थ्य मन्त्रालयले आ।व २०४५र४६ मा २८ वटा जिल्ला बाट सुरु गर्दै ७७ ओटै जिल्लामा लागू गरेको छ । कुनै सेवा सुबिधा बिना स्वयसेवक रुपमा अहोरात्र खटिने गरेका महिला स्वास्थ्य स्वमसेविका स्वास्थ्यको…
अस्पताललाई पूर्वाधार र व्यवस्थापनमा राम्रो बनाउने तरिकाले काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन
स्वास्थ्यसमाचार/ मुख्यमन्त्री शंकर पोखरेलल मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न निर्देशन दिए। ‘राम्रो आन्तरिक श्रोत भएको अस्पताल अस्तव्यस्त छ, अस्पतालको अहिलेको अस्तव्यस्त अवस्था अन्त्य हुनुपर्छ—पोखरेलले भने ।तुलसीपुर र बुटवलमा विशेषज्ञ सेवा उपलब्ध गराउने र सामान्य चिकित्सा सेवाको लागि जिल्ला अस्पतालमै उपचार हुने व्यवस्था गर्ने गरी काम हुनुपर्ने वताए । उनले विपदको व्यवस्थापन गर्न केन्द्रको भर पर्ने प्रवृतिको अन्त्य गर्न निर्देशन दिए। ।‘विपदको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी अघि बढौं—उनले भने । सामाजिक मन्त्रालयले गर्ने कार्यक्रमको प्रतिफल…
गाउ-गाउमा स्वास्थ्य चेतना फैलाउन स्वास्थ्य स्वयमसेबिकाको भूमिका महत्वपूर्ण मन्त्री : बराल
स्वास्थ्यसमाचार /प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गाउगाउमा स्वास्थ्य चेतना फैलाउनका लागि महिला स्वास्थ्य स्वयमसेबिकाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । स्वास्थ्यकर्मीको पहुच नभएका गाउमा स्वास्थ्य चेतना फैलाउनका लागि मन्त्रालयले स्वयमसेबिकालालई परिचालन गर्ने योजना बनाएको बताए ।स्वयमसेबिकाका लागि बुटवलमा शुरु भएको एक महिने एडभान्स तालिमको उद्घाटन गर्दै मन्त्री बरालले स्वास्थ्यमा पछि परेका जिल्लाका स्वयमसेबिकलाई एडभान्स तालिम दिएर सुधार ल्याइने बताए । आमा र शिशुको मृत्युदर घटाउन, कुपोषण रोक्नका लागि स्वयमसेबिका नै सबैभन्दा प्रभावशाली जनशक्ति हने उनले बताए ।प्रदेशका १२ जिल्लामध्ये स्वास्थ्यमा सबैभन्दा कमजोर रहेका कपिलवस्तु र रोल्पाका स्वयमसेबिकाबाट…
स्वास्थ्यको समायोजन: एचए, स्टाफ नर्स, अहेब र अनमीको अझै २ महिना लाग्ने
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातारको वर्षातका कारण कर्मचारी समायोजनको कार्यलाई केही समय पछाडि धकेलेको छ। वर्षातका कारण आउनसक्ने महामारी र विपत्तीलाई मध्यनजर गर्दै मन्त्रालयले समायोजनको कामलाई केही समय ढिला गर्ने भएको जनाएको छ ।यो समयमा समायोजनका कारण कर्मचारी यताउता हुँदा स्वास्थ्य संस्थामा असर गर्ने भन्दै केही समय यी समूहको समायोजनलाई ढिला गर्न लागेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। मन्त्रालयका अनुसार हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमीको संख्या धेरै भएकाले यी समूहको समायोजन ढिला हुने भएकाले छ। यी चार समूहको समायोजन दुई महिनाभित्र सक्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ।…