स्वास्थ्यसमाचार/ प्रदेश ५मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना भएको छ । प्रयोगशालाको एक कार्यक्रमका विच सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । सोअबसरमा वोल्दै जनस्वास्थ्य मानवसंग प्रत्यक्ष जोडिएकाले मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको बताए ।उनले वजारमा स्वास्थ्य प्रयोगशालाहरुविच अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै स्वास्थ्य क्षेत्रको लागि त्यो उचित नहुने बताए । अस्वस्थ्य प्रतिस्पर्धा भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्न र दिर्घकालिन सोचाई राख्न प्रयोगशाला संचालकहरुलाई आग्रह गरे । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माणको लागी जग्गाको खोजी भईरहेको बताउदै स्थानीय तहसंग सहकार्य गरेर अघि वढ्ने बताए । सामाजिक विकास मन्त्रालयका…
समाचार
पूरै विश्व सावधान हुनुपर्छ :कोरोना भाइरसबारे डब्लुएचओको चेतावनी
बिबिसी, १६ माघ / विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। चीनको प्रशंसा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।डाक्टर माइक र्यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसा गरे चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन्। बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको…
बुटबलमा पनि मनाईयो ५८औँ नर्सिङ दिवस [फोटो फिचर]
स्वास्थ्यसमाचार/ गुणस्तरीय नर्सिङ सेवा जेष्ठ नागरिको स्वास्थ्यमा टेवा भन्ने नाराका साथ नेपाल नर्सिङ संघ बुटबल ईकाई तथा सम्पुर्ण नर्सिङ कर्मचारी लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले ५८औँ नर्सिङ दिवस मनाएका छन । नेपाल नर्सिङ संघ बुटबल ईकाइ अध्यक्ष कुमारी हरी केसीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मे सु डा राजेन्द्र खनालले नर्सिङ संघको लागी छुटै अफिस बनाउन पहल गर्ने वताए। डा खनालले नर्सहरुले ओभर टाईम गरेवापत भत्ता दिने ब्यबस्थाको लागी अस्पतालमा पहल गर्ने बताए । कार्यक्रममा अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेलले अस्पतालमा गुणस्तरिय सेवा दिनका लागी नर्सहरुलाई…
तिलोत्तमा ९ नगरकै पहिलो शून्य पोलिथिन वडा घोषणा
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नम्बर ९ खुला शून्य पोलिथिन घोषणा गर्ने नगरमै पहिलो वडा बनेको छ । नगरका १७ वटा वडामध्ये वडा नम्बर ९ शून्य पोलिथिन घोषणामा पहिलो भएको हो । मंगलबार एक समारोहका बीच वडा नम्बर ९ लाई शून्य पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि नगरप्रमुख र वडाध्यक्षको नेतृत्वमा वडाबासीले बाजागाजासहितको ¥याली निकालेका थिए । उक्त ¥याली मंगलापुर चोकमा पुगेर घोषणासभामा परिणत भएको थियो । समारोहमा वडालाई खुला शून्य पोलिथिन वडा घोषणा गर्दै नगरप्रमुख वासुदेव घिमिरेले वडाध्यक्ष नारायण न्यौपानेलाई प्रमाणपत्र प्रदान गरे । उनले अव छिटै नै सिंगो…
प्रदेश ५सरकारले ८ जिल्लाका सरकारी स्कुलमा स्टाफ नर्स राख्ने
स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटबलले बिद्यालयमा बालबालिका तथा किशोरीहरुको स्वास्थ्य ब्यबस्थापन साथै महिनामारी स्वास्थ्यका लागी सरकारी माध्यामिक बिद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका लागी आठ जना स्टाफ नर्स राख्ने भएको छ । निर्देशनालयले एक सुचना प्रकाशित गरि १५ दिन भित्र दर्खास्त दिन आग्रह गरेको छ । प्रदेश ५ भित्रका सरकारी बिद्यालयमा यो सेवा दिने कार्यक्रम अनुसार नर्स माग गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशका ८ बिद्यालयमा यो सेवा सुरु गर्ने तयारी गरेको निर्देशनालयले जनाएको छ ।
बुटवलमा सामुदायिक दन्त अस्पताल निर्माण हुने
स्वास्थ्यसमाचार /रुपन्देहीको बुटवलमा सामुदायिक दन्त अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माणमा आर्थिक संकलन गर्ने उद्धेश्य सहित रोटरी क्लव अफ बुटवल चौतारीले रोटरी म्युजिकल नाइटको आयोजना गरेको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी तीब्र पारिएको रोटरी क्लबअफ बुटवल चौतारीका अध्यक्ष बिष्णु प्रसाद घिमिरेले बताए । माघ १८ गते बेलुका बुटवलको सिद्धार्थ कटेजमा कार्यक्रम हुनेछ ।सो कार्यक्रममा सांगितिक क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु सुगम पोख्रेल, रामजी खाँड, पशुपति शर्मा, अन्जली अधिकारी , प्रचण्ड जि।सी, राज केसी को बेजोड प्रस्तुती रहने जनाइएको छ । जोडीका लागि प्रति टिकट रु२…
तिलोत्तमामा कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर
स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कुष्ठरोग प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्नेगरी निःशुल्क चर्मरोग शिविर आयोजना गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले बताए । तिलोत्तमा नगरपालिकामा हाल १४ जना कुष्ठरोग प्रभावितले औषधी खाइरहेको स्वास्थ्य शाखाले जनाएको छ । टिकुलिगढ स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएकोमा सोमबार सेमराबजार स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । शिविरमा छाला रोग विशेषज्ञ डा. श्यामराज उपाध्याय र डा. विनोद बढईले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा निःशुल्क औषधी…
हेल्थ असिस्टेन्ट संघ रुपन्देहीमा : ज्ञवाली
स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला कार्य समिति रुपन्देहीको पुन: गठन भएको छ । सर्बसम्मत रुपमा गठित संघको अध्यक्षमा राजेश ज्ञवाली, उपाध्यक्ष खुल्लामा सुमन थापा, द्धितियमा अर्जुन पौडेल, उपाध्यक्ष महिला लक्ष्मी पौडेल र बन्दना अर्याल, सचिवमा युवराज दिशामगर, सहसचिव मधुखत्री र कोषाध्यक्षमा बिन्दु अर्याल रहेका छन । त्यस्तै सदस्यमा जितेन्द्र प्रजापति_निजी) देबेन्द्र कुर्मि ‐निजी) बिएन ज्ञवाली‐निजी) सन्तोष पन्थी खुल्ला दुर्गा अर्याल अर्जुन भन्डारी र केशव पराजुली रहेका छन । हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रिय अध्यक्ष दाताराम अधिकारिको प्रमुख आतिथ्य ,उपाध्यक्ष मेघनाथ चापागाई र प्रकाश परियारको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रमको मदन…
नेपालमा नसर्ने रोगको कारण मृत्यु हुनेको संख्या ८३ प्रतिशत
स्वास्थ्यसमाचार/ जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीले सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ। सर्ने रोग र नसर्ने रोगको विषयमा पत्रकारहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन । कार्यक्रममा रायपुर प्राथामिक स्वास्थ्य केन्द्रका डा पालत गिरीले अहिले सर्ने भन्दा नसर्ने रोगकाबाट बढि मानिसको मृत्यु भएको बताएका छन ।उनले ८३ प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको बताएका छन । धुम्रापान मध्यपान अस्वस्थ्यकर खानपान शारिरीक निस्कृयताको कारण नसर्नेरोग तत्काल नदेखीएपनि मानिसलाई अन्तिम अबस्थामा दुख दिने बताए ।सचेत अपनाउनेहो भने नसर्नेरोगको जोखीम कमगराउन सकिने डा गिरीले बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका क्षय कुष्ठ…
२४ हप्तामा जन्मिएका समरले अस्पतालमै मनाए पहिलो जन्मदिन
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४ हप्तामा जन्मिएका कपिलवस्तुका समर पन्थीले अस्पतालमै पहिलो जन्मदिन मनाएका छन्। गत वर्ष माघ १० गते ७ सय ७५ ग्रामको तौलसहित समर २४ हप्तामै जन्मिएका थिए। कपिलवस्तु वाणगंगा नगरपालिका वडा नंं ८ चप्परगाउँकी २३ वर्षीया विमला पन्थी र ३० वर्षीय केशव पन्थीको पहिलो सन्तानको रूपमा जन्मिएका समर सामान्य प्रक्रियाबाटै जन्मिए पनि उनलाई बचाउन भने एक सय पाँच दिन अस्पतालमै राखिएको थियो। अस्पतालमा नियमित गर्भजाँचको क्रममा पाठेघरको पानी कम देखिएको र २४ हप्तामै प्रसूति बेथा लागेपछि विमलाले अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी थिइन्। लुम्बिनी प्रादेशिक अस्पतालका…