नेपाल सरकारले बढायो कोरोना विरुद्ध उच्च सतर्कता

स्वास्थ्यसमाचार/ छिमेकी देश चीनमा कोरोना भइरस संक्रमणले आतंक मच्चाइरहेको सन्दर्भमा नेपाल सरकार पनि सचेत भएको छ ।सरकारले चीन लगायत कोरोना संक्रमण फैलिएको देशबाट आउने आगन्तुकको स्वास्थ्य प्ररीक्षणका लागि एयरपोर्टमा हेल्थ डेस्क स्थापनादेखि अन्य तयारी गरेको जनाएको छ । कोरोना भाइरस श्वासप्रस्वासका माध्यमबाट सर्ने गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको जनाएको छ । महाशाखा प्रमुख डा विवेक लालले भने, ‘अहिले यो रोग चीनमा फैलिरहेको भन्ने खबर आइरहेको छ, चीनबाट नेपालमा धेरै पर्यटक भित्रिने भएकाले हामी पनि उच्च जोखिममा…

हिमचुली सहकारीको सुत्केरीलाई ५ हजार सहित पोषण राहत

स्वास्थ्यसमाचार/ हिमचुली बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुमा सुत्केरी हुने सदस्यलाई ५ हजार सहित पोषण सामाग्री बितरण गर्ने निणर्य गरेको छ। संस्थामा आवद्ध शेयर सदस्यहरुलाई २ पटक सम्म सुत्केरी राहत प्रदान गरिने निर्णय भएको संस्थाका उपाध्यक्ष बेचन प्रसाद गुप्ताले बताए । सुत्केरी राहत मात्र नभई प्रत्येक शेयर सदस्यहरुको जिवन बीमा, मेडिकल बीमा, दुर्घटना बीमा समेत गराइएको अध्यक्ष गुप्ताले बताए । बिहिबार एक कार्यक्रमको बिच संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले शेयर सदस्य स्वस्तिका भण्डारीलाई सुत्केरी राहत उपलब्ध गराएको छ। सुत्केरी भण्डारीलाई ५ हजारको चेक सहित आमालाई पोषण युक्त सामाग्री…

मानसिक स्वास्थ्यप्रति समाजले हेर्ने दृष्टिकोण अझै नकरात्मक :मन्त्री बराल

स्वास्थ्यसमाचार/ मानसिक स्वास्थ्य समस्याप्रति समाजको दृष्टिकोण अझै नकरात्मक रहेको प्रदेश ५का सामाजीक बिकासमन्त्री सुदर्शन बरालले बताए । स्वास्थ्यतालिम केन्द्र बुटवलको आयोजनामा ६ दिने मानसिक स्वास्थ्यसम्वधी तालिम उद्घाटन गर्दे बरालले उक्त कुरा बताएका हुन । मन्त्री बरालले प्रदेश ५ सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउदै यस प्रति जनचेतना फैलाउने ,प्रदेशका अस्पतालहरुमा रोगीको उपचारको ब्यबस्था मिलाउने लगायतका काम अघिबढाएको बताए । मन्त्रीबरालले समाजमा गलत धारणा अन्धविश्वास कायम रहनु लगायका कारणले मानसिक समस्या बढदै भनाई थियो। उनले विश्वभरमा नै मानसिक समस्या ठूलो चुनौतिको रुपमा देखापरेको बताउदै जनचेतना फैलाउनु सबैभन्दा उपलब्धीपुर्ण हुने बताए ।…

जलबायु परिर्वतनले स्वास्थ्यमा गम्भीर असर, कुपोषण देखी टाईफाईडका रोगी बढ्दै

स्वास्थ्यसमाचार /रुपन्देही कपिलबस्तु र नबलपरासीका स्थानिय निकायका मेयर/ अध्यक्ष पालिका स्वास्थ्य संयोजक सामाजीक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधि लाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिने पैरवी कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमान्डौको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्यमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिन कार्यक्रम सम्पन्न भएको हो। तालिममा जलवायु बिज्ञ डा यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिए ।   तिन जिल्लाका १४ पालिका र समाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि…

लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा भट्टराई र सदस्यमा श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार /लुम्विनी प्रादेशिक अस्पताल बुटबलकोे अध्यक्ष र सदस्यमा दुई जनालाई नियुक्त गरिएको छ । प्रदेश ५ को मन्त्रीपरिषदको सोमबार बसेको बैठकले अध्यक्षमा पाल्पा मदन पोखराका सूर्य बहादुर भट्टराईलाई नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भट्टराईलाई अध्यक्ष र बुटबलकी रिज्जु श्रेष्ठलाई सदस्यमा नियुक्त गरिएको बताए । भटराई रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजका अध्यक्ष हुन् भने श्रेष्ठ समाजसेवी हुन् । त्यस्तै रोल्पा अस्पतालको अध्यक्षमा फणिन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई नियुक्त गरिएको छ ।1  

चिकित्सक संघको निर्वाचनमा उपत्यका बाहिर खस्यो २८ सय ५१ मत

स्वास्थ्य समाचार /नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी सभाकोलागि काठमाडौ उपत्यका बाहिर भएको निर्वाचन सम्पन्न भएको छ । माघ ४ र ५ गते काठमाडौ उपत्यका बाहिर भएको मतदानमा २ हजार ८ सय ५१ जना चिकित्सकले मतदान गरेको प्रमुख निर्वाचन अधिकारी डा बाबुराम मरासिनीले जानकारी दिए । संघका अनुसार उपत्यका बाहिर झण्डै ३ हजार ६ सय मतदाता छन् । कुल मतदाताको ७५ प्रतिशतले मतदान गरेको प्रमुख डा मरासिनीले बताए । संघको ऐन अनुसार उपत्यका बाहिर छुटेका मतदाताले आगामी १७ गते देखी २१ गतेसम्म उपत्यकामा हुने निर्वाचनमा मत हाल्न पाउनेछन् ।  …

अफिन प्रदेश ५ को अध्यक्षमा खरेल

स्वास्थ्य समाचार/ नीजि अस्पतालहरुको छाता संस्था एशोसियशन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्युट अफ नेपाल (अफिन )को ५ नं. प्रदेश अध्यक्षमा बुटवलका रामप्रसाद खरेल निर्बाचित भएका छन । बुटवलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट खरेल अफिनको प्रदेश अध्यक्षमा सर्वसम्मत भएका हुन ।   ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दाडका किशोर खत्री, सचिवमा मुक्तिराज पौडेल र कोषाध्यक्षमा अर्जुन पौडेल सर्वसम्मत भएका छन । समितिको अन्य सदस्यहरुमा दिनेश आचार्य, डा. दिनेश चौधरी, महेश श्रेष्ठ, गोपाल श्रेष्ठ र गणेशप्रसाद ज्ञवाली पनि सर्वसम्मत भएका छन ।

काग्रेस रुपन्देही द्धारा स्वास्थ्य विभागलाई पूर्णता

स्वास्थ्यसमाचार/ नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागलाई पूर्णता दिएको छ । स्वास्थ्य विभागको संयोजकमा गोविन्दप्रसाद लम्साललाई मनोनयन गरेको छ। त्यस्तै सदस्यमा रबि सिंह राना, रामराज पोखरेल, कृष्ण कंडेल, नमनारायण वेलवासे, सीता पोखरेल, राजेन्द्र पासी, विष्णु भण्डारी, प्रेमलाल यादव, महेश राई (मधु), गुणनिधी खनाल र मदन पोखरेल लाई मनोनयन गरिएको नेपाली काग्रेस रुपन्देहीले जनाएको छ ।

पाँचौ योग दिवस: विद्यालय तहबाटै योग शिक्षा दिदा सकरात्मक प्रभाव

स्वास्थ्यसमाचार/ पाचौं राष्ट्रिय योग दिवसको अवसरमा बुधवार बुटवलमा विभिन्न कार्यक्रम गरिएको छ । लुम्विनी आयुर्वेद चिकित्सालय, पताञ्जली योग समिति नेपाल रुपन्देही, तथा विभिन्न संघ सस्थाहरुले विभिन्न कार्यक्रम गरेका छन । कार्यक्रमहरुमा योगको महत्वदेखि आयुर्वेद क्षेत्रको चर्चा गरिएको छ । पताञ्जली योग समितिले गरेको कार्यक्रममा प्रदेश पाचका सदस्य एंव योग प्रशिक्षक विष्णुहरी आचार्यले योगको माध्यमबाट शरिर स्वस्थ्य राख्न सहयोग पुग्ने चर्चा गरे । उनले योगको महत्व बुझन सके र यसलाई ब्यापकता दिन सके पर्यटन क्षेत्रको विकासमा पनि मद्दत पुग्ने बताए । कार्यक्रममा जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, इन्दिरा भण्डारीलगायतले योगका बारेमा चर्चा…

५ वर्षभित्र प्रत्येक स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल बन्ने

स्वास्थ्यसमाचार / सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शैयाको प्राथमिक अस्पताल बनाउने लक्ष्य लिएको छ । लक्ष्यअनुरूप ७० वटा प्राथमिक अस्पतालको भौगोलिक अवस्थाको अध्ययन पूरा गरी टेन्डर प्रक्रिया अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले २ सय ५१ प्राथमिक स्वास्थ्यकेन्द्र वा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी प्राथमिक अस्पतालमा विकास गर्ने निर्णय गरेको थियो । यसअन्तर्गत स्थानीय सरकारको सिफारिसमा पालिकामातहतको कुनै एक स्वास्थ्यसंस्थालाई अस्पतालमा स्तरोन्नति नीति सरकारको छ । ‘५ वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको प्राथमिक अस्पताल स्थापना कार्य सम्पन्न हुनेछ,’ मन्त्रालयको नीति–योजना…